Sunday 16 June 2013

‘वेश्या’ सुन्दरी नभएको भन्दै प्रहरीमा उजुरी

http://meroknowledge.blogspot.com/
इङ्ग्ल्याण्डका एक व्यक्तिले प्रहरीसमक्ष अनौठो उजुरी दिएका छन् । उनले आफूले भेटेको वेश्या बताइएको जत्तिको सुन्दर नभएको भन्दै उजुरी दिएका हुन् ।

वेष्ट मिड्ल्याड्स पुलिसलाई एक व्यक्तिले फोन गरेर वेश्यनविरुद्ध वस्तु विक्रय अधिनियम उल्लंघनमा निवेदन दिन चाहेको बताएका हुन् ।
पुलिसले भने पत्र पठाएर आइन्दा प्रहरीको समय बर्बाद नगर्न चेतावनी दिएको छ । प्रहरीका अनुसार उजुरीकर्ताले मंगलबार साँझ स्थानीय समय अनुसार करिव ७ बजे फोन गरेका थिए । उनले उक्त महिलालाई होटलको कार पार्किङमा भेटेको बताएका थिए ।

आफूले पहिल्यै सही भन्न नत्र सेवा नलिने बताएको भएपनि महिलाले ढाँटेको उनको दावी थियो । यसबारे बताउँदा महिलाले आफ्नो कारको साँचो खोसर भागेको, केही पर पुगेपछि आफूतिर साँचो फालेर प्रहरीमा उजुरी गर्न चेतावनी दिएको उनको भनाई छ । प्रहरीले महिलाको कुनै गल्ती नभएको बताएपछि फोन गर्न व्यक्तिले आफ्नोबारेमा केही पनि बताउन मानेन ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID