Tuesday 28 January 2014

१२ हजार फिटबाट हाम फाल्दा पनि गएन ज्यान

१२ हजार फिट माथिबाट हाम फाल्दा कोही बाँच्यो भनेर पत्याउन कठिन पर्छ । तर, बेलायतका ३१ वर्षीय स्काइड्राइभर बेन कोर्निक भाग्यले बाँचेका छन् । प्यारासुट समयमै नखुलेपछि उनी पार्किङको एक भ्यानमाथि बजारिएका थिए ।
उनी भाग्यले बाँचे तर, गोडाको हड्डी नराम्रोसँग भाँचिएको छ र उनको अवस्था गम्भीर छ । डाक्टरहरुले उनलाई तत्काल अकल्याण्ड लैजान भने । तर, उनले न त बीमा गरेका थिए न खल्तीमा पैसा नै थियो । डाक्टरले उपचारका लागि कम्तिमा ३७ हजार ५ सय डलर चाहिने बताएका थिए ।
कोर्निका साथीहरुले फेसबुकमा पेज बनाएर सहयोग जुटाउन थाले । यसपछि उनको जीवनमा अर्को चमत्कार भयो । अनुमान गरेभन्दा धेरै सहयोग जुट्यो । उनको उपचारका लागि ५६ हजार डलर जम्मा भयो । कोर्निककी आमाले भेनकी छिन्-मेरो छोरा ठिक छ । म कति खुसी छु कि बयान गर्न सक्दिन ।’

अहिले उनको सर्जरी भइरहेको छ । केही सर्जरी असफल भए पनि चिकित्सकहरुले आश मारेका छैनन् । स्काइड्राइभर बेन कोर्निकले फेसबुकमार्फत सहयोग गर्नेहरुलाई धन्यवाद दिएका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID