Monday 13 October 2014

श्रीमतीलाई खुसी पार्न छिमेकीको बलात्कार

बैंग्लोर । सामान्यतया महिलाहरु आफ्नो पति अन्य कुनै महिलासँग नजिकिएको समेत हेर्न चाहँदैनन्, तर भारतको बैंग्लोरको एउटा आश्चर्यजनक घटना सार्वजनिक भएको छ । त्यहाँ एक पतिले आफ्नो पत्नीलाई खुसी पार्न छिमेकीको बलात्कार गरे र श्रीमतीले त्यसलाई हेरेर मज्जा लिइन् । ती महिलामा रहेको पोर्न फिल्म हेर्ने लतका कारण आफ्नै श्रीमानबाट साथीको बलात्कार गराएको अनुसन्धानबाट खुलेको छ । आरोपी र पीडित दुबैको घरसँगै थियो र त्यसअघि उनीहरुबीच निकै राम्रो सम्बन्ध रहेकोसमेत स्थानीयले बताएका छन् । ‘एकदिन उनले मलाई आफ्नो घरमा बोलाईन र अश्लील कुरा गर्न थालिन् । त्यसैक्रममा आफ्नो श्रीमानसँग यौन सम्पर्क गर्न भनिन्, उनको यस्तो व्यवहारपछि डराएर भाग्न खोज्दा उनले श्रीमानसँगै बेडरुममा बन्द गरिदिइन् र मेरो अश्मिता लुटेको हेरेर बसिन्,’ पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ । दोषी दुबै न्यायिक हिरासतमा छन् । उनीहरुको चार वर्षकी छोरीसमेत छिन् । उनीहरुले आफ्नो गल्ती कबुल गरिसकेका छन्, भने कारबाही प्रक्रियासमेत अघि बढिसकेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID