Tuesday 31 December 2013

डिभोर्स गर्न लागेकी पत्नीको आँखै निकालिदिए चिनियाँले

मन नमिलेपछि पती–पत्नी अएअर्काबाट अलग हुन चाहनुलाई अन्यथा मान्न सकिँदैन । मन अन्तै गएपछि भौतिक रुपमा सँगै बस्नुको अर्थ पनि हुँदैन । तर, चीनमा भने अर्को युवकसँग आफ्नो रिलेशनसीप रहेको भन्दै डिभोर्स माग्दा एक युवकले पत्नीको आँखा निकालिदिएका छन् ।
आफ्नो पहिलो विवाह असफल भएपछि यूलिन शहरकी ली नामकी ३९ वर्षीय महिलाले गत नोभेम्बरमा लङ नाम गरेका युवकसँग इन्टरनेटमा चिनजान भएको थियो । पहिलो तीन महिना उनीहरुको प्रेम सम्वन्ध निकै राम्रो थियो । हुनान प्रान्तका लङले लीले जे भनेपनि पूरा गर्दै आएका थिए ।

तर, लङले आफ्नो परिवारले सुरु गर्न लागेको सुगुरको व्यवसायका लागि १ लाख ५० हजार युआन अर्थात करिव १५ हजार डलरमध्ये आधा रकम सहयोग गर्न पत्नीलाई आग्रह गरे । यो प्रस्ताव लीले अस्वीकार गरेपछि प्रेम जोडीमा विवाद सुरु भएको थियो । आक्रोसित बनेका लङले लीको कपडा च्यात्नुका साथै कुटपिट गरे ।

लीले लङबाट अलग हुने प्रयास गरिन् । तर, लङले लीको परिचय पत्र लुकाउनुका साथै परिवारलाई धम्क्याए । त्यसको केही समयपछि लङले लीलाई जवजस्र्ती विवाह मात्र गरेनन, विवाह प्रमाण पत्र पनि लुकाए ।

एक दिन सार्वजनिक स्थानमै लीलाई आक्रमण गरेपछि लङलाई प्रहरीले पक्राउ ग¥यो । लङको अनुपस्थितिमा ली सेप्टेम्बरको अन्त्यतिर यूलिन फर्किइन, जहाँ उनको मन अर्कै युवकतिर जान थालेको थियो ।

डिसेम्बर १३ मा लङ प्रहरी हिरासतबाट छुटेपछि लीको जीवनले अर्कै मोड लियो । उनले लीको प्रेमीलाई कुटपिट गरे । ली रोक्न गइन् । तर, रिसले आगो भएका लङले आफ्नै हातले लीको देब्रे आँखा नै निकालिदिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID