Tuesday 28 January 2014

स्मार्ट ब्रा, जुन सच्चा प्रेमीका अगाडीमात्र खुल्छ

जापानको एक कम्पनीले हाईटेक ब्रा बनाएको छ, जुन सच्चा प्रेम गर्ने पुरुषको अगाडि मात्र खुल्छ ।
झट्ट हेर्दा सामान्य जस्तै देखिने यो ब्राले पुरुषको भ्रम तोड्दै उक्त ब्रा लगाउने महिलाले प्रेम गर्छिन कि गर्दिनन् भन्ने जानकारी दिनेछ । यो ब्रा बुद्धिमान र चलाख छ कि, महिलाको अगाडि रहेको पुरुषले बास्तवमै प्रेम गर्छ भने मात्र खुल्छ ।
ब्रा उत्पादन गर्ने कम्पनी ‘रभिजोर’ले बनाएको यो ब्राले मदिरा पिएर मात्तिनेहरुलाई झन अप्ठ्यारोमा पार्छ । साथै नाइटक्लबमा मात्तिएका केटाहरुको समूहबाट हुने आक्रमणबाट समेत सुरक्षा दिन्छ ।
डमीका रुपमा तयार पारिएको यो ब्रा अहिले नै बजारमा किन्न भने पाइँदैन । बजारमा ल्याउने बेला यसको मूल्य करिव ५ हजार येनसम्म पर्ने अनुमान गरिएको छ ।
कसरी गर्छ काम ?
यो चमत्कारिक ब्राले महिलाको मुटको धड्कनअनुसार निर्णय लिन्छ । यदि महिलाको मुटुको धड्कन बढ्दै गयो भने यसमा राखिएको सेन्सरको बत्ति बल्छ ।
यसले स्मार्टफोन एपसम्म सन्देश पुर्‍याउँछ र ब्रा खुल्छ । यदि महिलाले पुरुषलाई प्रेम गर्दिनन् भने ब्रा खुल्दैन, जसले गलत नियत भएका पुरुषबाट महिलालाई बचाउने उत्पादक कम्पनीले बिश्वास लिएको छ ।
कम्पनीले सार्वजनिक गरेको प्रोमोसनल भिडियोमा त्यहाँ कार्यरत यौन बिज्ञले भनेका छन-’अहिलेसम्म फगत लगाउने अन्तरबश्त्र मात्र थियो, अब यो महिलाको रक्षक पनि बन्ने छ ।’
‘मलाई बिश्वास छ, यो ब्रा बिश्वभरका महिलाका लागि बिश्वासिलो साथी बन्ने छ ।’ उनले भने । यो प्रोमोसनल भिडियोपछि मानिसहरुले यसबारे प्रश्न उठाउन थालेका छन् । आजकलको भौतिक दुनियाँमा प्रेममा परेपछि मात्र ब्रा खोलिन्छ भन्ने छैन् ।
यदि कुनै महिलाले कुनै पुरुषसँग प्रेम गर्न आबश्यक ठानिनन् तर, सम्बन्ध राख्न चाहिन भने कसरी ब्रा खुल्छ भन्ने प्रश्न पनि उठाउन थालिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID