Sunday 16 June 2013

दुबईमा बन्यो घुम्रिएको अनौठो टावर


झण्डै ८ वर्ष लगाएर ३ सय १० मिटर अग्लो बटारिएको अपार्टमेन्ट बनाइएको छ । दुबईमा बनेको यो कायान टावर धुमधामका साथ उद्घाटन गर्ने तयारी भइरहेको छ । टावरको लागत झण्डै १ हजार ५ सय ७८ करोड डलर रहेको छ ।

तलबाट माथिसम्ममा ९० डिग्री बटारिएको यो टावरमा ५७० आलिसान अपार्टमेन्ट छन । जसको ८० प्रतिशत यसअघि नै बिक्रि भइसकेको छ । यो टावरको हरेक अपार्टमेन्टबाट समुन्द्र देखिनेछ ।

यो टावरको डिजाइन शिकागोको ट्रम्प टापर र शांघाईको जिन माओको डिजाइनरले गरेका हुन । कायान टावरमा एक बेडरुमसहितको अपार्टमेन्टको मूल्य ४ लाख ३५ हजार डलर तोकिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID