Sunday 9 February 2014

तालु खुइलिनु पनि खतराको लक्षण

http://meroknowledge.blogspot.com/2014/02/top-ten-plus-2-colleges-201011-rankings.html
  नेपाल र भारतमा तालु खुइलिनुलाई बिद्धानको उपमा दिइन्छ । उमेर छिप्पिएको लक्षणको रुपमा पनि लिने गरिन्छ । यसले यत्ति मात्र होइन यो हृदयरोगको खतराको चिन्ह सक्ने एक अध्यायनले बताएको छ ।
जापानमा गरिएको एक अध्ययनले तालु खुइलिएका मानिसहरुमा मुटु सम्बन्धि रोगको खतरा बढि हुने तथ्य पत्ता लगाएको छ । ३७ हजार जापानीमा गरिएको अध्ययनले तालु खुइलेहरुमा मुटुरोगको खतरा, तालु नखुइलिएकामा भन्दा ३२ प्रतिशत बढि भएको पाइएको छ । युनिभर्सिटी अफ टोकियोका अध्ययनकर्ताहरुका अनुसार तालु खुइलिन थाल्नु मुटुरोगको खतरा भएको बताएका छन् । तालु खुइलेहरुले स्वस्थ जिवनयापनमा अझ बढि ध्यान दिनुपर्छ शोधर्ताले भनेका छन् ।
शोधकर्ताहरुका अनुसार धूमपान तथा मोटोपन मुटुरोगका लागि तालु खुइलिनु भन्दा निकै बढि खतरनाक भएकोले बताएका छन् । तालु खुइलिएकोमा बढि चिन्ता गर्नुभन्दा धूमपान, मध्यपान तथा मोटोपन नियन्त्रणतर्फ लाग्नु श्रेयष्कर हुने उनीहरुको राय छ ।
तालु खुइलिनु र मुटुरोगको खतरा बढ्नुबीचको खास सम्बन्ध अझै पत्ता लाग्न नसकेपनि वैज्ञानिकहरुका अनुसार पुरुष हर्मोनको अति संवेदनशीलता तथा इन्सुलिन प्रतिरोधी तथा रक्तनलीको खराबी जस्ता कारणहरुले मुटु र कपाललाई एकैपटक असर गर्ने गरेको उनीहरुको भनाई छ ।
एजेन्सीको सहयोगमा

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID