Wednesday 19 November 2014

सगरमाथाबारे विवादास्पद अभिव्यक्ति दिएकोमा कपिलले माफी मागे -

काठमाडौं, मंसिर ४ – भारतका चर्चित कमेडियन कपिल शर्माले सगरमाथाबारे दिएको विवादास्पद अभिव्यक्तिबारे नेपाली जनतासँग माफी मागेका छन् । सन् २०१३ को नोभेम्बरमा अस्ट्रेलियाको सिड्नीमा भएको एक स्टेज शोमा सगरमाथा आफ्नै आगनमा पर्छ भन्ने अभिव्यक्ति दिएका थिए ।

कमेडी नाइटस् विथ कपिलका सञ्चालक कपिलले ट्वीट गदै ‘मैले मेरो एउटा शोमा गल्तीले माउन्ट एभरेस्ट भारतमा पर्छ भनेको थिए । मैले नेपालीहरुको भावनामा चोट पुर्याउन चाहेको थिएन । मैले कसैलाई चोट पुर्याए भने माफी माग्न चाहन्छु ।’

नेपाल हुने कार्यक्रममा कपिल आउने भएपछि उक्त भिडियोलाई लिएर सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । अलोचना भएपछि उनले माफी मागेका हुन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID