Sunday 9 February 2014

हाई काट्नु राम्रो लक्षण

http://meroknowledge.blogspot.com/2014/02/most-expensive-keywords-infographic.html
एजेन्सी – कसैले हाई काढेको देखे हामी उसलाई अल्छीको संज्ञा दिन्छौं । हाईलाई हामीले बोर हुनु वा आलस्यसँग जोड्ने गरेका छौं । तर त्यस्तो सोच्नु गलत रहेको कुरो एउटा अनुसन्धानले देखाएको छ । अर्थात्, हाई काढ्नु स्वास्थ्यका लागि राम्रो बानी हो रे । वैज्ञानिकहरूका अनुसार हाईलाई रोक्नु हुन्न । हाई काढ्नाले मस्तिष्कमा शीतलता पुग्छ ।

प्रिन्सटन विश्वविद्यालयका वैज्ञानिकहरूले अनुसन्धानमा के पाए भने मज्जाले लिइएको हाईले मस्तिष्कको तापक्रम नियन्त्रण गर्छ । यसले दिमागी भारलाई कम गर्छ । जाडो याममा केही सहरमा प्रा। एन्ड्रयु गेलप र उनको टोलीले पैदल हिँड्ने करिब ८० व्यक्तिको तस्वीर लिए जो हाई काढिरहेका थिए । यही प्रक्रिया उनीहरूले गर्मीयाममा समेत अपनाए ।

अनुसन्धाताहरूले के पाए भने जाडो याममा जति व्यक्तिले गर्मीमा त्यो संख्या एक चौथाइमा झर्ने गर्छ । यसैबाट वैज्ञानिकहरू हाई काढ्दा मस्तिष्कले शीतलता पाउने निष्कर्षमा पुगेका हुन् । 

यसको अर्थ हुन्छ( गर्मी याममा बढी हाई काढ्नुपर्छ, मस्तिष्कलाई ठन्डा राख्न । तर सैद्घान्तिक रूपमा हाई काढ्दा बाहिरको चिसो शरीरभित्र जान्छ र मस्तिष्कसम्म पुग्छ, यसैले चिसोयाममा बढी हाई आउँछ ।

गेलपका अनुसार चिसो र गर्मी याममा अनुसन्धानका बेला ४० प्रतिशत व्यक्तिहरूले पहिलो पाँच मिनेटमा हाई काढेका थिए तर गर्मीमा तिनको संख्या १० प्रतिशतमा झर्‍यो ।
हाई काढ्छन्, गर्मीमा त्यो संख्या एक चौथाइमा झर्ने गर्छ । यसैबाट वैज्ञानिकहरू हाई काढ्दा मस्तिष्कले शीतलता पाउने निष्कर्षमा पुगेका हुन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID