Showing posts with label sex health. Show all posts
Showing posts with label sex health. Show all posts

Saturday 13 December 2014

यस्तो छ ‘यौन उत्तेजक’ यार्सागुम्बाको रामकहानी


यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैले यसलाई शेर्पाहरू ‘छातावु’ अर्थात छाता ओड्ने किरा भन्छन् ।जमिनमुनि प्राणी र जमिनमाथि बनस्पति हुनाले यसलाई छाताबु भन्ने गरेको विश्वास गरिन्छ । शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो । वनस्पति र किरासँगै भएको बस्तु यार्सागुम्बु भन्छन् । यस जडीबुटीको नाम दुईवटा शब्दहरूको संयोजनबाट बनेको हुन्छ ‘यार्सा’ र गुम्बा’ नेपाली प्रचलित भाषामा यसलाई यार्सागुम्बा भनिन्छ । नेपालका कतिपय स्थानहरूमा भने यसलाई जीवनबुटी र कसै कसैले त अश्लील नामले समेत चिन्ने गरेको पाइन्छ ।
यार्सागुम्बा, यो शब्द तिब्बती भाषाबाट अपभ्रंस भएर आएको हो । त्यसैले तिब्बती भाषामा यसलाई ‘यारचा कुम्भू भनिन्छ । तिब्बती भाषामा ‘यार’ भनेको बषर्ा र ‘चा’ भनेको घास ‘कुम’ भनेको हिँउद तथा ‘भू’ भनेको किरा हो, अर्थात बषर्ा ऋतुमा घास र हिउँदमा घाससँग जोडिने किरा हुने बस्तु भन्ने अर्थ लाग्दछ । यही तिब्बती भाषाबाट यारचा कुम्भू अपभ्रंस भएर यार्सागुम्बा भएको मानिन्छ । त्यसो त कणर्ाली अञ्चलका मुगु, हुम्ला, जुम्लामा उत्तरी हिमाली भेकमा शेर्पा भोटेहरूले यार्साकिमु भन्दछन् । र, यार्सागुम्बाको अलावा यसलाई जीवनबुटी पनि भनिन्छ । किंवदन्ती अनुसार राम र रावणको युद्धमा लक्ष्मणलाई वाण लागेर मुर्छित हुँदा नेपालको उत्तरी हिमाली भेकबाट हनुमानले यही यार्सागुम्बा लिएर गइ लक्ष्मणलाई खुवाएर बिउँझाएका थिए भन्ने कुरा प्रचलित छ । हुन पनि यो कहिल्यै मर्दैन । बनस्पति मरे प्राणी जिवितै रहन्छ, प्राणी मरे बनस्पति जिवितै रहन्छ । बनस्पति जिवितै रहेपछि प्राणीको पुनः जन्म हुन्छ । बसन्तकुमार शम्र्मा ‘नेपाल’ को ‘नेपाली शब्द सागर’ मा यार्सागुम्बाको अर्थ टुप्पोतिरको भाग झारपात र जरातिरको भाग किरा प्रकारको देखिने हिमाली डुलन्ते झार, तागतका लागि सुकुटीका रुपमा काम लाग्ने डुलन्ते झार भनी नेपालीमा अर्थ लगाइएको छ ।

    के हो त यार्सागुम्बा ?

 यार्सागुम्बा भनेको हिमाली भेकमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रति भएका हुन्छन् । यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविदहरूका अनुसार यो ६ महिना किरा र ६ महिना बनस्पति भएर रहन्छ । त्यसरी  हेर्दा बनस्पति जिवित रहे प्राणी मर्ने र प्राणी जिवित रहे बनस्पति मर्ने हुन्छ । जमिनमा रहेका पुराना यार्सागुम्बाबाट हावामा प्रशस्त बीऊहरू फैलिरहन्छन् । यी बीऊहरू एक प्रकारका पुतली, झुसिल्किराको शरीरमा टाँसिन्छन् र त्यहीँ उम्रन्छन् । यी बीऊहरू उम्रेपछि यिनका जराहरू झुसिल्किराको शरीरमा फैलन्छन् त्यस समयसम्म झुसिल्किरा हिडडुल गरिरहेकै हुन्छ । यसरी यो बनस्पतिको जराहरूले झुसिल्किरालाई पुरै ढाक्दै गएपछि झुसिल्किरा जमिनभित्र गएर मर्छ । झुसिल्किरा जमिनमा मरिसके पछि बनस्पतिले आˆनो आहारा त्यही झुसिल्किराको शरीरबाट लिन्छ र बनस्पति विकसित हुन्छ अर्थात माटो माथि जिवित रहन्छ माटो मुनी मर्छ । माटो माथिको बनस्पति माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ यसको रङ्ग कालो हुन्छ जसको टुप्पोमा सानासाना प्वालहरू हुन्छन् ती प्वाल भित्र लामा लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना मसिना लामा लामा बीऊ हुन्छन् ।
यो बिशेष गरेर उत्तरी क्षेत्रमा बर्षभरि पाउन सकिन्छ । यो ढुसी झुसिल्किराको शरीरबाट खाद्य पदार्थ प्राप्त गरेर विकसित हुन्छ । र यसका प्रत्येक दुई भाग हुन्छन् जमीनमाथिको भाग यार्सा   र जमिनमुनिको भाग गुम्बा । यो परस्पर जोडिएको हुन्छ । जबसम्म बनस्पति पूर्ण विकसित हुँदैन तबसम्म प्राणी डुलिरहने हुनाले यसलाई डुलन्ते झार भनिएको हो ।
विभिन्न बनस्पति सम्बन्धि पुस्तकमा यार्सागुम्बाका १०० भन्दा बढी प्रजाति रहेको उल्लेख गरिएको छ । ती मध्ये जापानमा ३० वटा, बि्रटेनमा १२ वटा, भारतमा ७ वटा चीनमा २१ वटा प्रजातिका यार्सागुम्बा पाइन्छ । नेपालको सन्दर्भमा भने यकिन गरेर भन्न नसकिने बनस्पतिविज्ञहरू वताउछन् । तर पनि उनीहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमा कोर्डिसेप्स साइनेन्सिस, कोर्डिसेप्स मिलिटरिस र कोर्डिसेप्स नुटन्स प्रमुख रहेका छन् । कोर्डिसेप्स साइनेन्सिस जातका यार्सागुम्बा नेपालका ताप्लेजुङ, संखुवासभा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा जिल्लाहरूमा पाइन्छ । त्यस्तै कोर्डिसेप्स मिलिटरिस जातको यार्सागुम्बा भक्तपुरको सूर्यविनायकमा पाइन्छ भने कोर्डिसेप्स नुटन्स शिवपुरी नागाजूृनको जंगल, गोकर्ण मनाङमा पाइन्छ ।
हुनत हिमाली भेगमा लामाहरू यार्सागुम्बा धर्मात्मा मानिसहरूले मात्र भेटाउछन् भन्छन् र कतिपय लेकबाट औषधि बेच्न आएका मानिसहरूले यासार््गुम्बा भनेर झुक्याएर औषधि बेच्ने गरेको पनि पाइन्छ तर वास्तवमा यार्सागुम्बा च्याउ जस्तै भेटिने बस्तु हो तर के कुरा चाँही सत्य हो भने पहिला एउटा भेट्न चाँही निकै
समस्या पर्छ । एउटा भेटिए पछि अरु सजिलै पाउन सकिन्छ किनभने अरु यार्सागुम्बाहरू आपसमा वरपर रहने हुनाले सजिलै पाउन सकिन्छ । यार्सागुम्बा भेटाउन धर्मी र पापी भन्ने कुरा चाँही सरासर गलत हो ।
यार्सागुम्बाको उपयोगिता

संसारमा पाइने १०० भन्दा बढी प्रजातिका यार्सागुम्बाहरू दुर्लभ, बहुमूल्य र प्रयोगका लागि उपयुक्त मानिदैनन् । नेपालमैं पाइने ३ प्रकारका यार्सागुम्बाहरू पनि सबै प्रयोगयोग्य र बहुमूल्य छैनन् । बनस्पतिविज्ञहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमध्ये कोर्डिसेप्स सिाइनेन्सिस प्रजातिको यार्सागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ । यी तीनैवटा यार्सागुम्बाको नाम बानस्पातिक नाम हो । संसारमा पाइने यार्सागुम्बाहरूमा पनि कोर्डिसेप्स सिाइनेन्सिस मात्र औषधिको रुपमा प्रयोग गरिन्छ ।
हुनत यार्सागुम्बाको प्रयोग कामोत्तेजक औषधि तथा स्मरण शक्तिवर्द्धक औषधिको रुपमा प्रयोग गरेको कुरा विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ । तर यसलाई औषधिको रुपमा त्यतिमा मात्र प्रयोग गरिने कुरा नेपालको आयुर्वेदिकले मान्न तयार छैन । उसका अनुसार यस बाहेक अन्य औषधिमा पनि यार्सागुम्बाको प्रयोग गरिन्छ । यार्सागुम्बा पाइने ठाउँका मानिसहरूका अनुसार यार्सागुम्बा रक्तश्राप रोक्न, काटेको घाउ चाँडै निको पार्न, रगतमासी निको पार्न तथा शरीर दुखेमा पनि यसलाई पिसेर धुलो बनाई खाने गरिन्छ ।
कतिपय मानिसहरूले भने हिमालमा पाइने पाँचऔंले, मौरीको मह र दूधसँग यार्सागुम्बा मिसाएर खाने गर्दछन् । यसरी खाँदा तागत बढ्ने विश्वास गरिन्छ । यसका साथै यसको धूलोलाई उमालेको दूधसँग खाएमा भिटामिनको कमीलाई पूरा गर्दछ भन्ने विश्वास गर्दछन् । कतिपयको भनाइमा भने तीन वटा यार्सागुम्बालाई उमालेको दूध वा महसँग खाएमा यौन उत्तेजकको काम गर्ने गर्छ भन्न विश्वास छ । बैज्ञानिक तथा वनस्पति विज्ञहरूको भनाइ अनुसार १३ वटा अन्य जडीबुटीसँग यार्सागुम्बालाई मिसाएर लगातार ३ बर्ष खाइरहे मोटोघाटो, फुर्तिलो र सुन्दर हुने गर्दछ । त्यसैले यार्सागुम्बाबाट बनाइएका टनिकहरू चीनमा खुल्ला रुपमा बिक्री गरिन्छ ।
हिमाली भेगबाट औषधि ल्याएर बिक्री गर्ने लामा भोटेहरू भने यसको उपयोग कामोत्तेजकका लागि तथा स्मरण शक्ति बढाउनका लागि उपयोग गरिने बताउछन् । उनीहरूका अनुसार ३ तोला यार्सागुम्बा, २ केजी सेतो चामल, ५ तोला पाँचऔंले र एक लिटर दूधलाई हिमालको चोखो पानीमा पकाएर तीन दिन दिनको ३/३ चम्चा बिहान बेलुका खाएमा यौन शक्ति बढ्ने बताउछन् । त्यसरी नै आधा लिटर रातो गाईको दूध, लिगातुर झार   अलिकति, ५ तोला यार्सागुम्बा, ५ तोला यार्सागुम्बा, आधा लिटर कालो गाईको दूध १ तोला काँडे धुप्पी  चौथाइ तोला भालुको पित्त, अलिकति पाहाको मासु र अलिकति हिमाली भेकमा पाइने सर्पको मासु जम्मा गरेर दूधबाहेक अरुलाई पिसेर दूधमा पकाएर साना साना मटरका दाना जत्रै गोली बनाएर एक महिनासम्म बिहान बाहिर हावामा ननिस्की ३ चक्की र बेलुका आगोलाई नछोइकन ३ चक्की खाएमा स्मरण शक्ति बढ्ने कुरा बताउछन् साथै उल्लेखित मात्रा भन्दा बढी खाएमा मान्छे पागल हुने कुरा उनीहरू बताउँछन् ।

    कसरी भयो नेपालमा यार्सागुम्बाको पहिलो खोजी ?

यार्सागुम्बाको अस्तित्व पौराणिक कालदेखि नै नेपालमा रहँदै आएको पाइन्छ । यसको उपयोग हिमाली भेगका शेर्पाहरूले गर्दै आएका थिए । विभिन्न जडीबुटीका रुपमा प्रयोग भइरहेको यार्सागुम्बा पहिलो पटक खोजी गरेर प्रकाशमा ल्याइएको भने त्यति धेरै भएको छैन । यार्सागुम्बाको पहिलो पटक संकलन गर्ने श्रेय सन् १९५२ मा बि्रटिस म्युजियम लण्डनको तर्फबाट बनस्पति संकलन गर्न आएका पोलुनिन साइकल र विलियमलाई जान्छ । उनीहरूले ४२०० मिटरको उचाईमा रहेको च्याखुर लेकबाट अत्यन्तै मूल्यवान यार्सागुम्बा भेटाएर लगेका थिए ।

  
    अन्त्यमा

बर्षायाम शुरु हुँदा नहुँदै पश्चिम उत्तरका मानिसहरू घर नै छोडेर यार्सागुम्बाको खोजीमा जान्छन् । कतिपय विद्यालय समेत बन्द हुन्छन् र विद्यार्थीहरू समेत उक्त कार्यमा सरिक हुन्छन् । यार्सागुम्बा टिप्न भने त्यति सजिलो भने छैन । घर बाहिरको बास र हिमपातका कारण ज्यान नै जोखिममा पर्ने हुन्छ । भर्खरै मात्र पनि १९ जना व्यक्तिहरू हिमपातमा परी मरिसकेका छन् । तर पनि बजार मूल्य राम्रो भएका कारण मान्छेहरूको यस प्रतिको आकर्षण घटेको पाइदैन । नेपाल सरकारले यार्सागुम्बा टिप्न प्रतिबन्ध नलगाए पनि करका रुपमा पैसा उठाउँदै आएको बताउछन् यार्सागुम्बा टिप्न जानेहरू ।

Sunday 9 February 2014

दम्पतिबीच यी ९ कुरा गर्नु हुदैन

मानिसका लागी संचारको पहिलो माध्यम हो बोलचाल । यदी तपाइको बिवाह भएको धेरै बर्ष भएको छ श्रीमान श्रीमति बीच कयौं यस्ता कुराकानी हुन्छन । जसेको बारे आफुले ध्यान दिनु पर्ने हुन्छ । यो आफ्नो जीवन पार्टनरसँग कुराकानी गर्दा के कुरा भुलेर पनि गर्नु हुदैंन । त्यो के के कुरा हुन् ।
आफ्नो जीवनसाथी यी ९ वटा कुरा कहिल्यै गर्नु हुदैँन ।

http://meroknowledge.blogspot.com/2014/02/five-ways-to-make-money-with-green.html

१. तिमी केही होइनौं – यो भनेर कुराकानी सुरु गर्नुभयो भने तपाईको पहिला नै झगडा हुन्छ ।
२. तिमी के लाग्दैन उ आक्रषण छ – यसबाट झगडा सुरु हुन्छ ।
३. मेरा अरु पनि पार्टनर छन – मेरा एक्स केटी साथी, एक्स श्रीमान, एक्स केटा साथीले यस्तो कहिल्यै गरेनन भनेर भन्नुहुदैँन । किनकी आफ्नो पार्टनरलाई अरुसँग तुलना गर्दा पनि झगडा हुन्छ ।
४. म यीनी बच्चाहरुको ठुला कहिले हुने हुन भनेर सोचिरहेको छु । यीनीहरु कलेज कहिले जाने हुन् भनेर बवाल भएको छ भनेर कहिल्यै भन्नुहुदैँन ।
५. मलाई यसका बारे डर थियो । तिमीसँग बिवाह हुनुभन्दा पहिला नै डराएको थिए ।
६. मलाई लाग्छ हाम्रा बच्चाहरु तिमी तिर गएका छन् । बच्चाहरुले गल्ती गरेमा आफ्नो जीवनसाथीसँग तिम्रा कारण बिग्रिएका हुन् भनेर कहिल्यै भन्नुहदैन ।
७. तिमी तिम्रा बाउ आमा जस्ता छौं भनेर कहिल्यै तुलना गर्नुहुदैन ।
८. तिमी जान्छौकी तिम्रो समस्या नै यहि हो भनेर गल्ती कहिल्यै औल्याई दिनु हुदैन ।
९. तिमी भन्न सक्छौं यत्तिका दिनसम्म तिमीसँग झुटा कुरा गरिहेको थिए ।

सेक्सपछि पुरुषलाई किन निद्रा लाग्छ ?

http://meroknowledge.blogspot.com/2014/02/highest-paying-adsense-keywords.html
 (एजेन्सी) के सेक्सपछि निद्रा लाग्नु अस्वभाविक हो ? होइन । यो सेक्सको दौरान हाम्रो शरीरले गरेको मिहिनेतको नतिजा मात्र हो । यो विशेष गरेर पुरुषहरुमा देखिने गर्छ । तर, पुरुषमा देखिने यो बानीले कतिपय महिलाहरुलाई भने निरास बनाइरहेको हुन्छ । निम्न कारणले पुरुषहरु सेक्सपछि सुत्ने गर्छन्ः
१. रात्री समयमा गरिने सेक्सको बेला मानिस पहिलेनै थाकिसकेको हुन्छ । त्यसमा पनि सेक्समा मानिसले गर्नुपर्ने शारीरिक क्रियाकलापले उसलाई अझ बढी थकित बनाइदिन्छ । त्यसैले मानिसहरुको राती सेक्सपछि निदाइहाल्ने गर्छन् । अझ सेक्सले शरीरलाई रिल्याक्स गर्ने भएकोले गर्दा पनि मानिसहरु सेक्स पछि निदाउने गर्छछन् ।
२. पुरुषहरुले चरमोत्कर्षको दौरान पैदा गर्ने वीर्यका कारण उसको शरीरमा भएको हर्मोनले उसलाई आलस्य बनाइदिन्छ । यति बेला हर्मोनले शरीरलाई अरु बेलाभन्दा थाकेको अनुभव गराउँछ ।
३. सेक्सको दौरान पुरुषहरुले धेरै बेर श्वास रोक्ने गर्दछन् । जसले उनीहरुको शरीरमा राम्रोसँग अक्सिजनको मात्रा पुगेको हुँदैन । यसले पनि मानिसलाई निद्रा लाग्ने गर्छ ।

यदी तपाईंलाई यो समस्या हो जस्तो लाग्छ भने सेक्सपछि ननिदाउन निम्न उपाय अपनाउन सक्नुहुन्छः
१. सेक्सअघि कफी पिउने । यो दीर्घकालिन उपाय नभए पनि यसले केही हदसम्म निद्रा भगाउन मद्दत गर्दछ । यद्यपि क्याफिनले हाम्रो स्नायु प्रणालीमा असर गर्ने हुँदा यसले तपाईंलाई अति उत्तेजित वा कम उत्तेजित बनाउन सक्दछ ।
२. सेक्सपछि चिसो सिट्रस्का जुस जस्तै अंगुरको जुस खाँदा पनि यसले निद्रा भगाउँछ । सेक्स पछि रक्सी खाँदा पनि यसले निद्रा कम गर्न मद्दत गर्दछ । तर यसको मात्रा थोरै लिनुपर्छ नत्र त्यसको असर झन् उल्टो हुन्छ ।

Sunday 26 January 2014

कसरी यौन सन्तुस्टी प्राप्त गर्छ महिलाले

यौन सम्पर्कको बेलामा प्राप्त हुने चरम सुख अर्थात् अर्ग्याजमको विषयमा विभिन्न विवाद नभएका होइनन्। यस विषयमा विभिन्न खालका धारणा तथा परम्परागत विश्वास रहेका छन्। महिलाले कहिल्यै चरम सुख प्राप्त गर्दैनन् भन्ने मत पनि छ। महिलाले चरम सुख प्राप्त गर्न अपनाउनुपर्ने विधिका विषयमा फरक-फरक धारणा पाइन्छन्। तर, सम्भोगका बेला पुरुषलाई जति छिटो चरम सुख प्राप्त हुन्छ, महिलालाई यस्तो सुख ढिलो गरेर प्राप्त हुन्छ। 
महिलाको चरमसुखका बारेमा विभिन्न भ्रमलाई चिर्दै वैज्ञानिक तथा यौन मनोविज्ञहरूले विभिन्न तथ्य पत्ता लगाएका छन्। न्यू साइन्टिस्ट म्यागजिनमा ती तथ्य उल्लेख गरिएका छन्।
महिलाको योनीभित्र जी स्पट हुन्छ भन्ने कुरा सत्य हो। योनीभित्र हुने यो स्थान निकै संवेदनशील क्षेत्र हो। यही क्षेत्रमा घर्षण पैदा भएसँगै महिलालाई चरम सुख प्राप्त हुन्छ। तर, यो योनीभित्र ठीक कुन भागमा हुन्छ भन्ने कुराको यकिन भने गर्न सकिँदैन।
  • चरम सुखका बेला महिलाको मस्तिष्कको अधिकांश भाग निस्त्रि्कय हुन्छ। वैज्ञानिकहरूले गरेको अनुसन्धानले के देखाएको छ भने जब मान्छेको दिमागमा सेक्सले ठाउँ पाउँछ, अरू विषय स्वतः निष्त्रि्कय हुन्छन्। अझ चरम सुखका बेला त संवेदनाको अनुभूति गर्ने क्षेत्रसमेत निष्त्रि्कय हुन्छ।
  • धेरै महिलाले चरम सुख प्राप्त गर्न सक्दैनन्। अमेरिकामा गरिएको एक सर्भेक्षणले ४३ प्रतिशत अमेरिकी महिलामा यस्तो समस्या भएको देखाएको थियो। यसको निष्कर्ष के हो भने पुरुषको तुलनामा अत्यधिक महिलामा यौन सुख प्राप्त नगर्ने जैविक कमजोरी नै हुन्छ।
  • चरम सुखलाई वंशाणुले फरक पार्छ। अनुसन्धान अनुसार चरम सुखमा हुने ४५ प्रतिशत विविधता वंशाणुकै कारण हुन्छ। कतिपय महिलाले सम्भोगका बेला चरमसुख पाउन सक्दैनन् र केहीलाई हस्तमैथुन गर्दा पनि यौनसुखको अनुभूति हुँदैन, यसो हुनुमा वंशाणुगत कारण मुख्य हुन्छन्।
  • चरम सुख दिने प्रविधि बन्दै छ। जैविक कारणले नै चरम सुख पाउनबाट वञ्चित महिलालाई यौन सुखको अनुभूति दिलाउन वैज्ञानिकहरूले प्रविधिको विकास गरिरहेका छन्। यौन उत्प्रेरकको काम गर्ने यस्तो प्रविधि महिलाको ढाडभित्रको नसामा जोडिनेछ, जसले चरम सुख प्राप्त नहुने समस्या समाधान गरिदिनेछ।

Friday 24 January 2014

सुमिनाले येसरी मेटाउछिन् आफ्नो प्यास जोसमा आएपछि(भिडियो सहित)

सुमिनाले येसरी मेटाउछिन् आफ्नो प्यास जोसमा आएपछि(भिडियो सहित)

Thursday 23 January 2014

यौवन जोगाउन मसाज

स्वस्थ एवम् रोगी दुवैका लागि मालिस लाभकारी हुने कुरा आयुर्वेद शास्त्रमा बताइएको छ। त्यसैले स्वास्थ्य र शारीरिक सुन्दरताका लागि मसाज गराउनेहरूको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ। मसाज भनेको मांसपेशीलाई हातले दबाउने र जोर्नीमा मालिस गर्ने कला हो। 

शरीरभित्र सड्ढलित दूषित विजातीय पदार्थलाई शरीरका विभिन्न अड्ड र माध्यमबाट शरीरबाहिर निकाल्नु मालिसको विशेष कार्य हो। त्यसैले शरीर शुद्घि चिकित्साअन्तर्गत पञ्चकर्म चिकित्साको पूर्वकर्मको रूपमा पनि मालिसलाई लिने गरिएको छ। स्वास्थ्यरक्षा गर्न होस् वा रोगीको उपचार गर्न, शारीरिक सुगठन र सुन्दरताका लागि होस् वा मानसिक प्रखरताका लागि, परापूर्वकालदेखि नै मालिसलाई अपनाइँदै आएको पाइन्छ । शरीरका अड्ड–प्रत्यड्डलाई स्वस्थ, लचिलो र कर्मशील बनाउन मालिस गर्ने गरेको पाइन्छ।

समय समयमा तेलले मालिस गर्दा नसा, मांसपेशी, छाला, हड्डीलाई पोषण पुग्छ। मालिस गर्नु बच्चा–वृद्घ सबै उमेर समूहका लागि उत्तम मानिन्छ। बाल्यकालमा घाममा सुताएर बच्चालाई मालिस गर्ने प्रचलन हाम्रो समुदायमा अझै पनि व्याप्त छ। वैज्ञानिक दृष्टिकोणले पनि यो प्रचलन अत्यन्त राम्रो पद्घति हो । रोग र प्रयोजनअनुसार फरक–फरक तेलले मालिस गर्न सकिन्छ। मालिस गर्न तोरीको तेल, तिलको तेल, बदामको तेललाई उपयुक्त मानिन्छ। 

प्रयोग गर्नुअगाडि तेल अलि अलि तताउनुपर्छ। रोग र चिकित्सकको सल्लाहअनुसार तोकिएको तेलले मालिस गर्नुपर्छ। सामान्यतः तिल अथवा तोरीको तेलले मालिस गर्दा शरीरमा शक्तिको सञ्चार हुन्छ। कम्तीमा शिर अथवा पाउमा मात्र मसाज गर्दा पनि थकान, अनिद्रा, शिरमा भारीपन, आलस्यता हटेर मन प्रफुल्लित हुन्छ र मानसिक तनावबाट मुक्ति मिल्छ। 
यस्तै घाममा बसेर तोरीको तेलले मालिस गर्नाले हड्डी मजबुत हुन्छ। समग्रमा मालिस गर्नाले श्वास, दिसा, पिसाब, पसिना आदिका माध्यमबाट शरीरका विजातीय दूषित पदार्थ बाहिर निस्कन्छ। साथै पाचन प्रणाली तथा अन्य ग्रन्थिहरूलाई उत्तेजना प्राप्त हुन्छ  र तिनीहरूले आफ्ना काम सक्रियरूपमा सुचार गर्न सक्छन्। योग, प्राणायाम, व्यायामसँगै मालिस गराउँदा स्वस्थ र तन्दुरुस्त जीवनयापन गर्न सकिन्छ। नवआगन्तुक र जीर्ण रोगमा पनि मालिस गर्नाले फाइदा पुग्छ। 
केका लागि मसाज गर्ने ?
बालक, वृद्घ, अशक्त, जो व्यायाम गर्न सक्दैनन्, उनीहरूका लागि मसाज श्रेष्ठ व्यायाम हो। मालिसले शारीरिक र मानसिक सन्तुलन कायम गर्छ। मोटा तथा दुब्ला दुवै प्रकारका व्यक्तिका लागि मालिस फाइदाजनक हुन्छ। मोटा मानिसलाई पाउडर तथा मेदनाशक तेलको प्रयोगले मालिस गरिन्छ। मसाजले पाचन प्रणालीलाई स्वस्थ बनाँछ। पाचन, अवशोषण र मल निष्कासन क्रियालाई नियमित बनाउँछ। छाला सुन्दर, मुलायम, कान्तियुक्त बनाई यौवन जोगाउँछ। व्यायाम र विश्राम दुवै मालिसबाट प्राप्त हुनाले मांसपेशी लचिलो भई सन्तुलित विकास हुन्छ। रक्तसञ्चार सुचारु हुन मद्दत मिल्छ। सानाभन्दा साना रक्तनली एवम् रक्तजालहरूमा रक्तसञ्चार हुन पुग्छ। त्यहाँ सड्ढलित विजातीय दूषित तत्त्वलाई विभिन्न मार्गद्वारा शरीरबाहिर ल्याउन मद्दत गर्छ। प्रतिरक्षा प्रणाली सबल र सक्रिय हुन्छ। रोगप्रतिरोध शक्ति बढाउँछ। यसले गर्दा कीटाणुको आक्रमणबाट शरीर जोगिन्छ। वृद्घ, रोग, शोक, पीडाले थलिएको व्यक्तिका छालामा देखिएको शिथिलता, शून्यता चाउरीपनलाई मालिसले फाइदा पुर्याउँछ। चिन्ता, तनाव, उदासीनता, अनिद्रा आदि अवस्थाहरूमा मालिसले स्फूर्ति पैदा गर्छ । निद्रा नलाग्नेहरूका लागि मालिस अत्यन्त पुष्टिदायक औषधि हो। स्नायु दौर्बल्यमा सम्पूर्ण शरीरको मालिसका अतिरिक्त टाउको, पिठयूँ र मेरुदण्डको मालिस अत्यन्त हितकर हुन्छ। हाड, जोर्नीहरूलाई बलियो बनाउन र यसका विभिन्न समस्यामा मालिसले चामत्कारिक लाभ पुर्याउँछ। रक्तचाप घट्ने र बढ्ने दुवै अवस्थामा मालिसले सन्तुलन बनाइराख्न मद्दत गर्छ। पक्षघातका कारण शरीर नचल्ने रोगीका लागि मालिस राम्रो उपचार विधि मानिन्छ 

टाउकोमा मालिस गर्दा मस्तिष्कलगायत सम्पूर्ण इन्द्रियलाई पोषण पुग्छ । नाक, कान, घाँटी, आँखा आदिमा र स्मृतिनाशमा अत्यन्त फाइदा पुग्छ। तेलबाट मालिस गर्दा मांसपेशीलाई शक्तिशाली र तनावमुक्त बनाउँछ। पोषण र व्यायामको अभाव भएको रक्ताल्पताका रोगीलाई मालिस गर्नाले अत्यन्त छिटो लाभ पुग्छ। बाथरोगका कारण जोर्नी दुख्ने समस्यामा पीडानाशक तेलले मालिस गरेर तातो बाफ लिँदा अत्यन्त फाइदा पुग्छ। आलस्य निवारणका लागि र सुस्त मनःस्थितिका रोगीहरूलाई सम्पूर्ण शरीरका अतिरिक्त विशेषरूपमा टाउको, मेरुदण्ड र पैतालाको मालिसले लाभ पुर्याउँछ। - साधना 

बढ्दो उमेरमा बढी यौन आनन्द

महिलाले सामान्यत युवावस्थामा यौनसम्बन्धको बढी आनन्द उठाउँछन् भन्ने मानिन्छ। बढ्दो उमेरसँगै उनीहरूको यौन क्षमता घट्दै जान्छ भनिन्छ। तर हालैको सर्वेक्षणले यसलाई गलत बताएको छ। सर्वेक्षण अनुसार, उमेर वृद्धिसँगै महिलाहरू यौनिक रूपमा बढी सक्रिय हुन्छन्।

यो प्रतिवेदन पर्सनालिटी एन्ड इन्डिभिजुअल डिफरेन्सेज जर्नलमा प्रकाशित यो प्रतिवेदन भएको हो। नौ सय महिलामा यो सर्वेक्षण गरिएको थियो। उनीहरूकालाई तीन समूहमा बाँडिएको थियो। १९ देखि २६ वर्षकालाई पहिलो समूहमा, २७ देखि ४५ वर्षसम्मकालाई दोस्रो र र रजोनिवृत्तिबाट गुजि्ररहेकाहरूलाई तेस्रो समूहमा राखिएको थियो।

तीनै समूहमध्ये पहिलो समूहमा परेकाहरूको प्रजनन् क्षमता (फर्टिलिटी) निकै बलियो थियो। दोस्रो समूहका महिलाको यो क्षमता घट्दो थियो। तेस्रो समूहमा राखिएकाहरू त रजोनिवृत्तिकै अवधिमा थिए । तथापि तीनवटै समूहको सर्वेक्षणवाट के पाइयो भने, बढ्दो उमेर अर्थात् दोस्रो र तेस्रो समूहका महिलाहरू यौनका लागि बढी सक्रिय र इच्छुक हुने रहेछन्। अर्थात्, २७ वर्षभन्दा माथिका।  

सर्वेक्षण अनुसार, महिलाहरू उमेरको ४० वर्ष पार गर्दाताका यौन रूपमा अझ बढी सक्रिय हुन्छन् र यौनको बढी आनन्द उठाउन चाहन्छन्। यति मात्र नभएर, उनीहरू युवावस्थाको दाँजोमा यो समय यौनमा नयाँ प्रयोग गर्न पनि पछि पर्दैनन्।

४० वर्ष टेक्दाटेक्दै महिलालाई अब आफ्नो जैविक घडीको समय समाप्त हुन आँटेको छ भन्ने अनुभूति हुन थाल्छ। अर्थात्, उनीहरूलाई आफ्नो आमा बन्ने क्षमतामा कमी आउने बोध हुन थाल्छ । त्यसैले उनीहरू बढी निस्पिmक्री हुन्छन्।

अध्ययनमा पाइएअनुसार, उमेरको तेस्रो दशक पार गर्दा र चौथो दशक पुग्न लाग्दा महिलाहरू यौन रूपमा बढी सक्रिय हुन्छिन्। उमेरको यो समयमा उनीहरू यौनिक फन्टासी गर्न थाल्छन् । अर्थात्, यो उमेरमा महिलालाई यौनेच्छा प्रवल हुन्छ। श्रोत: कान्तिपुर 

कुमारीत्व भय नभयको कसरी पत्ता लगाउने ?

आफूले विवाह गर्न लागेकी दुलही कुमारी हुन् कि होइनन् भन्ने चासो धेरै पुरुषलाई हुनसक्छ। उद्यपी यो कुरा पत्ता लगाउन भने सजिलो छैन । कुनै युवती कुमारी हुन् कि होइनन् भन्ने प्रश्नमा योनिच्छद भए- नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर वैज्ञानिक तवरले हेर्ने भने त्यसलाई बलियो आधार मान्न सकदिैन्। किनभने कतिपय युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको पर्याप्त विकास नभएको हुनसक्छ। 

प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै कतिपय युवती शारीरिक क्रियाकलापमा दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने हुन्छ। यस्तो स्थितीमा कतिपयको झिल्ली यौनसम्पर्क राखिसकेपछि पनि नच्यातिएको अवस्थामा हुनसक्छ। यस्तो स्थितीमा कौमार्य भङ्ग भएको भए वनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ। केही यौनसम्पर्क राखियो भन्दैमा योनि खुकुलो हुने होइन। योनि एकदमै लचिलो मांसपेशीले बनेको अङ्ग हो, त्यसैले यो खुकुलो हुदैन्। त्यसैले यौनसम्पर्क राखेको कुरा कसैलाई थाहा हुदैन्।

यौनसम्पर्क नगर्दा क्यान्सर हुन्छ

झुल्किँदो घाममा पत्रकार कर्ण बोहराले एउटा चिठी थमाए, ‘जजाप‘ भनेर । जजाप अर्थात्, ‘जसरी पनि जानुपर्ने‘ । जजाप सम्झँदै ६ फेब्रुअरीको दिन ढिला गरेर होटल ओपेरा छिरेँ । सभाकक्षमा कुर्सी खचाखच थिए । अगाडिबाट दोस्रो पंक्तिको कुर्सी समातेँ । हलको भित्तामा झुन्ड्याइएको नीलो कपडामा सेता अक्षरले लेखिएको थियो— ‘विश्व क्यान्सर दिवसका अवसरमा क्यान्सर रोगबारे जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम ।‘ आयोजक फारवेस्ट स्कुल अफ मेडिसिन र सेती-महाकाली नर्सिङ क्याम्पस रहेछन् । लाग्यो, जजाप भन्या यत्तिको रैछ ।

कार्यक्रममा एकजना गहुँगोरो अधबैँसे अगाडि झुल्किए । माइक्रोफोनभन्दा पनि चर्को स्वरमा उनले क्यान्सरबारे धाराप्रवाह बोलिरहे । क्यान्सरका बारेमा कहिल्यै नसोचेका धारणाहरू सुन्दा मलाई यो कार्यक्रम नै सपना हो कि जस्तो लाग्न थाल्यो । उनले झन्डै एक घन्टा क्यान्सरकै बारेमा बोले । कस्तो लोभलाग्दो ज्ञान र जानकारी ! मलाई उनीसँग क्यान्सर-संवाद गर्न पाए कति मजा हुँदो हो भन्ने लाग्यो । छुस्स कुरा गरेँ, डा. प्रकाश बुढाथोकी एकै चुट्कीमा सहमत भए ।
कुराकानी त गरिने भयो, तर कस्तो फसाद भने मञ्चमै संवाद थाल्नुपर्ने । छेउको कुर्सीमा डाक्टरसाहेब, अघिल्तिर म । कानेखुसी गरेझैं मैले सोधेँ, ‘डाक्टरसाब ! यो क्यान्सर भनेको के हो ?’ विद्यार्थीलाई पढाएझैं डाक्टरसाबले बिस्तारै भने- ‘कोषको असाधारण वृद्धि ।‘ परिभाषालाई व्याख्या गर्न थाले, ‘शरीरको कुनै भागमा पलाएको, वा बढेको मासुको कोष शरीरको त्यही भागको मासुका कोषसँग मिल्दैन भने त्यो क्यान्सर हो ।‘ मान्छेको शरीरमा बढ्ने एउटा कोष पनि कति खतरनाक ! सुईको टुप्पोले पार्ने प्वालमा मात्रै लाखौँ कोष अटाउँछन् भन्छन् उनी । यति सानो चिजले पनि व्यक्ति, समाज र सारा विश्वलाई नै असर पार्न सक्ला र ? डा. बुडाथोकी भन्छन्, ‘यो विश्वका लागि चुनौती हो । एउटा कोषको असाधारण वृद्धिले संसार हल्लाएको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार क्यान्सरले प्रत्येक दिन २० हजार मानिस यमलोक जान्छन् ।‘
मेरा मनमा चिसो पस्यो । प्रत्येक दिनका अखबारका पाना क्यान्सरको उपचारका लागि सहयोगको याचनाले रंगिएकै छन् । संसारलाई पर छोडेर मैले बुढाथोकी डाक्टरसाबलाई नेपालकै क्यान्सर-खबर सोधेँ । गम खाँदै भने- ‘नेपालमा ७० हजार क्यान्सरका रोगी छन्, प्रत्येक वर्ष ३० हजार नेपालीसँग क्यान्सरले नाता जोड्छ ।‘ मैले बोल्न नपाउँदै उनले अर्को तथ्यांक राखे, ‘प्रत्येक वर्ष १५ देखि २० हजार नेपालीको क्यान्सरले मृत्यु हुन्छ ।‘ बाबै ! मेरो मुटु काँप्यो । हैन, १० वर्षे सशस्त्र द्वन्द्वमा पनि जम्मा १३ हजार नेपालीले मात्रै ज्यान गुमाएका थिए । सशस्त्र लडाइँभन्दा पनि यो क्यान्सर पो भयानक रै‘छ । हामी बारम्बार ‘द्वन्द्वको पीडा‘ भन्दै छौँ । तर, यति भयानक पीडाबारे खोइ त चर्चा भएको ? यो कुरा आमनेपालीलाई थाहा छ होला त ?
म यस्तो मर्ने र मारिने दर्दनाक प्रसंगबाट उनको निजी जीवनमा फर्कें । दाङको घोराही नगरपालिका- ७, सेराईमा ३७ वर्षअगाडि जन्मेका रहेछन् प्रकाश बुढाथोकी । आफ्नो नामका अगाडि डा. झुन्डिएला भन्ने लागेकै थिएन रे उनलाई । ‘साधारण परिवारको मान्छे, मेडिकल पढ्न सक्ने त आसै गरेको थिइनँ,’ बुढाथोकीले बाल्यकाल सम्झे । मिहिनेती र अब्बल विद्यार्थी प्रकाश नौ वर्षअघि डाक्टर भएर नेपाल र्फकंदा बल्ल थाहा भयो, ‘लौ, डाक्टर पो भइयो ।‘ उनले सधैं छात्रवृत्तिमा पढे । कलेजको पढाइ होस् या भारतमा चकित्साविज्ञान पढ्दा, सधैं छात्रवृत्ति । ‘अहिले पनि स्कलरसिपमै पढ्दै छु,’ अलिकति उत्साही स्वरमा चीनमा अध्ययन गरिरहेको जानकारी दिए उनले ।

प्रायः डाक्टरहरू राजधानीको खाल्डोभन्दा बाहिर जाँदैनन् । जोडतोडले उफ्रिहाले पनि विराटनगर, पोखरा, बुटबल । धेरै भए नेपालगन्जसम्म पुग्छन् । पहाडतिर त जाँदै जाँदैनन्, झन् गाउँघरसँग त एलर्जी नै हुन्छ डाक्टरसाबहरूलाई । सबैले यस्तो गुनासो गरेको पाइन्छ । त्यही जिज्ञासा राख्न मात्रै खोजेको थिएँ, फ्याट्ट भनिहाले, ‘नेपालका विभिन्न स्थानमा एक हजार १९ ओटा क्यान्सर उपचार शिविरमा पुगेको छु ।‘ बाफ रे बाफ ! नौ वर्षमै यति धेरै शिविरमा ? नपत्याई सुखै पाइएन । ‘पचहत्तरै जिल्लामा पुगेको छु,’ गर्वसाथ भने, ‘देशैभरि घुमेको छु ।‘ एक हजार दुई सय १९ क्यान्सर शिविरमा उनले उपचार गरेका रोगीको संख्या त कति हो कति । पुनर्जीवन दिएका रोगीहरूको संख्यासमेत उनलाई ठ्याक्कै याद छैन ।
डा. बुढाथोकी पुगेका अधिकांश शिविर गाउँमै सञ्चालन भएका छन् । ‘सहरमा त चार सयजति होलान्,’ डाक्टरसाबले मुस्कुराउँदै भने, ‘अरू सबै गाउँमै हुन् ।‘ कस्तो छ त गाउँसँग क्यान्सरको नाता ? डाक्टरसाब एक्कासि मलीन भए । गाउँका पोकापुन्तुरा फुकाल्न थाले, ‘जनचेतना छैन, अशिक्षित छन्, गरिब छन्, रोगका बारेमा जानकारी छैन । स्वास्थ्य संस्थामा जाँदैनन्, कसैले जानकारी पनि दिँदैन ।‘ गाउँको यथार्थ एकहोरो ओकल्न थाले, ‘अनि कस्तो भनूँ, म गाउँको अवस्था ?’ उनले उल्टै मैतिर फर्केर प्रतिप्रश्न गरे । डा. बुढाथोकी पहाडी जिल्लाका गाउँघरमा क्यान्सरको अनुहार ससम्झिँदा झस्किन्छन् रे । झन् सुदूरपश्चिमका गाउँघर सम्झँदा त डाक्टरसाबको ब्लडप्रेसर नै बढेर आउँछ । ‘साँच्चिकै भयानक अवस्था छ,’ उनले गुनासो पनि गरे, ‘कसैले हेर्‍या‘छैन, सरकारले पनि वास्ता गरेको छैन ।‘
सुदूरपश्चिम मात्रै हैन अधिकांश पहाडी जिल्लाका गाउँघरमा क्यान्सर भएको थाहा पाए पनि उपचारै गराउँदैनन् रे ! ‘महिलालाई श्रीमान्, सासू-ससुराको अनुमति चाहिन्छ, उनीहरू सामान्य अवस्थामा अनुमति दिँदैनन् । लाज मानेर पनि उपचार गराउँदैनन्,’ डाक्टरसाबले भेटाएको गुह्य कुरा भने । उनले एक रोचक प्रसंग कोट्याए । दुई वर्षअघि क्यान्सरसम्बन्धी शिविरकै क्रममा उनी रसुवा पुगेका थिए । त्यहाँ उनले एकजना महिलाको उपचार गरेछन् र शिविरमै औषधी दिएछन् । ती महिलाले औषधी त्यहाँ नखाएर घर लगिछन् । घरमा श्रीमान्, सासू-ससुरा र छिमेकी बसेछन् । धामीझाँक्री बोलाएर देउतालाई सोधेछन् । जब देउताले खाऊ भन्यो अनि मात्रै ती महिलाले औषधी खाइछिन् । यो कथा अर्को दिन तिनै महिलाले डाक्टरसाबलाई सुनाएपछि उनी बोल्नै सकेनन् रे ।

क्यान्सर क-कसलाई के कारणले लाग्छ भनेर मैले सोधेँ । ‘महिलामा सबैभन्दा बढी स्तन र पाठेघरको क्यान्सर हुन्छ । पुरुषहरूमा मुख, घाँटी, फोक्सोको क्यान्सर । बालबालिकालाई रगत र आँखाको क्यान्सरले बढी सताउँछ । तर, कोही पनि समयमै उपचार गराउँदैनन् ।‘ डाक्टरसाबले सुनाए,- ‘चौथो अर्थात् अन्तिम अवस्थामा मात्रै उपचार गर्न आउँछन् अनि मृत्युको विकल्प हुँदैन ।‘ डाक्टरसाबका अनुसार अहिले एक सय किसिमका क्यान्सर देखिएका छन् । पुरुषमा हुने अधिकांश क्यान्सर सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवनले हुन्छ । बालबालिकामा जेनेटिक क्यान्सर देखिएको छ ।‘
हलमा होहल्ला अलि बढी हुन थालेको थियो । म नजिकै सरेर सोधेँ, ‘महिलामा बढी कस्तो क्यान्सर देखिन्छ नि डाक्टरसाब ?’ ‘धेरै जनासँग यौनसम्पर्क गर्दा पाठेघरको क्यान्सर हुन्छ । असुरक्षित यौनसम्पर्क पनि क्यान्सरको अर्को कारण हो । टिनएज नकाट्दै (बीस वर्षमुनि) यौनसम्पर्क गरे क्यान्सरले झन् च्याप्छ ।‘ डाक्टरसाबले सरसर्ती भने, ‘यौनसम्पर्क नगर्दा पनि क्यान्सर हुन्छ ।‘ म झस्किएँ । कतै मैले गलत त सुनिनँ ? कान तीखो पारेर सुन्न प्रयत्न गर्दै मसिनो स्वरमा मैले फेरि सोधेँ, ‘साँच्चै हो डाक्टरसाब ?’ ‘हो, साँच्चै हो । टिनएज पारे गरेपछि यौनसम्पर्क नगर्ने हो भने क्यान्सर हुन्छ,’ चर्को स्वरमा उनले भने, ‘प्राकृतिक नियमविपरीतका हरेक कामले क्यान्सर निम्त्याँउछ ।‘ डाक्टरसाब भन्दै थिए, ‘टिनएजपछि यौनसम्पर्क नगर्दा महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर हुन्छ । शारीरिक सम्बन्ध नराख्दा पाठेघरको मुखको मासु चल्न नपाउने भएकाले क्यान्सर हुन्छ । अनि, स्तन चल्न नपाए स्तनको क्यान्सर हुन्छ ।‘ -फेसबुकमा ‘आई एम भर्जिन, एन्ड एम प्राउड अफ इट‘ भन्ने ग्रुपको यादले म फेरि झस्किएँ ।

कार्यक्रमकै बीचमा कुराकानी गर्ने मेसो मिलाएकाले समयको चाप बढ्दै गएको थियो । तैपनि, उपचारपद्धतिका बारेमा कुरा गर्न मन थियो । तर, डाक्टरसाहेब भने क्यान्सरविरुद्धको अभियानबारे चर्चा गर्न थाले । जहाँ गयो, त्यहीँ कार्यक्रम गर्न लगाउँदै क्यान्सरबारे जानकारी दिँदै हिँड्नु डाक्टरसाबको स्वाभाव नै बनिसकेको रहेछ । एक सय २० स्थानमा आफैंले कार्यक्रम गरे रे ! ४ फेब्रुअरी चिप्ले पनि त्यसकै अवसरमा डाक्टरसाबले नै कार्यक्रम गर्न लगाएका रै‘छन् । थोरै आक्रोश मिसाएर डाक्टरसाबले भने, ‘सरकार केही गर्न सक्दैन । उसलाई झाडापखाला, रुघाखोकी, जुका, दादुरा आदि-इत्यादिले छुट्कारा दिएकै छैन । क्यान्सरतिर कसरी लागोस् ?’

उनले आक्रोशको भाला युवातिर पनि तेस्र्याए, ‘अब पढेलेखेका हामीजस्ताले जनचेतना फैलाउनुपर्छ । आफ्नो वरिपरि जानकारी दिने, उपचार गर्न जाऔँ भनिदिने गरे पनि पुग्छ ।‘ हलमा बज्ने थपडीसँगै उनको क्यान्सरसँगको अन्तरंग झांगिदै आयो । डाक्टरसाबले एउटा अर्को रोचक प्रसंग झिके । दुई वर्षअघि उनी क्यान्सर शिविरकै क्रममा मुस्ताङ पुगेका रहेछन् । उनले क्यान्सरपीडित ९२ वर्षीया वृद्धाको उपचार गरेछन् । उपचार गर्दा वृद्धाले भनिन् रे, ‘आम्मै ! मर्नुअगाडि डाक्टरसाप पो देखेँ । मर्न नदिने डाक्टरसाप पनि मान्छे नै हुँदा रै‘छन् ।‘ उनै डाक्टरसाबले अहिले पनि ओठमा मन्द मुस्कान छरे । र भने, ‘हेरौँ न, हाम्रो अवस्था कति दर्दनाक छ ।‘
टिनटिन घन्टी बजेको थिएन । तैपनि, समय सकियो । उठ्नै लाग्दा डाक्टरसाबले थपे, ‘भाइ यो पनि लेख्नुस् । अब सरकार र एनजिओ-आइएनजिओको भर कति पर्ने ? हामीले पनि केही गर्ने हो कि ?’क-कसले के-के गर्ने भन्ने तालिका बनाउन पाएको भए कति जाती हुन्थ्यो होला । तर, सामान्य उपचारपद्धतिका बारेमा पनि कुरा गर्नै नपाई छोटो समयले हामीलाई छुट्टनि आदेश दियो

Friday 17 January 2014

रक्तसमूह र यौन

हामीले सबैको रगत उस्तै हो भने पनि चिकित्सा विज्ञानका दृष्टिकोणले मानव शरीरमा पाइने रगत एक-अर्कामा ठयाक्कै मिल्दैन। रगतको रातो रक्तकोषमा पाइने प्रोटिनमा हुने फरकले गर्दा त्यस्तो हुन्छ। हुन त कैयौं किसिमका प्रोटिन पाइने भएकाले त्यसैअनुरूप रक्तसमूह हुने भए पनि ABO System सबैभन्दा महत्वपूर्ण हो र त्यसअनुसार मानव रगतलाई A, B, AB तथा O समूहमा 
वर्गीकृत गरिन्छ। त्यसैगरी प्रजनन स्वास्थ्य सेवामा Rh (Rhesus) factor हुनु वा नहुनु महत्त्वपूर्ण हुन्छ। त्यसैले रगतको समूहलाई ABO System तथा च्ज ाबअतयच लाई विचार गरी वर्गीकृत गर्ने चलन छ। ABO System जस्तै Rh factor का आधारमा पनि वर्गीकरण गरिन्छ। रक्त प्रकारमा Rh factor छ भने त्यसलाई Rh+ve (Rh positive) र छैन भने Rh-ve (Rh negative) भनिन्छ। 

विशेष गरी यो Rh factor नमिलेको स्थितिमा सन्तान जन्माउनै नसकिने भन्ने होइन, तर प्रजनन प्रक्रियामा समस्या आउन सक्ने भएकाले यस विषयमा विशेष सजगता भने अपनाउनुपर्ने हुन्छ। त्यसैले गर्भवतीको रगत जाँच गराउँदा रक्त समूहको पनि पहिचान गरिन्छ। यस्तै ८५ प्रतिशतजति मानिस Rh positive हुन्छन्। एसियालीहरूको हकमा भने अझै धेरै अर्थात ९८ देखि ९९ प्रतिशत व्यक्ति Rh positive हुने भेटिएको छ। विशेष गरी आमा (महिला) को रक्त समूह Rh negative छ भने गर्भमा भएको शिशुको रक्त समूहसँग नमिल्ने सम्भावना हुन्छ। यस्तो स्थितिमा पनि पहिलो गर्भमा यसरी रक्त समूह नमिलेका कारण आमा तथा गर्भस्थ शिशुलाई नकारात्मक असर पर्ने सम्भावना खासै धेरै हुँदैन। शिशुको रगत आमाको रगतमा मिसिन गएको स्थितिमा भने आमाको प्रतिरक्षा प्रणालीले Rh positive रगतको विरुद्ध प्रतिजैविकीको उत्पादन गर्न थाल्छ। त्यस्तो रगत मिसिने कार्य विशेष गरी शिशु जन्मने बेलामा हुन्छ। शिशुको Rh positive रगत आमाको रगतमा एकपटक मिसिइसकेपछि अर्को पटक यदि Rh positive भएको शिशु गर्भमा रहन गए आमामा उत्पादन भएको प्रतिजैविकीले गर्भस्थ शिशुको रगतलाई नै हानि पुर्‍याउँछ। पिता Rh positive र आमा Rh negative छिन् भने गर्भको शिशु Rh positive हुने सम्भावना यस्तै ७० प्रतिशतजति हुन्छ। Rh immunoflobulin को सुई लिनु यो समस्याबाट बच्ने एउटा उपाय हो, तर पहिले गर्भ रहन गै रगत मिसिन गएको छ भने त्यो प्रभावकारी हुँदैन। हुन त कुनै महिलाको पहिले गर्भ रहिसकेको छ भने अर्को पटक गर्भवती हुँदा रगतको परीक्षण गरेर समस्या हुने गरी रगत मिसिएको छ कि छैन, थाहा पाउन सकिन्छ। यहाँ गर्भरहेको भन्नाले गर्भ तुहिएको, गर्भपतन गरेको वा पाठेघरबाहिर गर्भ रहेको सबै स्थिति बुझ्नुपर्ने हुन्छ। 

सन्तान जन्माउनु यौनजीवनको विशेष भाग हो। अस्वस्थ सन्तान रक्त समूह नमिल्नुको प्रभाव भए पनि जुनसुकै रक्तसमूहको बीचमा हुने यौन क्रियाकलापमा संलग्न हुँदा यौनआनन्द लिन-दिन सकिन्छ। 


कन्डम प्रयोग गर्दा नपोल्ने तर योनिमा वीर्य स्लखन हुँदा त्यस्तो समस्या हुन्छ भने त्यो 'वीर्यको एलर्जी' का कारण भएको हुनसक्छ। यसरी वीर्य स्खलनपछि योनि पोल्ने समस्या विरलै (एक प्रतिशत) मात्र हुन्छ। त्यसो भए पनि यस्तो समस्या भएका महिलालाई निकै असहज हुनसक्छ, शारीरिक तथा मानसिक रूपमा। कसैकसैले त यौनसम्पर्क पछि केही घण्टासम्म नै त्यस्तो असजिलो परिस्थति बेहोर्नुपर्छ। तपाईंलाई थाहै होला, 'वीर्य' महिलाको शरीरका लागि बाह्य वस्तु हो। बाह्य वस्तु शरीरमा प्रवेश गरेपछि त्यसले शरीरमा केही परिवर्तन ल्याउँछ नै। तपाईंको सन्दर्भमा पनि योनिको वातावरणलाई केही नै भए पनि परिवर्तन गर्छ। यस्तो कुराले योनिशोथलाई बढावा दिन सक्छ। 


समयावधि वा तीव्रता (severity) मा फरक हुने भए पनि वीर्यको सम्पर्कमा आएको केही बेरपछि पोल्ने, चिलाउने, सुन्निने अनि रातो हुने हुन सक्छ। हुन त वीर्यमा भएको कुनै पनि प्रोटिनले एलर्जी हुन सक्छ। वीर्यको एलर्जी भन्नाले human seminal plasma protein hypetsensitivity (SPH) बुझिन्छ। 

वीर्यको एलर्जी वीर्य योनिको सम्पर्कमा आउँदा मात्र होइन, अन्य अङ्गमा जस्तै कि मुख वा छालामा पर्दा पनि हुन सक्छ। वीर्य यसरी अन्य अङ्गमा पर्दा पनि एलर्जी हुने समस्या छ-छैन नलेख्नुभए पनि पक्कै तपाईंलाई थाहा होला। त्यस्तो हो भने तपाईको समस्या वीर्यको एलर्जीले हो भन्न सकिने बलियो आधार रहन्छ। 

समाधानका लागि वीर्यको प्रत्यक्ष सम्पर्कमा आउने स्थिति कम गर्नुपर्छ। त्यसैले आवश्यकता नपरेसम्म वीर्य स्खलन पनि सिधै योनिमा पर्ने गरी नगरे समस्या कम गर्न सजिलो हुन्छ। त्यसका लागि सबैभन्दा राम्रो उपाय कन्डमको नियमित प्रयोग गर्नु नै हो। तपाईंलाई थाहै होला, कन्डमले यौनरोगका साथै गर्भनिरोधको पनि काम गर्छ। योनिबाहिर, अनुहार, हात वा तिघ्रा जता वीर्य परेको भए पनि नरम हाते रुमाल वा सानो कपडाले त्यसलाई तुरुन्त पुछ्नु समस्या समाधानमा सहयोगी हुन्छ।

Monday 2 December 2013

यौनांगमा मुसा

http:cocktime.blogspot.com
यौनांगमा मुसा
बेलैमा उपचार नगरे क्यान्सर हुन सक्छ

 के तपाईं यौनांगमा पलाउने मुसा (जेनइटल वार्टस्) को समस्याले ग्रस्त हुनुहुन्छ ? त्यसो भए आत्तिएर घरमै बसिरहनुको साटो छाला तथा यौन रोग विशेषज्ञको सुझाव लिइहाल्नुस् । यो समस्याको समाधान पाउन सक्नुहुन्छ । विशेषज्ञहरूका अनुसार, समयमै औषधि गरिएन भने यो मुसाले पूरै यौनांगलाई ढाक्न सक्छ । पछि काट्नुपर्ने हुन सक्छ । क्यान्सर हुने सम्भावना पनि हुन्छ ।

नेपालमा यो समस्याले पीडितहरूबारे खासै कुनै वैज्ञानिक तथ्यांक र बृहत् अध्ययन उपलब्ध त छैन, तर अरू मुलुकको तथ्यांक हेर्दा हाम्रो मुलुकमा यसको विस्तारबारे सजिलै अनुमान गर्न सकिन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेनसन (सीडीसी) को तथ्यपत्र अनुसार, यौन क्रियाकलापमा सक्रिय त्यहाँका करिब एक प्रतिशत व्यक्तिलाई जीवनको कुनै न कुनै समयमा यौनांगमा मुसा पलाएर दुःख दिएको छ । मुसाबाट संक्रमित व्यक्तिसँग यौनसम्पर्क गरेको एक सातादेखि एक महिनासम्ममा स्वस्थ व्यक्तिमा यो सर्न सक्छ ।

अमेरिकास्थित नेसनल इन्स्िटच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज -एनआईएआईडी) का अनुसार, यौनांगमा पलाउने मुसा ह्युमन प्यापिलोमा भाइरस -एचपीभी) बाट संक्रमित भएको प्रमाण हो । धेरैजसो व्यक्तिको प्रजनन अंगमा एचपीभी संक्रमण भए पनि यौनांगमा मुसा नपलाउन पनि सक्छ । अमेरिकामा वर्षेनि चार सयजनालाई एचपीभी संक्रमणसम्बद्घ लिंगको क्यान्सर हुने गरेको र डेढ हजार व्यक्तिलाई एचपीभीसम्बद्घ मलद्वारको क्यान्सर हुने गरेको सीडीसीले जनाएको छ ।

‘हामीकहाँ यौनसम्पर्कले हुने संक्रमणको उपचार गराउन आउनेहरूमध्ये १७ प्रतिशतसम्ममा यौनांगमा पलाउने मुसाको समस्या देखिएको छ,’ त्रिवि शिक्षण असपताल, छाला तथा यौन रोग विभागका प्रमुख डा. दिनेशविनोद पोखरेल भन्छन्, ‘यौन रोगको समस्या लिएर आउनेमध्ये  सबैभन्दा बढी मुसाले नै पीडित छन् ।’ पहिले विभागमा गोनोरिया, सिफलिसजस्ता यौन रोगका बिरामी बढी पुग्ने गर्थे भने अचेल यौनांगमा मुसा भएकाहरू धेरै पुग्ने गरेका छन् ।

यौनांगमा मुसा पलाउनुको कारण एचपीभी हो । विश्वभरमा सबैभन्दा बढी आम रूपले हुने यौनक्रियाबाट सर्ने रोग हो यो । सीडीसीको तथ्यपत्र अनुसार, एचपीभी करिब ४० प्रकारका छन्, जसले गर्दा यौनांगमा पलाउने मुसा हुने गर्छ । यसले मुख र घाँटीलाई समेत प्रभावित गर्छ । एचपीभीले नै पाठेघरको मुखमा क्यान्सर उत्पन्न गर्छ ।

‘जननांग अर्थात् लिंग र योनि तथा मलद्वारमा एचपीभी संक्रमण हुन सक्छ,’ वीर अस्पतालका छाला तथा यौन रोग विभाग प्रमुख डा. भाष्करमोहन कायस्थ भन्छन्, ‘मुखमैथुन गर्दा ओठ, जिब्रो र मुखभित्र पनि मुसा पलाउन सक्छ ।’

असुरक्षित यौनसम्पर्क, मुखमैथुन वा गुदामैथुनका कारण एचपीभी सरेर मुसा पलाउन सक्छ । यति मात्र नभई, एचपीभीले ग्रस्त कुनै व्यक्तिको ‘यौन खेलौना’ उपयोग गर्दासमेत यो रोग सर्न सक्छ । ‘समयमै उपचार नगरे बिस्तारै यो फैलिँदै जान्छ,

ठूलो हुन्छ र नयाँ ठाउँमा देखिन थाल्छ,’ डा. पोखरेल भन्छन्, ‘महिलाहरूमा पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारण यही एचपीभीको संक्रमण हो ।’

उनको अनुसार, शरीरका अन्य भागमा देखिने मुसा त्यति हानिकारक नभए पनि यौनांगमा पलाउने मुसा धेरै हानिकारक मानिन्छ । यो मुसा दुई यौन साथीमध्ये एकजनामा भए अर्काले समेत चिकित्सकको सल्लाह लिनुपर्छ । अमेरिकन एकेडेमी अफ डर्मेटोलोजी

-एएडी) का अनुसार, धूमपान गर्नेलाई यौनांगमा पलाउने मुसाको संक्रमण हुने सम्भावना धूमपान नगर्नेको दाँजोमा बढी हुन्छ ।

यौनांगमा पलाउने मुसाको लक्षण


यो मुसा प्रजनन अंगमा एक्लै वा काउलीको आकारमा समूहमा देखिन सक्छ । यो सामान्यतः संक्रमित व्यक्तिको छालाकै रंगको हुन्छ । यो मुसा चिलाउन सक्छ । कुनै पीडा नहुन पनि सक्छ । महिलामा यस्तो मुसा योनिको माथिल्लो खण्ड, योनिभित्र, गर्भाशयको मुखमा वा मलद्वारमा हुन सक्छ । पुरुषमा यो मुसा लिंग, अण्डकोषको थैलो, तीघ्रा, मलद्वारको छेउछाउमा हुन सक्छ । दुख्ने, पोल्ने नभएकोले यो मुसा कहाँ छ भनी ठम्याउन महिलाचाहिँ गार्‍हो हुन सक्छ ।

संक्रमणबाट जोगिने उपाय

यौनसम्पर्कका बेला सधैं कन्डम लगाउने गर्नुपर्छ । ‘तर यसले पूर्ण सुरक्षा प्रदान गर्दैन,’ डा. कायस्थ भन्छन्, ‘कन्डमले यस्तो मुसा हुने वा फैलाउने जोखिम त कम गर्छ, तर यो मुसा त्यो ठाउँहरूमा समेत हुन सक्छ जो कन्डमले ढाकिएको हुँदैन ।’ यसैले सकेसम्म कम साथीसँग यौनसम्बन्ध राख्नुपर्छ । जति बढी यौनसाथी, त्यति नै बढी यो संक्रमण हुने खतरा हुन्छ ।

मुसा हटाउने तरिका

यौनांगमा मुसा धेरै ठूलो छ भने, यौनांगलाई पूरै ढाकेको छ भने शल्यक्रिया गरेर हटाउने सकिने डा. कायस्थ बताउँछन् । तर धेरैजसो केसमा विभिन्न रसायन लगाएर मुसा नष्ट गर्ने गरिन्छ । यौनांगको मुसालाई ‘क्रायो थेरापी’ गरेर अर्थात् तरल नाइट्रोजनको उपयोगले चिस्याएर हटाउनेसमेत गरिन्छ । इलेक्ट्रोकाटरी मेसिनबाट अर्थात् तापद्वारा मुसालाइ डढाउने समेत गरिन्छ । हाल यो मुसालाई लेजरको माध्यमले पनि हटाउने गरिन्छ ।

Monday 11 November 2013

What would Pink Viagra Do For You?

Have you ever said to your gynecologist,  “Don’t you have a pill to make me feel horny again?” Women are like Porsches with broken starters.  We have amazing sexual capacity, enjoy sex once we get started, have high octane orgasms, but sexual urgency is often missing once we’re married or in long-term relationship. Remember how exquisite longing felt?  You might agree to have sex but you’d kill to have desire.  Help is on its way; pharma’s quest for PINK Viagra is closing in.
Per the recent NY Times article by Daniel Bergner, drug researcher and developer Adriaan Tuiten is trying to develop two similar but slightly different combination medications to fix women’s starters. Both drugs, Librido and Libridos have a coating of testosterone to melt under her tongue before swallowing the rest of the pill. The core of Librido is a compound similar to Viagra and will help make her genitals swell. Libridos’ center has an anti-anxiety drug meant to reduce her inhibition. There’s some good understanding of female desire behind these compounds:

1) Women lack urgency due to lower testosterone. As a sex therapist, I see couples in good relationships where she is exhausted from caring for children and/or a demanding career but where nothing makes her husband too tired for sex. Imagining that their bodies are similar because of the matched sexual desire that started their relationship, there is enormous frustration between them. He thinks she is withholding and she begins to believe he is demanding. In reality, he has an unfair advantage when it comes to urgency.

A male body has a range 1000-300 nanograms/deciliter of testosterone whereas a woman has only 70/2 ng/dl. At levels of 300 ng/dl, men come to therapy complaining of low libido perhaps only wanting sex only one time a week, no morning erections, poor erections during sex, and Viagra not working well. While women may metabolize and make use of our testosterone more efficiently, there is a huge gender gap in our inherit bounty of this sex drug. We are nearly different species.

Testosterone does often help women’s sexual hunger but I have some questions. Will a sublingual dose immediately increase her desire timed to a romantic evening?  Will the dose be small enough to avoid any side effects from increasing her hormone levels?

2) Arousal takes longer for women. Desire often kicks in for a woman when she’s already having sex.  About halfway up the mountain of arousal when her genital engorge and her lubrication becomes evident, she starts to crave sex. But getting to the halfway point takes about 20 minutes for most women from a dead start.

Technically Viagra works on the mechanics of erections by increasing vasodilation in the genitals helping couple relations because erectile dysfunction is the most commonly disrupted area of male sexual functioning. It make some biological sense that if a woman is physiologically boosted up the mountain to the point that she starts to want it, then this pill fixes her ignition.

Unfortunately, research by Meredith Chivers has shown that women’s genitals and minds are not as hard-wired together as are men’s. For instance, when shown images that cause a sexual response of vasocongestion in her genitals, women did not always feel subjective arousal. She didn't feel sexual even though her body was turned on. Contrast this with a man.  I’m told that if his penis starts to get an erection - by drug, by erotic stimuli, or by the wind -  he starts to feel sexy.

I’m hopeful, but a skeptic waiting to see the results of Librido.

3) Libridos (the second drug) also lowers inhibition. Body self-consciousness is a primary reason women avoid sex. They can’t get their mind off their imperfections long enough to melt into the moment. Second, to this is a woman’s feeling of always being behind on her list of things to do. She can’t let go for pleasure’s sake because she feels the ever-present tyranny of her career, household tasks and children’s needs. Partly, her inhibition is about become slothful.

Obviously drugs can't fix our relationships, connect us to a partner, fairly divide family responsibilty, or develop better seduction - things research has also proven that women need for a good sexual relationship.  But if those aspects are working, then currently, planning sex, fantasies and imagination are important ways to repair the female starter. I think, however, if the drug works, better buy stock in the company; women are going to want it.

Sunday 29 September 2013

योनी नभएकी किशोरीको कहानी, १७ बर्षमा बल्ल पत्तो पाइन

जेकी बेक त्यसबेला छाँगाबाट खसेजस्तै भइन्, जव उनले थाहा पाइन की उनको शरिरमा योनी नै छैन् । यो उमेरसम्म आफु र अरु महिलामा कुनै अन्तर नदेखेकी जेकीले सोचेकी पनि थिइनन उनी यस्तो दुर्लभ बिमारबाट गुज्रिएकी छिन भनेर ।
१७ वर्षको उमेरमा जब उनलाई ढाड दुख्न थाल्यो र महिनाबारी सुरु भएन तब उनी डाक्टरकहाँ गइन । परिक्षणपछि डाक्टरले उनलाई ‘एमआरकेएच’ नामक दुर्लभ रोग लागेको बताए । यो विमारीबाट पीडित महिलाहरुको शरीरमा गर्भाशय, र योनीद्वार नै हुँदैन ।

यो रोग लागेका महिलालाई बाहिरबाट हेर्दा चिन्न सकिदैन जवसम्म उनीहरु महिनावारी हुने अबस्थामा पुग्दैनन वा यौन सम्पर्कको प्रयास गर्दैनन् । उनको शरिरमा योनीको स्थानमा एक छिद्र छ जो बाहिरबाट हेर्दा ठ्याक्कै योनीजस्तो देखिन्छ । अब जेकीले जीवनमा न कहिल्यै पनि यौनसम्पर्क गर्न सक्ने छैनन, न बच्चा जन्माउन नै ।

जेकीले भन्छिन-’मैले कहिल्यै पनि आफूलाई अरु महिलाभन्दा फरक ठानिँन । यो खबर मेरो लागि चकित बनाउने खालको थियो । मलाई विश्वास नै लागेको छैन कि मेरो शरीरमा योनी नै छैन ।’ जेकी अहिले आफ्नो प्रेमीको खोजीमा छिन् ।
उनी भन्छिन्-’म आफ्ना लागि प्रेमी खोजिरहेकी छु । यदि कसैलाई यो समस्या हुन्छ भने उ मेरो लागि लायक हुन्न । म जो पुरुषलाई भेट्टाउँछु, उसलाई आफ्नो अवस्थाबारे भन्नेछु किनकी म चाहन्न कि उसलाई पछि पछुतो होस् ।’ बेलायतमा ५ हजारमा एक महिला एम आर के एचबाट पीडित रहेको बताइएको छ ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID