Tuesday 2 September 2014

१ लाख १० हजार डलर सिन्धुपाल्चोकमा लुटियो

भाद्र १७-सिन्धुपाल्चोक,  काठमाडौबाट अवैध रुपमा चीनको खासातर्फ लैजाँदै गरेको १ लाख १० हजार अमेरिकी डलर तस्करहरुको अर्को समूहले लुटेको छ । हिजो दिउँसो सिन्धुपाल्चोकको धुस्कुन गाविसस्थित दाबीखोला नजिकैबाट उक्त डलर लुटपाट भएको जनाइएको छ ।

सिन्धुपाल्चोक राम्चेका तिमिल्सिना थरका युवाहरुले डलर लुटेको हुन सक्ने आशंका गरिएपनि अवैध रुपमा डलर लैजान लागिएकाले प्रहरीमा उजुरी समेत नपरेको बुझिएको छ ।

बाटो अवरुद्ध भएकाले पैदलै बाह्रबिसे जाँदै गरेका बाह्रबिसेका मकरबहादुर श्रेष्ठको साथबाट ३ जनाको समूहले रकम लुटेको हो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID