Tuesday 9 December 2014

निर्दयी बन्दै समाजः घटनापछि गाउ नै शोकाकुल

सुनसरी, मंसिर २२ – सोमवार बिहानै देखि लागेको हुस्सु र चिसोका कारण मानिसहरुको आवतजावत निकै कमै देखिन्थ्यो चिया पसलहरु पनि सदाझैं खचाखच देखिँदैनथे, सार्वजनिक स्थलहरुमा चुरोट तानेर बसेका केही जेष्ठ नागरिकहरु यसो भन्दै कसैलाई गाली गरिरहेका थिए, ‘त्यसले किन मारेको होला बरु कुनै अनाथ आश्रमलाई दिएको भएपनि त हुन्थ्यो …………. ।’
एकापट्टी केही कोट लगाएर बसेका भद्रहरु पनि सोही विषयमा कुरा गरिरहेका देखिन्थे र बेला बेलामा भन्ने गर्थे, ‘थुइक्क बुद्धी किरा परेका ………….. ।’

त्यस्तै खोजी गर्ने क्रममा लोहन्द्राको पुलमूनि आँखाभरि आँसु पारी भुइँ हेर्दै रुदै गरेकी ७० वर्षीया हजुरआमा घरी–घरी भक्कानिन्छिन् । अनि भन्छिन्, ‘तिनीहरुलाई मार्नुको सट्टा त बरु मलाइ मार्नुनी । तिमिहरु थहा नदिई गयौं । म बुढीलाई चै यहीँ छाड्यौं ।’

प्रशंग आइतवार बिहान मोरङ्गको बेलवारीस्थित लोहन्द्रा खोलामा दुई बालबालिकाको हत्या गरी आफै आत्महत्या गरेका ताराजुन राईको हो ।

 श्रीमतीले छाडेर गएको २ साता हुन नपाउँदै बिरक्तिएका राइले आइतवार बिहान ३ वर्षीय छोरी दिपीका र ५ वर्षीय छोरा दिपेन्द्र राइको हत्या गरी आफै आत्महत्या गरेका थिए ।

खाना खाएर बाबुसंगै सुतेका बाबुसहित तीनै जना आइतवार बिहान ओछ्यानबाटै बेपत्ता बनेपछि ७० वर्षीया हजुरआमाले खोजी गर्ने क्रममा तीनै जना झुन्डिएको अवस्थामा फेला परेका थिए ।
उक्त घटनाका कारण त्यस क्षेत्रका बालबालिकाहरु त्रसित बनेका छन् भने गाउँ अझै पनि शोकाकुल बनेको छ ।

 कलीलो दुधखाने बच्चाहरुलाई पासो लगाएर हत्या गर्ने ३५ वर्षीय राइले गरिवीको कारण त्यस्तो गरेको स्थानीय गाउँलेहरुले बताएपनि त्यस्को मुख्य कारण भने पत्ता लाग्न सकेको छैन ।

बेलवारीको लोहन्द्राखोला किनारमा सामान्य कटोरो बनाई बसेका ३५ वर्षीय राइले किन त्यसो गरे यतिवेला सबैको चासोको विषय बनेको छ भने घटना थप रहस्यमय बन्दै गएको छ ।

 छोराछोरीको हत्या गरी आत्महत्या गरेको भनी स्थानीयले बताए पनि त्यसको सत्य तथ्य पोष्र्टमार्टमको रिपोर्टपछि मात्र थाहा हुने बताएका छन् । मृतक तीनै जनाको शव पोष्र्टमार्टमका लागि धरानस्थित बिपी प्रतिष्ठानमा आइतबार बिहान लगिएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरिक्षक दुर्गा दाहाल बताउँछन् ।

 श्रीमतीले छोडेर जादैमा यस्तो त नगर्नु पर्ने हो, घटनाको कारण केहो त्यसकोे गहिराईसम्म जाने प्रयास भैरहेको छ, इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरिक्षक दुर्गा दहाल बताउँछन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID