Wednesday 15 January 2014

अगुवा टंक ढकाल नै भगुवा भए : अधिवक्ता न्यौपाने

१ माघ, काठमाडौं । नयाँ पार्टी गठनका लागि निवेदन बोकेर निर्वाचन आयोगमा पुगेका टंक ढकाल सजिलै कमल थापा नेतृत्वकै राप्रपा नेपालमा फर्किइसकेका छन् । तर, अधिवक्ता बालकृष्ण न्यौपाने, श्याम तिमल्सिनासहितका ५ जना नेताहरु निस्कासित भएका छन् । असफल विद्रोहमा सहभागी ६ जनालाई म्याद दिइएको छ ।
अधिवक्ता न्यौपाने यसलाई अगुवा नै भगुवा भएको बताउँछन् । ‘दबाव र प्रलोभनले काम गर्‍योजस्तो देखिन्छ’ उनले भने-’ढकालले अहिलेसम्म हामीलाई केही भनेका छैनन् । न म पुरानै पार्टीमा फर्किएँ, तिमीहरु के गर्छौ भनेर सोधे, न यस कारण म गएँ भनेर नै सुनाए ।’
कमल थापाले समानुपातिक सभासद सिफारिस गरेको भन्दै असन्तुष्ट बनेकाहरुले गरेको छुट्टै भेलाको अध्यक्षता ढकाल स्वयंले गरेका थिए । उनी नेपाली राप्रपा नामक नयाँ दल दर्ताका लागि निवेदन लिएर निर्वाचन आयोगमा मात्र पुगेनन्, नयाँ दलले राप्रपा नेपालले पाएको २४ सिटमा आधा भाग खोज्दै सभासदको छुट्टै सूचीसमेत बुझाएको थियो, जसमा ढकालको नाम अग्रपंक्तिमा थियो ।
एक नेताका अनुसार कमल थापाले समानुपातिक सभासद नबनाएपछि नयाँ पार्टी गठन गर्दै आफूलाई सभासद सिफारिस गर्दै आयोग पुगेका ढकाल निर्वाचन आयोगले मान्यता नदिएपछि हच्किएको हुन सक्छन् । पार्टीमा फर्किएपछि ढकाल कमल थापासँग नजिकिएका छन् । ‘पहिला त कमल थापा र टंक ढकालको सम्वन्ध त्यति राम्रो थिएन, फर्किएपछि नजिकिएका छन्’ एक नेताले भने ।
अहिलेकै अवस्थामा राप्रपा नेपालमा नजाने अडानमा रहेका अधिवक्ता न्यौपाने भने संविधानसभा अदालतबाट न्याय पाउने आशमा छन् । ‘हामीले उठाएका प्रश्नमा अदालतले माघ पाँच गतेभित्र लिखित जवाफ मागेको छ’ अधिवक्ता न्यौपानेले अनलाइनखबरसँग भने-’हाम्रो मुद्दाले बहुदलीय व्यवस्था पार्टी सञ्चालनबारे बोल्छ भन्ने अपेक्षा गरेका छौं । अदालतले कि त पार्टी अध्यक्षले जे गर्‍यो त्यही ठीक भन्नुपर्छ, होइन भने लोकतान्त्रिक विधि र प्रक्रियाबाट हुनुपर्छ ।’

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID