Tuesday 2 September 2014

मुर्दा घरमा लगेको दुई दिन पछि मृत युवक बाचेपछि

दुनिया मा कहिले काही पत्याउनै गारो पर्ने समाचार पनि सुन्नु पर्ने हुन्छ ।
तपाई पत्याउनु हुन्छ कि पत्याउनु हुन्न । भारतमा एउटा अचम्मको घटना बाहिर आएको छ । भारतको उत्तर प्रदेशमा चिकित्सकहरुले मृत घोषण गरेर मुर्दा घरमा पठाएका एक युवक दुई दिन पछि सास फेरिएको अवस्थामा भेटिएका छन् । सवारी दुर्घटनामा परेर गम्भीर घाइते युवकलाई स्थानियले उपचारका लागी अस्पताल लगेका थिए । उपचारको क्रममा युवकलाई चिकित्सकले मृत घोषणा गरेर मुर्दा घर पठाएको थियो । अनुसन्धानको क्रममा दुई दिन पछि प्रहरी मुर्दा घरमा पुग्दा सो युवक जिउदो अवस्थामा फेला परेको हो । यो घटना बाहिर आएपछि कतिले चिकित्सकको लापरबाहि भनेका छन् भने कतिले यसलाई भगवानको देन भनेका छन् । उता अस्पतालले लापरवाहीका कारण यो घटना हुन पुगेको भन्दै स्वीकार गरेको र माफि मागेको छ । प्रहरीले यो घटनाको छानविन गरीरहेको र लापरवाही गर्ने चिकित्सकलाई कारबाही गर्ने भनेको छ । सो व्यक्तिलाई चिकित्सकले गत भदौ १३ गते मृत घोषणा गरेका थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID