Monday 10 November 2014

महिलाहरुको महिनावारीसँग जोडिएका ९ भ्रमहरु - सबैले जान्नै पर्ने

 तपाईंहरुमध्ये थुप्रै महिलाहरुले महिनावारी भएको बेलामा अनेक थरी महसुस गर्नुहुन्छ होला । यहाँ महिनावारीसँग जोडिएका यस्ता भ्रमहरु दिइएका छन् जसलाई सम्पूर्ण महिलाहरुले जान्नैपर्ने हुन्छः
१. महिनावारी रगत फोहोर हुने गर्दछः
महिला मित्रहरु, महिनावारी भएको बेलामा श्राव हुने रगत नियमित रुपमा बग्ने रगत समान नै हुने गर्दछ । यसमा दुर्गन्ध पटक्कै हुँदैन र शरिरको रगतभन्दा असामान्य पनि हुँदैन ।

२. व्यायाम गर्नु हुँदैनः
यो बेकारको भ्रम मात्र हो । महिनावारी भएको समयमा पनि तपाईं व्यायाम गर्न सक्नुहुन्छ । तर यदि तपाईं योग गर्नुहुन्छ भने स्ट्रेचिङ र गहिरो सास लिने आसन नगर्नुहोला । तपाईं स्विमिङ पनि गर्नसक्नुहुन्छ ।

3. महिनावारीको समयमा शरिर कमजोर हुने गर्दछः
यो कुरामा केहि पनि सत्यता छैन । तपाईंको शरिर रगतको कमीले कमजोर हुँदैन । यो सत्य हो कि महिनावारीको दौरान तपाईंको शरिरमा १५० मि.लि. रगतको कमी हुने गर्दछ जुन मात्र ४–५ चम्चा हुने गर्दछ ।

 ४. सेक्ससँग बच्नुहोस्ः
यदि तपाईं महिनावारीको दौरान सेक्स गर्दा असहज महसुस गर्नुहुन्छ भने यसबाट बच्दा नै राम्रो हुन्छ तर यदि तपाईं र तपाईंको पार्टनर यसमा सहज महसुस गर्नुहुन्छ भने भने महिनावारी भएको समयमा सेक्सबाट बच्नै पर्छ भने छैन । सम्भोग गर्दा पाइने सन्तुष्टिले महिनावारीमा हुने पिडालाई कम गर्दछ ।

 ५. मासिक धर्मको पिडाः
यो महिलाहरुलाई हुने सबैभन्दा ठूलो समस्या हो । पहिलो दिनको गम्भीर पिडालाई सामान्य मानिन्छ र यसलाई तपाईं चकलेट खाएर पनि कम गर्न सक्नुहुन्छ । विश्वास गर्नुहोस्, यसले साँच्चै नै काम गर्दछ । तर यदि तपाईंलाई अरु दिनमा पनि पिडा हुने गर्दछ भने तपाईं स्त्री रोग विशेषज्ञको भेट्न पक्कै जानुहोस् ।

६. कपाल नधुनुहोस्ः
यस्तो कसले भन्यो ? महिनावारीको दौरान स्याम्पुको प्रयोग गर्न नहुने कुरामा केहि पनि वास्तविक कारण छैन । तपाईं कपाल धुन सक्नुहुन्छ, काट्न सक्नुहुन्छ, हेयर स्पा लिनसक्नुहुन्छ, कपालमा कलर गर्न सक्नुहुन्छ र कपाललाई स्ट्रेट पनि गर्न सक्नुहुन्छ ।

७. चिन्ता नलिनुहोस्, तपाईं गर्भवती हुनुहुने छैनः

यो एउटा भ्रम हो । महिनावारीले तपाईंको प्रजनन प्रणालीलाई रोक्दैन । महिनावारी भएको बेलामा सम्भोग गर्नाले तपाईं गर्भवती हुनसक्नुहुन्छ । अनावश्यक गर्भलाई रोक्नका लागि कण्डम वा गर्भनिरोधक औषधी खानु नै उपयुक्त मानिन्छ ।

 ८. २८ दिनको चक्रः
मासिक धर्मको चक्र महिलाको शारिरिक स्वास्थ्यमा निर्भर हुने गर्दछ । २८ दिनको चक्र एक औसत समय मात्र हो ।


 ९. खानपिन कुरामा ध्यान दिनुहोस
महिनावारी भएको समयमा केहि पनि खान नछोड्नुहोस् । तपाईंलाई मन लागेको जे पनि खान सक्नुहुन्छ । महिनावारी भएको पाँच दिनका लागि विशेष डाइट चार्ट अनुसार खान आवश्यक छैन ।

(एजेन्सी)

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID