Monday 27 October 2014

नेतामाथि गोलभेडा बोतल र अण्डा प्रहार (भिडियो सहित)

 भारतविरुद्ध आक्रामक अभिब्यक्ति दिँदै आएका पाकिस्तान पिपल्स पार्टीका उपाध्यक्ष एवं हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरामाथि अण्डा र टमाटर प्रहार भएको छ ।

कश्मिरको स्वतन्त्रताको माग गर्दै बेलायतको लण्डनमा आयोजित मिलियन मार्चमा विलावलमाथि यस्तो आक्रमण भएको हो ।

पाकिस्चानी समर्थकहरु जम्मा भएर कश्मिरको स्वतन्त्रताको माग गरिरहेको समयमा विलावल गएर भाषण गर्ने कोशिस गरेका थिए । तर त्यहाँ जम्मा भएकाहरुले उनीमाथि गो विलाव गो भन्दै अण्डा र गोलभेडा प्रहार गरे ।

विलावल बोल्न पाएनन् बरु उनीमाथि खाली बोत्तल समेत प्रहार गरियो । विलावलाई आक्रमण गर्ने केहीलाई लण्डन प्रहरीले गिरफ्तार गरेको छ ।

मार्चको नेतृत्व सुल्तान महमूद चौधरीले गरेका थिए । उनलाई कश्मीरका पूर्वप्रधानमन्त्री समेत भनिन्छ ।

Go Bilawal Go slogans in Kashmir Million March... by tv786

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID