Tuesday 22 October 2013

नाई भन्दाभन्दै लेखापालले..सुरुवाल तानिदिए

जिल्ला प्रशासन कार्यालय रोल्पामा कार्यरत लेखापाल पदमप्रसाद शाहीले होटेल सञ्चालिका रमिता घर्तीलाई यौनजन्य आपत्तिजनक क्रियाकलाप गरेको भन्दै स्थानीय होटेल व्यवसायी संघले कारबाहीको माग गरेको छ ।
संघले सोमबार लिवाङ्गमा पत्रकार सम्मेलन गरेर लेखापाल शाहीको गलत क्रियाकलापको विरोध गर्दै कारबाहीको माग गरेको हो ।
‘म जनताको सेवक हु,’ लेखापाल शाहीलाई उदृत गर्दै रमिताले भनिन्, ‘जे गरे पनि सबैले सहनु पर्छ भन्दै मलाई हातपात र यौन दुव्र्यवहार गरे ।’ मदिराले मस्त माते पछि लेखापाल शाहीले रमितालाई यौन दुव्र्यबहार गरेको संघको आरोप छ ।
रमिताले सदरमुकाम लिवाङ्गमा नास्ताको होटल व्यवसाय गर्दै आएकी छन् । शाही पनि विगत दुई वर्षदेखि जिल्ला प्रशासन कार्यालय रोल्पामा कार्यरत छन् ।
‘मेरो श्रीमान तथा ससुरा बा सँगै हुनुहुन्थ्यो,’ रमिताले भनिन्, ‘साँझ लोडसेडिङ भएका बेलामा मैनबत्ती निभाएर लेखापालले मलाई समाते । गुप्ताङ्गमा पनि समाते ।’
‘लेखापालले मेरो सुरुवाल तानिदिए,’ उनले भनिन्, ‘मैले नगर्नुस् सर भन्दा मानेन्, म प्रशासनमा काम गर्ने मान्छे । मैले जे गरे पनि हुन्छ ।’ लेखापाल शाहीले रमितालाई जबर्जस्ती यौनदुव्र्यबहार गरे लगत्तै कसैलाई नभन्न धम्की दिएको पीडितको भनाई छ ।
लेखापाल शाहीले यस अघि पनि पटक/पटक मदिरा सेवन गरेर श्रीमानकै अगाडि यौनदुव्र्यवहार गर्ने गरेको आरोप रमिताको छ ।
लेखापाल शाहीले मादक पदार्थ सेवन गरेर आइतवार साँझ पनि आफूले खाना खाँदै आएको चतुर्भुज होटलकी मालिक्नीलाई पनि यौनदुव्र्यवहार गरेका थिए ।
संघका अध्यक्ष हरिबहादुर घर्तीले घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाहीको माग गरे । ‘यौन दुव्र्यबहार गर्ने लेखापाल शाहीलाई तत्काल कारबाही नगरिए आन्दोलन गर्छौं,’ उनले भने ।
लेखापाल शाहीलाई स्थानीय होटल व्यवसायीले लगाएको आरोपका सम्बन्धमा रोल्पा प्रशासनले केही प्रतिकृया दिएको छैन ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID