Friday 14 November 2014

क्यान्डी क्रसका डेभलपर टमी कार्ल नेपालमा किन आए ?

कात्तिक २८- काठमाडौं,  युवादेखि बयस्कसम्मको बीच संसारभर लोकप्रिय टमी कार्ल पाल्म नेपाल आएका छन् । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले टमीलाई नेपाल बोलाएको हो । एनसेलले आयोजना गरेको एनसेल एप क्याम्पमा छनोट भएका एक सय ५० एप डेभलपर टिमलाई मार्गदर्शन गर्न टमी नेपाल आएका हुन् ।

क्यान्डी क्रससँगै बनाएको किंग डट कमका गेम्स गुरु मानिने टमी एनसेल एप क्याम्प २०१४ अन्तर्गत भइरहेका क्षमता अभिवृद्धि सेमिनारमा सहभागि हुने छन् । संसारभर दस करोडभन्दा बढी डाउनलोड भएको र प्रत्येक दिन पाँच लाख डलर कमाइरहेको क्यान्डी क्रसको सफलतको पछाडि उनकै सोच र डिजाइन छ ।

कोमोडोर ६४ का लागि १९८६ देखि नै रुचिका रुपमा गेम्स प्रोग्राम्मिङ गर्दै आएका टमीले सन् १९९९ मा जेडस्टोन एबी नामक कम्पनी स्थापना गरेका थिए । उनी बिस्तारै विचार स्रष्टा तथा गेम डिजाइनरका रुपमा स्थापित भएको व्यक्ति हुन् । आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID