Tuesday 2 September 2014

यस्तो गर्दा तपाई जवानीमै बुढो बन्नुहुनेछ त्यसैले यी ६ काम कहिलै नगर्नुहोस्,

पुरै दुनिया भरमा भन्ने गरिन्- स्वास्थ्य नै सबै भन्दा ठूलो धन हो, मानिस स्वस्थ छ भने त्यो नै सबै भन्दा ठुलो धन हो । मानिससँग जति नै पैसा वा सम्पति किन नहोस् उसको स्वास्थ्य ठिक छैन भने त्यसको कुनै मतलव हुँदैन । मानिस धेरै अभावमा पनि सुखी रहन सक्छा तर उ अस्वस्थ छ तर धनवान छ भने भने पक्कै पनि उ सुखी रहन सक्दैन । हिन्दु शास्त्रअनुसार स्वास्थ्यलाई धन भन्दा पनि बढी महत्व दिने गरिन्छ, किनकि खराब स्वास्थ्यले तपाइँको आर्थिक अवस्था नै बिगार्न सक्छ ।

त्यसैले राम्रो स्वास्थ्यको लागि सबै भन्दा जरुरी हुन्छ नियमित र सुनियोजित जीवनशैली । जसको दिनचर्या नियमित हुँदैन ऊ समय भन्दा पहिले नै बुढो देखिन्छ । यसैले शास्त्रमा केहि कुरा भनिएको छ जसको ध्यान राखेर मानिसले आफ्नो उमेरभर जवान बनिरहन सक्छ । यी कुराले मानिसहरु कयौं रोगबाट पनि बाच्न सक्छन् । गरुड़ पुराणको आचारखण्डमा लेखिएको छ कि ...

अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च।  
दिवाशयो जागरणं च रात्रौ षड्भिर्नराणां निवसन्ति रोगा:।।

सबैले बुज्ने गरि भन्नु पर्दा माथिको अर्थ यो छ कि दिनचर्यामा लापरवाही गर्नाले तपाइँ गंभीर रोगको शिकार बनि छिट्टै वृद्धावस्थामा धकेलिनु हुन्छ । गरुड़ पुराणको यो जीवन उपयोगी सूत्र अनुसार तलको ६ काममा सधा सावधानी अपनाउन सके तपाइँ आफ्नो स्वास्थ्यलाई लाभ दिएर आफ्नो आयुसम्म जिउन सक्नुहुन्छ अनि लामो समय सम्म जवान बन्न सक्नुहुन्छ -

१. धेरै पानी पिउने गर्नुहोस ।
२. पौष्टिक भोजन गर्नुहोस् ।
३. यौन आनन्द तथा वीर्य स्खलन गर्नुहोस् ।
४. मल-मुत्रको वेग रोक्नुहोस् ।
५. दिनमा सुत्ने काम नगर्नुहोस् ।
६. रातमा जागा रहने काम नगर्नुहोस् ।

गरुड पुराणको अनुसार यो आदतले उमेर घटाउने गर्दछ ।
१. खान-पानमा दहीको उपयोग गर्नु ।
२. सूक्खा मासु खानु ।
३. सू्र्योदयको समय मैथुन, सूर्योदय हुँदासम्म सुत्नु ।
४. वृद्धा स्त्रीसँग यौन सम्पर्क अथवा रजस्वला भएकी स्त्रीको मुख हेर्नु ।

यसको अलावा मृत्यु घाट नजिक बस्नु, ज्यादा यौन सम्पर्क गर्नु, बढी आगोमा हात सेक्नु तथा धुवामा बस्नु स्वास्थ्यको लागि हानीकारक छ ।
माथिका कुरा हाम्रो जिवनमा पनि उपयोगी छन्

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID