Thursday 4 September 2014

सुजुकीले भित्र्यायो ‘जिक्सर बाइक’

काठमाडौं, भदौ १८– नेपालका लागि सुजकी मोटरसाइकलको आधिकारीक विक्रेता भिजी अटोमोबाइल्सले नेपालमा नयाँ मोडलको मोटरसाइकल–जिक्सर बाइक सार्वजनिक गरेको छ ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच १ सय ५५ सिसी भएको जिक्सर सुजुकी भारतमा निर्मित जापानिज प्रविधिमा बनाइएको मोटरसाइकल हो । सुजुकीको जिक्सर बाइक हेर्दा निकै आकर्षक, चढ्दा आरामदायी, बढि माइलेज दिने र राम्रो पिकअप भएकोले यसले ग्राहकहरुलाई आकर्षक गर्ने कम्पनीले जनाएको छ ।
बजाज,यामाहा, होन्डाको प्रतिस्पर्धामा उत्रिएको सुजुकी जिक्सरले नेपाली बजारमा पनि राम्रै बजार हिस्सा ओगट्ने कम्पनीले अपेक्षा राखेको छ ।

डबल साइलेन्सर भएको यो मोटरसाइकलमा मोनो सकर सस्पेन्सरमा छ । एयर कुल्ड सिस्टमको सुजुकी जिक्सर १५४ सीसीयुक्त छ । यसको मूल्य बजार लञ्च अफर भनेर कम्पनीले २ लाख २९ हजार ९ सय तोकिएको छ । तर, पछि यसको मूल्य २ लाख ३७ हजार गरिने भिजिका प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छेले बताए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID