Monday 6 October 2014

योनी कसिलो बनाउने तरिका जानी राखौ।।।

योनी कसिलो बनाउने तरिका जानी राखौ।।।

यौनाङ्ग क्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने कसरतलाई नै केगेल (Kegal) कसरत भनिन्छ। योनिमा औंला पसाई औंलालाई अँठयाउने अर्थात् खुम्च्याउने गर्दा उक्त मांसपेशीलाई महसुस गर्न सकिन्छ।

उक्त मांसपेशीको पहिचान गरेपछि औंला नपसाई पनि खुम्च्याउन सकिन्छ। सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने।

बिस्तारै त्यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्‍याउनुपर्छ। बिस्तारै त्यसलाई बढाएर १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने र छोड्ने। यो क्रम बढाउँदै दिनभरिमा २० पल्टसम्म पुर्‍याउनुपर्छ। यसरी यस्तै ६ हप्तासम्म नियमित रूपमा कसरत गरे थाहा पाउने गरी केही फरक देखिन्छ।

यो मांसपेशी संकुचित गरेर यौनसम्पर्कका बेला केटा साथीको लिङ्गलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ। यसले तपाईंलाई मात्र होइन, तपाईंका केटासाथीलाई पनि यौनसुख प्राप्त गर्न मद्धत मिल्छ। मेरो विचारमा तपाईंले केगेल कसरत गर्नु नै उत्तम उपाय हो।

त्यसैगरी, विद्युतीय उत्तेजना अर्थात् योनिमा एक किसिमको यन्त्र राखेर विद्युत्को हल्का करेन्ट प्रयोग गरेर यौनाङ्ग क्षेत्रका मांसपेशीलाई खुम्चन र खुकुलो हुन उत्तेजित पारिन्छ। Neocontrol व्यापारिक नाम भएको यो साधन एक विशेष किसिमको कुर्सी हो।

जानकारीका लागि मात्र अहिले संसारमा उपलब्ध अन्य केही विधिका बारेमा उल्लेख गर्न चाहन्छु। निश्चित तौलका योनि कोन (vaginal cone) महिलाको योनिमा राखेर त्यसलाई अड्काइराख्न भनिन्छ, जसले गर्दा यौनाङ्गको मांसपेशी बलियो हुन्छ।

यसमा विशेष किसिमले चुम्बक प्रयोग गरेर यौनाङ्ग क्षेत्रको मांसपेशीलाई उत्तेजित पारिन्छ। यो उपचार सामान्यत: २० देखि ३० मिनेटका लागि हप्ताको दुई पटक यस्तै आठ हप्ताका लागि गरिन्छ।

योनि खुकुलोपनको समस्या अति नै छ भने vaginoplasty शल्यचिकित्सा पनि गर्नुपर्ने हुनसक्छ। यस्ता शल्यचिकित्सालाई सामान्यत: अन्तिम उपायका रूपमा लिइन्छ। अचेल त यसमा लेजर प्रविधि पनि प्रयोग हुन थालेको छ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID