Tuesday 2 September 2014

अन्तरीक्षमा सम्भोग गर्ने छेपाराहरुको निधन

रुसी अन्तरीक्षयानमा चढेर अन्तरीक्षमा पुगेका छेपाराहरुले दुनियालाई आश्चर्यमा पारिदिए, जब ती छेपाराहरुले अन्तरीक्षमा समेत यौनक्रिडा गरे । तर अन्तरीक्षयानभित्रै यौनक्रिडा गरेर सबैलाई अचम्ममा पारेका ती छेपाराहरु पृथ्वीमा झर्दा नझर्दै यो दुनियाबाट विदा भएका छन् ।

रुसी अन्तरीक्षयान फोटोन एम फोर क्याप्सुलमा हालेर ती छेपाराहरुलाई अन्तरीक्षमा पठाइएको थियो । सुक्ष्म गुरुवात्वाकर्षले यौनक्रियामा कस्तो असर पार्छ भन्ने कुराको अध्ययनका लागि छेपाराहरुलाई अन्तरीक्षमा पठाइएको थियो ।
छेपाराहरु जिउँदै भएको बेलामा अन्तिम पटक उनीहरु एक अर्काबीच लडाइँ गरिरहेको र त्यसपछि रुसी अन्तरीक्ष एजेन्सीका अधिकारीहरुको उनीहरुसँगको सम्पर्क केही समयका लागि विच्छेद भएकेा थियो ।
रुसको दक्षिणी भागमा सोमबार उक्त अन्तरीक्षयान अवतरण गरेपछि त्यो खोलेर हेर्दा त्यसमा रहेका छेपाराहरु मृत अवस्थामा रहेको पाइयो ।
रुसको अन्तरीक्ष एजेन्सी रस्कोमसले भनेको छ, ‘डोर्सोफिला झिंगालेसफलतापूर्वक उक्त अन्तरीक्ष उडानलाई संचालन गर्यो र आफ्नो प्रजनन र विकाश समेत प्रसस्तै गर्यो तर दुर्भाग्यवस सबै छेपाराहरुको मृत्यु भयो ।’
छेपाराहरुको मृत्युको कारण र समय पत्ता लगाउन वैज्ञानिकहरुले अनुसन्धान गर्ने भएका छन् ।
गएको जुलाई १९ मा रुसले ५ वटा छेपाराका साथै केही किरा र झारपात समेत राखेर अन्तरीक्षयान प्रक्षेपण गरेको थियो । ती मध्ये एउटा भाले र अरु पोथी छेपारो थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID