Sunday 5 October 2014

पूर्व सौतेली आमासँग विवाह, आफ्नै पिता बने जन्ती

केही महिना चलेको कानुनी विवदापछि फ्रान्समा एक व्यक्तिले आफ्नी पूर्व सौतेनी आमासँग विवाह गरेका छन् ।
फ्रान्सको मेट्ज सहरको उत्तरी गाउँ डाबोमा ४५ वर्षीय एरिक होल्डरले आफ्नी ४८ वर्षीया सौतेनी आमा एलिजाबेथ लरेंत्ससँग विवाह गरेका हुन् । यो विवाह समारोहमा सहभागी हुने दर्जनौ पाहुनामध्ये
  बेहुलीका पूर्व पति अर्थात होल्डरका पितासमेत थिए ।
फ्रान्सको कानुनले सौतेली बच्चा र सौतेली आमाबाबुकासाथ कुनै पनि प्रकारको सम्बन्ध वा विवाह गर्ने इजाजत दिँदैछ । तर, एउटा अदालतले यो जोडीको पक्षमा फैसला दिएको छ।
यो जोडीले आफ्नो मामिलाको चर्चा फ्रान्सका राष्ट्रपति फ्राँसुआ ओलांदको कार्यालयसम्म गरेका थिए । उनीहरुले राष्ट्रपतिसँग यसप्रकारको विवाहमा प्रतिबन्ध नरहेको पत्र दिन माग गरेका थिए ।
स्थानीय अदालतको फैसलापछि लारेंत्सले भनिन्–यो हाम्रा लागि निकै ठुलो दिन हो ।
उनले समाचार एजेन्सी एपीसँगव मनिन्–मलाई आशा छ कि हाम्रोजस्तो स्थितिमा रहेका जोडीहरुका लागि यो मामिला निकै उपयोगी सावित हुनेछ । किनभने मलाई थाहा छ कि यस्ता कयौ जोडी छन् ।
उनले आफ्नो पूर्व पतिले कानुनी लडाईमा सबै आफूहरुको साथ दिएको बताइन् । एजेन्सी

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID