Sunday 9 February 2014

सेक्सपछि पुरुषलाई किन निद्रा लाग्छ ?

http://meroknowledge.blogspot.com/2014/02/highest-paying-adsense-keywords.html
 (एजेन्सी) के सेक्सपछि निद्रा लाग्नु अस्वभाविक हो ? होइन । यो सेक्सको दौरान हाम्रो शरीरले गरेको मिहिनेतको नतिजा मात्र हो । यो विशेष गरेर पुरुषहरुमा देखिने गर्छ । तर, पुरुषमा देखिने यो बानीले कतिपय महिलाहरुलाई भने निरास बनाइरहेको हुन्छ । निम्न कारणले पुरुषहरु सेक्सपछि सुत्ने गर्छन्ः
१. रात्री समयमा गरिने सेक्सको बेला मानिस पहिलेनै थाकिसकेको हुन्छ । त्यसमा पनि सेक्समा मानिसले गर्नुपर्ने शारीरिक क्रियाकलापले उसलाई अझ बढी थकित बनाइदिन्छ । त्यसैले मानिसहरुको राती सेक्सपछि निदाइहाल्ने गर्छन् । अझ सेक्सले शरीरलाई रिल्याक्स गर्ने भएकोले गर्दा पनि मानिसहरु सेक्स पछि निदाउने गर्छछन् ।
२. पुरुषहरुले चरमोत्कर्षको दौरान पैदा गर्ने वीर्यका कारण उसको शरीरमा भएको हर्मोनले उसलाई आलस्य बनाइदिन्छ । यति बेला हर्मोनले शरीरलाई अरु बेलाभन्दा थाकेको अनुभव गराउँछ ।
३. सेक्सको दौरान पुरुषहरुले धेरै बेर श्वास रोक्ने गर्दछन् । जसले उनीहरुको शरीरमा राम्रोसँग अक्सिजनको मात्रा पुगेको हुँदैन । यसले पनि मानिसलाई निद्रा लाग्ने गर्छ ।

यदी तपाईंलाई यो समस्या हो जस्तो लाग्छ भने सेक्सपछि ननिदाउन निम्न उपाय अपनाउन सक्नुहुन्छः
१. सेक्सअघि कफी पिउने । यो दीर्घकालिन उपाय नभए पनि यसले केही हदसम्म निद्रा भगाउन मद्दत गर्दछ । यद्यपि क्याफिनले हाम्रो स्नायु प्रणालीमा असर गर्ने हुँदा यसले तपाईंलाई अति उत्तेजित वा कम उत्तेजित बनाउन सक्दछ ।
२. सेक्सपछि चिसो सिट्रस्का जुस जस्तै अंगुरको जुस खाँदा पनि यसले निद्रा भगाउँछ । सेक्स पछि रक्सी खाँदा पनि यसले निद्रा कम गर्न मद्दत गर्दछ । तर यसको मात्रा थोरै लिनुपर्छ नत्र त्यसको असर झन् उल्टो हुन्छ ।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईंसम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID