Monday 10 November 2014

अब छोरा वा छोरी पाउनुलाई भगवान भरोसामा नछोड्नुहोस् ! आफ्नो ईच्छाले जन्माउनुहोस् छोरा या छोरी !

 अहिलेको एक्काइसौँ शताब्दिमा पनि छोरा र छोरीमाथिको भेदभाव विद्यमान रहेको छ । छोरा भए एउटा सन्तान भए पुग्छ भन्नेहरु छोरी जन्मेमा वंश धान्ने छोरा त चाहिन्छ नै भन्न पछि पर्दैैनन् । धेरै छोरीहरु जन्मेको घरमा एउटा छोरा जन्माउनै पर्छ भनेर महिलामाथि दबाब दिने गरिन्छ । जसले महिलालाई निकै तनावमा पारेको हुन्छ । यस्तै कुराहरुलाई मध्यनजर गर्दै चीनका वैज्ञानिकहरुले एउटा यस्तो तालिकाको निर्माण गरेका छन् जसले थुप्रै मानिसहरुलाई आफूले चाहेको अनुरुप छोरा–छोरी जन्माउन सहयोग गर्नेछन् ।

उक्त तालिकालाई उपयोग गर्नेहरु यो शत प्रतिशत सत्य भएको दाबी गर्दछन् तर विशेषज्ञहरु यसलाई ९९ प्रतिशत सत्य भएको बताउँछन् । चार्टको माथिल्लो पंक्तिमा महिलाको उमेर दिइएको छ र अर्कोतर्फ जुन महिनामा गर्भधारण भएको छ त्यो महिना देखाइएको छ । यहाँ ‘X’  भनेको छोरालाई अंकित गरिएको छ भने ‘O’ को प्रयोग छोरीको लागि गरिएको छ । यदि तपाईंलाई पनि आफूले चाहेको अनुरुप छोरा वा छोरी जन्माउन मन लागेको छ भने तल दिइएको चार्टलाई प्रयोग गर्नुहोस् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID