Showing posts with label sex technology. Show all posts
Showing posts with label sex technology. Show all posts

Tuesday 28 January 2014

स्मार्ट ब्रा, जुन सच्चा प्रेमीका अगाडीमात्र खुल्छ

जापानको एक कम्पनीले हाईटेक ब्रा बनाएको छ, जुन सच्चा प्रेम गर्ने पुरुषको अगाडि मात्र खुल्छ ।
झट्ट हेर्दा सामान्य जस्तै देखिने यो ब्राले पुरुषको भ्रम तोड्दै उक्त ब्रा लगाउने महिलाले प्रेम गर्छिन कि गर्दिनन् भन्ने जानकारी दिनेछ । यो ब्रा बुद्धिमान र चलाख छ कि, महिलाको अगाडि रहेको पुरुषले बास्तवमै प्रेम गर्छ भने मात्र खुल्छ ।
ब्रा उत्पादन गर्ने कम्पनी ‘रभिजोर’ले बनाएको यो ब्राले मदिरा पिएर मात्तिनेहरुलाई झन अप्ठ्यारोमा पार्छ । साथै नाइटक्लबमा मात्तिएका केटाहरुको समूहबाट हुने आक्रमणबाट समेत सुरक्षा दिन्छ ।
डमीका रुपमा तयार पारिएको यो ब्रा अहिले नै बजारमा किन्न भने पाइँदैन । बजारमा ल्याउने बेला यसको मूल्य करिव ५ हजार येनसम्म पर्ने अनुमान गरिएको छ ।
कसरी गर्छ काम ?
यो चमत्कारिक ब्राले महिलाको मुटको धड्कनअनुसार निर्णय लिन्छ । यदि महिलाको मुटुको धड्कन बढ्दै गयो भने यसमा राखिएको सेन्सरको बत्ति बल्छ ।
यसले स्मार्टफोन एपसम्म सन्देश पुर्‍याउँछ र ब्रा खुल्छ । यदि महिलाले पुरुषलाई प्रेम गर्दिनन् भने ब्रा खुल्दैन, जसले गलत नियत भएका पुरुषबाट महिलालाई बचाउने उत्पादक कम्पनीले बिश्वास लिएको छ ।
कम्पनीले सार्वजनिक गरेको प्रोमोसनल भिडियोमा त्यहाँ कार्यरत यौन बिज्ञले भनेका छन-’अहिलेसम्म फगत लगाउने अन्तरबश्त्र मात्र थियो, अब यो महिलाको रक्षक पनि बन्ने छ ।’
‘मलाई बिश्वास छ, यो ब्रा बिश्वभरका महिलाका लागि बिश्वासिलो साथी बन्ने छ ।’ उनले भने । यो प्रोमोसनल भिडियोपछि मानिसहरुले यसबारे प्रश्न उठाउन थालेका छन् । आजकलको भौतिक दुनियाँमा प्रेममा परेपछि मात्र ब्रा खोलिन्छ भन्ने छैन् ।
यदि कुनै महिलाले कुनै पुरुषसँग प्रेम गर्न आबश्यक ठानिनन् तर, सम्बन्ध राख्न चाहिन भने कसरी ब्रा खुल्छ भन्ने प्रश्न पनि उठाउन थालिएको छ ।

Sunday 3 November 2013

रोबोटले मेट्नेछ यौन तिर्खा

वैज्ञानिकहरूले यस्तो रोबोटको परिकल्पना छन् जसले महिला होस् वा पुरुष दुवैलाई यौन सुख प्रदान गर्नेछ।
न्युजिल्यान्डका वैज्ञानिकहरूका अनुसार यो रोबोटले यौनको क्षेत्रमा व|mान्तिकारी फड्को मार्नेछ र यसले सन् २०५० सम्ममा विश्वको यौन पर्यटन व्यवसायलाई समेत ठूलो लाभ पुर्‍याउनेछ। सेक्स रोबोट नामक उक्त यन्त्रमानव मानिसको यौनको भोक सजिलैसँग मेटाउन सक्षम हुने बताइएको छ, तर रोबोटसँग यौनप्यास मेटाउन चाहनेहरूको गोजी भने गरम नै हुनुपर्नेछ। भिक्टोरिया विश्वविद्यालयका अनुसन्धानकर्ता इयान यिओमेन तथा यौनविज्ञ मिसेल मार्सले रोबोटसँगको यौनसम्बन्ध सुरक्षित पनि हुने दाबी गरेका छन्।

शोधकर्ताहरूका अनुसार नेदरल्यान्डको एम्सटर्डममा यस्तो रोबोट सेक्स क्लब सञ्चालन हुनेछ। युब यम नामको उक्त क्लबमा ग्राहकहरूले रोबोटबाट मसाज गराउनुका साथै सम्भोग तथा ल्याप डान्ससमेत गर्न सक्नेछन्, तर त्यसका लागि एक पटकको १२ लाख रुपैयाँभन्दा बढी रकम तिर्नुपर्नेछ जुन हाम्रो सन्दर्भमा निकै ठूलो रकम हो।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID