Saturday 25 May 2013

अब २० सेकेण्डमै मोबाइल फुलचार्ज

भारतीय मुलकी १८ वर्षीया एक  अमेरिकी युवतीले २० सेकेण्डमा नै मोबाइल तथा स्मार्टफोन फुलचार्ज गर्न सक्ने उपकरणको विकास गरेकी छन् । उनको यो नयाँ उपकरणको विकासले घन्टौंसम्म मोबाइल र स्मार्टफोन चार्जमा राखिराख्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।

आफ्नो यो नयाँ आविष्कारले इसा खरेलाई इन्टेल फाउण्डेसनको योङ साइन्टिष्ट पुरस्कार समेत दिलाएको छ । पुरस्कार बापत उनले ५० हजार डलरसमेत पाएकी छन् ।  इसाले अविष्कार गरेको सो उपकरण मोबाइल तथा स्मार्टफोनको व्याट्रीमा लगाएको २० देखि ३० सेकेण्डमा फुलचार्ज हुनेछ ।

इन्टेलका अनुसार सुपर क्यापासिटर नाम दिइएको सो उपकरणले व्याट्री चार्ज गर्दा छिटोका साथै टिकाउसमेत हुनेछ । व्याट्री १० हजार पटक सम्म चार्ज गर्न सकिन्छ । हालको प्रविधिमा व्याट्रीहरुको औसत चार्ज चक्र एक हजार मात्रै छ ।
यो आविष्कारले उर्जा तथा समय दुवैको बचत गर्नुका साथै मोबाइल प्रयोगकर्ताको लागत समेत कम गर्ने छ । सन् २०१५ सम्ममा यस्ता उपकरणजडित स्मार्टफोन बजारमा आउने अपेक्षा गरिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID