Monday 13 October 2014

नेपालका मुख्य नेताहरुको हत्या हुनसक्छ - भारतले गोप्य सुचना मार्फत भन्यो

भारतले गोप्य सुचना मार्फत भन्यो- नेपालका मुख्य नेताहरुको हत्या हुनसक्छ
भारत सरकारले आतंककारीद्धारा नेपालका महत्वपूर्ण नेताको हत्या हुनसक्ने सुचना नेपाल सरकारलाई दिएको छ ।

काठमाडौंस्थित भारतीय दूतावासले दिएको यो सूचनामा नेपाली नेताहरुको हत्यासँगै आफ्ना दुतावासका वरिष्ठ अधिकृतहरुको पनि अपहरण हुनसक्ने कुरा उल्लेख छ । १८ दिनअघि अर्थात् २४ स्प्टेम्बर, २०१३ मा एक गोप्य तथा अनौपचारिक पत्रमार्फत भारतले नेपाली नेताहरु तथा भारतीय कुटनीतिक अधिकृतहरुको सुरक्षासँगै सम्बन्धित अति सैवेदनशील सूचना दिएको छ ।

भारतले यस्तो सूचना आफूले अत्यन्त भरपर्दो र विश्वासिलो स्रोतबाट पाएको पनि पत्रमा उल्लेख गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारलाई लेखिएको पत्रमा नेताको हत्या र कूटनीतिक अधिकृतको अपहरणको खतरा के कारणले हुनसक्ने हो भन्ने खुलाइएको छैन तर अन्तर्राष्ट्रिय आत)कवादी संगठन अलकाइर इन्डियन मुजाहिद्दिनबाट त्यस्तो कार्यको सम्भावना रहेको उल्लेख छ ।

सूचनामा अत्यन्तै सुरक्षा खतरा भएका नेता को को हुन् भन्ने उल्लेख नगरी प्रोमामिनेन्ट नेपाली पोलिटिसियन्स भन्ने वाक्यांश प्रयोग गरिएको खबर आजको अन्नपूर्ण पोस्ट ले छापेको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID