Tuesday 31 December 2013

पैसा लिएर सभासद बनाएको भन्दै तमलोपा कार्यालयमा आगजनी

पैसाको लिएर व्यापारीलाई सभासद बनाएको भन्दै तराई मधेस लोकतान्त्रिक पार्टीको रुपन्देही जिल्ला कार्यसमितिले विरोध गरेको छ । केन्दि्रय सदस्य एवं जिल्ला अध्यक्ष अतिउल्लाह मुसलमानको नेतृत्वमा पार्टी कार्यकताले कार्यालयमा रहेका कुर्ची, बोर्ड र कागजपत्रहरु जलाएका छन् ।

पार्टी अध्यक्ष महन्थ ठाकुर र महामन्त्री सर्वोन्द्रनाथ शुक्लाले पैसाको आडमा तथा पार्टी सदस्यता समेत नलिएको रामकुमारी गडरियालाई समानुपातिक सभासद बनाएको उनीहरुको आरोप छ ।

असन्तुष्ट कार्यकर्ताले अध्यक्षविरुद्ध नारावाजी गर्नुका साथै पार्टी कार्यालयमा ताला लगाएका छन् । जिल्ला अध्यक्ष मुसलवानले गडरीयालाई सभासदबाट नहटाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

रुपन्देहीका सात वटा निर्वाचन क्षेत्र मध्ये तमलोपाले प्रत्यक्षतर्फ दुई स्थानमा जित हात पारेको थियो । समानुपातिकतर्फ भने अतिउल्लाह मुसलवान, सुनिल कुमार दुवे, हरी कुमारी चौधरी, सकुन्तला हरिजन, मधु सिंहलाई सिफारिस गरिएको थियो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID