Thursday 4 September 2014

थुक चाट्न नमानेपछि अर्को दिन भेटियो किशोरीको नाङ्गो लास

नयाँ दिल्ली–बाँच्नु मात्र पर्छ के–के सुन्न र देख्न पाइन्छ भनेको साँचो हो । भारतमा एउटा यस्तो घटना सार्वजनिक भएको छ जसले सबै मानिसहरुको रौँ ठाडो पारिदिन्छ ।

भारतको पश्चिम बंगालको एक गाउँमा तथाकथित पञ्चायतको थुक चाट्ने आदेश पालना नगरेका कारण अर्को दिन एक १५ वर्षीया किशोरीको नाङ्गो लास रेलको ट्र्याकमा भेटिएको बताइएको छ ।
घटना वास्तवमा यस्तो छ । आफ्नो बुवालाई गाउँको पञ्चायतले पिट्ने कुरा थाहा पाएर बिरोध जनाएका कारण उक्त किशोरीले आफ्नो ज्यान गुमाउनु परेको हो । खेती गर्नका लागि भाडामा लिएको पावर ट्रेलरको पैसा भुक्तान गर्न नसकेका कारण किशोरीको बुवालाई पञ्चायतले दण्डित गर्ने फैसला सुनाएको थियो । जब किशोरीले गाउँलेलाई आफ्नो बुवालाई पिट्नबाट रोकिन् तब उनीहरुको रिस ती बालिकामाथि खनियो । उनलाई गाउँलेहरुले यसो गरेकोमा गल्ती गरेको छ गल्ती सच्याउनका लागि थुक चाट्न आदेश दिए, त्यो आदेशपनि नमानेपछि उनीहरु रिसले आगो भएको बताइएको छ । यो घटना भएको केहि बेरपछि नै हराएकी बालिकाको लास भोलीपल्ट बिहान रेलको ट्र्याकमा भेटियो ।
किशोरीको परिवारले बलातकार र हत्याको आरोप १३ जना माथि लगाएका छन् । अहिलेसम्म पुलिसले एकजना आरोपीलाई मात्र पक्राउ गर्न सफल भएको छ । (एजेन्सी)

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईंसम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID