Wednesday 15 January 2014

हात्ती बन्यो कलाकार, सूँडले बनायो लोभलाग्दा पेन्टिङ

जंगली जनावर हात्तीले सुन्दर पेन्टिङ बनायो भन्दा सायद तपाइलाई पत्याउन कठिन होला । तर, राम्रो तालिम दिन सकियो भने हात्तीले कति सिर्जनशील काम गर्न सक्छ भन्ने उदाहरणका लागि बैंककको एक हात्तीको काम हेरे पुग्छ ।
यहाँ एक हात्तीले आफ्नै तस्वीर बनाएको छ, त्यो पनि कलाकारले जस्तै ब्रस र रङको प्रयोग गरेर । नोप्पाखाओ नाम गरेको यो हात्तीलाई पिटर नामले चिनिन्छ । यो हात्तीले अहिलेसम्म दर्जनौं आर्ट तयार पारिसकेको छ, जुन ७० डलरसम्ममा विक्री भइरहेका छन् ।
आज हामीले तपाईहरुलाई देखाउन लागेको तस्वीरमा भने पिटरले साथीको तस्वीर बनाइरहेको छ । जुन, बैंककबाट ५० किलोमिटर अयुत्तथाया प्रान्तमा छ । पिटरले बनाएको पेन्टिङ्ग बेचेर आउने पैसा हात्ती संरक्षणमा खर्च गरिनेछ ।
पछिल्लो ८ वर्षदेखि पिटर नाम गरेको यो हात्तीले एशियन एलिफेन्ट आर्ट एन्ड कन्जरभेशन प्रोजक्टअन्तरगत पेन्टिङ्ग गरिरहेको छ ।


No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID