Thursday 4 September 2014

बैठकमा ढिला पुग्ने नेताहरु को–को ?

काठमाडौं, भदौ १९ – हिजो आज सबै नेताहरुको एउटै बोली सुन्न सकिन्छ, सहमति हुन्छ, छिट्टै सहमति हुन्छ, सहमतिका लागि हामी प्रतिबद्ध छौं । तर, वास्तविकतामा उनीहरु आफ्नो बोली प्रति इमान्दार नरहेको उनीहरुको व्यवहारले देखाएको छ । संविधानका मूलभूत मुद्दामा सहमतिका लागि समय घर्किरहँदा उनीहरु बैठकमा समेत ढिला पुग्ने गरेका छन् । नेताहरु ढिला पुगेपछि एक–एक घण्टासम्म बैठकमा ढिलाइ हुने गरेको छ ।

बिहिबार सबै नेताहरुलाई बैठकको चाप रहेको छ । बिहानदेखि तीन दलको बैठक बसेर मूलभूत मुद्दामा सहमतिको प्रयास गर्नुपर्ने र साँझ नेकपा–माओवादीसँग । नेकपा माओवादी लगायत अन्य दलहरुलाई संविधान निर्माणमा सहभागी गराउन र सबैलाई मान्य हुने संविधान बनाउन दलहरुलाई ठूलो चुनौती छ । त्यही भएर आज बिहान ठीक ८ बजेदेखि तीन दलको बैठक शुरु गर्ने नेताहरुले प्रतिबद्धता जनाएका थिए । यसअघिको बैठकमा पनि ढिला पुगेका नेताहरु आजको बैठकमा जसरी पनि समयमा पुग्ने बताएका थिए । तर, आज पनि त्यही सिलसिलाले निरन्तरता पाएको छ ।

आजको ८ बजे भनिएको बैठकका लागि नेताहरुको समय तालिका यस्तो थियोः
७:५० बजे डा. बाबुराम भट्टराई
७:५३ बजे नारायणकाजी श्रेष्ठ
८:०० बजे प्रचण्ड, खिमलाल देवकोटा
८:०९ बजे झलनाथ खनाल
८:१० बजे रामचन्द्र पौडेल
८:१६ बजे पूर्णबहादुर खड्का र विमलेन्द्र निधि
८:२१ बजे विष्णु पौडेल

यसअघि धेरै ढिलो आएका प्रचण्ड र रामचन्द्र पौडेल यसपटक अलि चाँडो आइपुगेका छन् ।

शेरबहादुर देउवा, माधव नेपाल र विद्या भण्डारीले बाटोमा छु भनेर खबर गरे पनि ८:४० बजे सम्म वहाँहरुको उपस्थिति भएको थिएन ।

अघिल्लो बैठमा उपस्थित भएका बामदेव गौतम, भिम रावल, कृष्ण प्रसाद सिटौलाको त कुनै पनि खबर नै आएको छैन ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID