Monday 10 November 2014

कस्तो नाईटो भएकी महिलाको स्वभाव कस्तो ? नाईटो हेरेर सजिलै थाहा पाउनुस् महिलाको स्वभाव !

समुन्द्र शास्त्रले दिएको यो निम्न लिखित जानकारी सहि हो कि गलत भन्ने विषयमा तपाईंहरु आफैँ यसको उपयोग गरेर हेर्नुहोला ।
सामान्यतया कसैको स्वभाव थाहा पाउनु छ भने उक्त व्यक्तिको बानी, व्यवहार, आचरण, रहन–रहन थाहा पाउनुपर्ने हुन्छ । तर यति सबै कुरा थाहा हुँदा हुँदै पनि कतिपय अवस्थामा मानिसको स्वभाव थाहा पाउन निकै कठिन हुने गर्दछ । त्यसमाथि पनि महिलाको बारेमा थाहा पाउन भगवानले त नसक्ने कुरा थुप्रै मानिसहरुले उच्चारण गर्ने गर्दछन् । तर हामी तपाईंलाई महिलाको स्वभाव थाहा पाउने सजिलो तरिका बताइदिँदै छौँ । उनको स्वभाव कस्तो छ भन्ने कुरा तपाईंले उनको नाभी अथवा नाइटो हेरेर थाहा पाउन सक्नुहुन्छ । समुन्द्र शास्त्रले पनि महिलाको नाभीको आकार हेरेर उनको स्वभावको बारेमा थाहा पाउन सकिने बताएको छ ।


 १. गोलो नाभीः
जसको गोलो नाभी हुन्छ ती महिला निकै गुणवान हुने गर्दछन् । यस्ता महिलाहरुको स्वास्थ्य राम्रो हुन्छ र उनीहरु बुद्धिमान हुने गर्दछन् । दयालु स्वाभाव भएका यी महिलाहरु परिवार र समाजमा सम्मानित हुने गर्दछन् ।
२. लामो र अनियमित नाभीः
जो महिलाको नाइटो लामो र अनियमित आकारको छ उक्त महिलाहरुमा आत्मविश्वास बढि हुन्छ भने उनीहरु आफ्नै खुट्टामा उभिन चाहने स्वाभिमानी खालका हुन्छन् । यस्ता महिलाहरु अरु मानिसहरुसँग चाँडै घुलमिल भइहाल्छन् । थुप्रै मानिसहरुका चिनजान राख्ने स्वभाव भएका कारण यस्ता महिलाको पुरुषसँगको सम्बन्धमा कहिलेकाँही समस्या आउने गर्दछ ।

 ३. गहिरो नाभीः
गहिरो नाभी हुने महिलाहरु अलि भावुक किसिमका हुने गर्दछन् । सानो–सानो कुराले पनि उनीहरुलाई चाँडै हँसाउने र चाँडै रुवाउने पनि गर्दछ । यस्ता महिलाहरुको मन सफा हुने भएता पनि उनीहरु रोगी हुन्छन् ।

 ४. बाहिर निस्किएको नाभीः
बाहिर निस्किएको नाभी भएको महिलाहरुलाई गर्भधारण गर्न समस्या हुने समुन्द्र शास्त्रले बताउँछ । यदि गर्भवती भइहाले पनि उनीहरुलाई सन्तान जन्माउन गाह्रो हुने बताइएको छ ।
५. माथि उठेको नाभीः
माथि उठेको नाभी हुने महिलाहरु गोरी र सुन्दर हुने गर्दछन् । मिलनसार र रोमान्टिक यस्ता महिलाहरुले अकस्तमात् धन लाभ गर्दछन् । यस्ता महिलाहरुको विवाह निकै राम्रा र धनी पुरुषसँग हुने गर्दछन् ।

६. केन्द्र भागमा नभई फरक स्थानको नाभी :
सामान्यतया नाभी केन्द्र भागमा नै हुने गर्दछ तर कतिपय अवस्थामा यो केन्द्र भागमा नै हुन्छ भन्ने हुँदैन । जुन स्त्रीको नाभी फरक स्थानमा हुन्छ त्यस्ता महिलाहरु उर्जावान र उत्साही हुने गर्दछन् । यिनीहरु आफ्नो क्षेत्रमा निकै सफल मानिन्छन् विशेषतः उनीहरु खेल क्षेत्रमा सफल हुने गर्दछन् ।

 ७. समतल नाभीः
समतल नाभी भएका महिलाहरुले कसैको विश्वास गर्दैनन् र यस्ता महिलाहरु विश्वासिला पनि हुँदैनन् । यी महिलाहरुले सधैँ अरुलाई दुख नै दिइरहेका हुन्छन् । पुरुषमित्रहरु, यस्ता स्त्रीहरुबाट टाढा बस्दा नै राम्रो हुन्छ ।
  (एजेन्सी)

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID