Monday 27 October 2014

अबको २४ घण्टा भित्र निलोफर आँधीले भारी वर्षा हुने

एजेन्सी - नयाँदिल्ली : हुदहुद आँधीपछि भारतको पूर्वी तटीय क्षेत्रमा फेरि अर्को आँधी 'निलोफर' आउन लागेको छ। यो आँधीले यस साता गुजरातको कच्छ क्षेत्र र पाकिस्तानी तटीय क्षेत्रमा भारी वर्षा हुने अनुमान छ। यो आँधी हुदहुदजस्तो खतरनाक भने नहुन सक्छ तर आउँदो ७२ घन्टामा आँधीले निकै डरलाग्दो रूप भने लिन सक्ने चेतावनी भारतीय मौसम विभागले दिएको छ।

मौसम विभागले आइतबार आँधीबारे जानकारी दिँदै महाराष्ट्र, गोवा, कर्णाटक, गुजरातमा सतर्कता अपनाउन अपिल गरेको छ। विभागले भनेको छ, 'बुधबार र बिहीबार आँधीले वर्षा निम्त्याउने सम्भावना छ। अबको २४ घन्टामा निलोफरले ठूलो आँधीको रूप लिने देखिन्छ।'

मंगलबार बेलुकादेखि आँधीको गति तीव्र हुने र प्रतिघन्टा एक सय ४५ किलोमिटरले हावाहुरी चल्ने बताइएको छ। आइतबार साँझ निलोफर मुम्बईबाट एक हजार दुई सय ७० किलोमिटर पश्चिममा केन्द्रबिन्दु बनाइरहेको बताइएको छ। यसअघिको हुदहुद आँधीमा भारतले पहिले नै विशेष सतर्कता अपनाएको थियो।

समुद्री आँधीसँग जुध्न तयारी गर्ने क्रममै पाँच लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। हुदहुद आँधीको तीव्रता पायलिनको जति भने थिएन। हिन्द महासागरमा उठ्ने आँधीको लागि आठ देश भारत, पाकिस्तान, माल्दिभ्स, म्यानमार, ओमान, श्रीलंका र थाइल्यान्डले मिलेर नाम राख्छ। प्रत्येक देशले आठ नाम राख्ने गर्छ र यसअनुसार ६४ वटा नामको सूची तयार हुन्छ।

यस पटक आइरहेको आँधी निलोफरको नाम पाकिस्तानले सिफारिस गरेको हो। -

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID