Wednesday 15 January 2014

नयाँ सरकार बनेपछि नेपाल आउन भारतीय प्रधानमन्त्रीको इच्छा

भारत भ्रमणमा रहेका गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले बुधबार प्रधानमन्त्री सिंहलाई भेटी नेपाल भ्रमणको निम्तो दिएका छन् । जवाफमा सिंहले नयाँ सरकार बनेपछि नेपालको भ्रमण गर्न इच्छुक रहेको भन्दै समयतालिका मिलाउन प्रयत्न गर्ने बताएका छन् ।
रेडकोर्स रोडस्थित आफ्नै निवासमा भएको भेटमा भारतीय प्रधानमन्त्री सिंहले संविधानसभा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन् । साथै नेपाली जनताको चाहना अनुसार देश विकास र निर्माणमा आवश्यक रहयोग गर्ने बताएका छन् ।
भेटमा परराष्ट्रमन्त्री घिमिरेले निर्वाचन सम्पन्न भएपछि आगामी साता संविधानसभा बैठक बस्ने तयारीबारे जानकारी गराएका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID