Tuesday 31 December 2013

हिमाली टाकुरामा डरलाग्दो डोरीको यात्रा, तर यो सर्कस हैन

जमिनबाट ३ सय ८० फिटमाथि डोरीमा टेहेर हिड्ने ? हामी कल्पना समेत गर्न डराउँछौं । तर, फ्रान्सका जूलियन मिलोटले सोच्दै डरलाग्दो काम सजिलै गरिदिएका छन् ।

मोन्ट ब्लंक पर्वत हुँदै चल्ने केबल कारको दुई इन्च मोटो लठ्ठामा हिडेर उनीले सबैलाई चकित पारेका छन् । डोरीमै उनले झण्डै २ सय फिटको यात्रा गरे । पाराडस्की स्की क्षेत्रको वर्षगाँठको अबसरमा उनले यो साहसिक यात्रा गरेका हुन् ।

पेशाले इन्जिनियर उनलाई पहाड निकै मन पर्छ र उनी कुशल पर्वतारोही समेत हुन् । यति मात्र होइन, उनी बेस जम्पिङदेखि प्याराग्लाइडिङसम्म गर्न पछि पर्दैनन् । जूलियनसँगै उनका साथी ट्याक्रिड मेलेटले पनि साहसिक यात्रा गरेका छन् । जसलाई एक डकुमेन्ट्रीमा समावेश गरिएको छ । जसको नामको हो ‘आई बिलिभ, आई क्यान फ्लाइ ।’



No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID