Tuesday 22 October 2013

लुकाएर ब्लु फिल्म बनाउने पक्राउ

एक महिलासँग यौन सम्पर्क राखी गोप्य रूपमा भिडियो खिच्ने पक्राउ परेका छन् । प्रहरीले अश्लील भिडियो बनाएको आरोपमा ललितपुर ठैबका विनोद महर्जन, ऋद्धिबहादुर महर्जन, रामचन्द्र मगर र कृष्णचन्द्र श्रेष्ठलाई पक्राउ गरेको बताइएको छ ।
उनीहरूले ललितपुरको गोदामचौर जङ्गलमा महिलालाई लगेर शारीरिक सम्पर्क राखी मोबाइलबाट भिडियो खिचेका थिए । सो भिडियो विभिन्न व्यक्तिको मोबाइलमा पुगेपछि महिलाले थाहा पाएर प्रहरीमा जाहेरी दिएकी थिइन् ।
पक्राउ परेकालाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही हुने ललितपुर प्रहरीले जनाएको छ । ललितपुरको विशंखुनारायण बस्ने महिलासँग उनीहरूले सहमतिमै शारीरिक सम्पर्क राखेका थिए ।
तर, संगै रहेका अन्य साथीले मोबाइलबाट भिडियोसमेत खिचेर विभिन्न व्यक्तिको मोबाइलमा फैलाएका थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID