Tuesday 28 January 2014

हाँस्दा–हाँस्दै रुवाउछ ‘मोक्ष’ले

काठमाडौं, माघ १३ । सांगीतिक व्याण्ड स्थापना गरेर सफल गायक बन्ने सपना बोकेको एउटा सवल युवा कसरी दुःखदायी जिन्दगी जिउन विवश बन्यो । अनि उफ्रि–उफ्रि स्टेज तताउने त्यही युवा कसरी व्हील चियरमा जिन्दगी विताउन थाल्यो । उसको व्हील चियर अघि र पछिको जिन्दगीको यथार्थता एउटा चलचित्रले प्रष्ट पारेको छ ।
‘स्टार गायक’ बन्ने अभिलाशा कसरी ब्हील चियरमा खुम्चियो सबै कथाबस्तु ‘मोक्ष’ चलचित्रमा खुलस्त छ । यो चलचित्र हेरिसकेपछि धेरैका आँखा रसाएका छन् । चलचित्र हेर्दा देर्दै हाँस्दै गरेका दर्शक क्षणभरमै आँखाभरी आँशु बगाउन विवश छन् ।
‘मोक्ष’ नामक प्रोडक्सन कम्पनी चलाएका प्रवीण श्रेष्ठले निर्देशन गरेको चलचित्रमा प्रवीणको आफनै जीवन कथा समेटिएको छ । हालै राजधानीको जय नेपाल हलमा च्यारिटी सो गरिएको चलचित्र ‘मोक्ष’ देशव्यापी रुपमा च्यारिटी गरिने श्रेष्ठले बताए । ‘यतिबेला नेपाली चलचित्र बजारमा ‘मोक्ष’ चर्चा र प्रशंसा व्यापक भएकाले पनि सबै दर्शकमाझ पुर्‍याउने कोशिसमा छौ,’ निर्देशक श्रेष्ठले भने ।
रक व्याण्ड खोलेर ‘स्टार गायक’ बन्ने सपना बोकेर संघर्ष गरिरहेका प्रविणलाई सन् २००३ को एक साँझ अज्ञात समुहको आक्रमण गरी सिकिस्त घाइते बनाएको थियो । घाइते प्रविण कालान्तरमा ‘स्माइनल कर्ड इन्जुरी’ (मेरुदण्डको पक्षघात) भएर ब्हील चियरको जिन्दगी जिउन विवश थिए । तिनै प्रविणको जीवनमा आधारित ‘मोक्ष’ले पहिलो च्यारिटीबाटै सबैको वाइवाइ पाएको छ । चलचित्रले मनोरञ्जन भन्दा पनि सन्देश दिन खोजेको छ ।
एउटा सामान्य युवाको जीवनको सत्यघट्ना पनि चलचित्रको कथा बन्न सक्दोरहेछ भन्ने सकरात्मक सन्देश दिन खोजेको प्रविणले बताए । सुनील मानन्धरले निर्माण गरेको मोक्षमा गायक कोशीस क्षेत्रीले प्रवीणको भूमिका निर्वाह गरेका छन् ।
चलचित्रमा  शेखर चापागाई, रश्मी भट्ट, मनीष गोदार, बसन्त भट्ट, दीपेश भण्डारी, विक्रम सिहं, दुर्गा बराइली लगायतको अभिनय रहेको छ । चलचित्र देशभर च्यारिटी मार्फत नै लैजाने र उठेको रकमको ६० प्रतिशत ‘सक्षम नेपाल’ नामक संस्थालाई प्रदान गर्ने योजना रहेको निर्माता मानन्धरले जानकारी दिए

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID