Saturday 25 May 2013

अब एक सेकेण्डमै फिल्महरु डाउनलोड हुने

Click here for download
दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले सुपरफास्ट फाइभ जी वायरलेस प्रविधिको सफलतापूर्वक परीक्षण गरेको छ । पाँचौ पुस्ताको यो प्रविधिका माध्यमबाट एउटा पूरै फिल्म केवल एक सेकेण्डमै डाउनलोड गर्न सकिने बताइएको छ ।

सामसुङका अनुसार यो परीक्षणका क्रममा २ किलोमिटरको दुरीमा एक गिगाबाइट प्रति
सेकेण्डको गतिले डाटा प्रशारित भएको थियो । कम्पनीका अनुसार यो सेवा विद्यमान फोर जी सेवाभन्दा सयौँ गुणा छिटो गतिको छ । यद्यपि यसलाई व्यापारिक हिसाबले सन् २०२० सम्ममा मात्र बजारमा पठाउन सकिने सामसुङको भनाइ छ ।
सामसुङका अनुसार यो ५ जी प्रविधिका माध्यमबाट उच्च गुणस्तरयुक्त डिजिटल चलचित्र विना रोकतोक एक बाट अर्को माध्यममा प्रसारित हुनेछ । यसका माध्यमबाट प्रयोगकर्ताले थ्री डी मुभी तथा गेम जस्ता अल्ट्रा हाइडेफिनेसन -युएचडी) सामाग्रीलाई सजिलोसँग ट्रान्सफर गर्नुका साथै रिमोट मेडिकल सेवाको समेत फाइदा उठाउन सक्ने सामसुङको दाबी छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID