Tuesday 22 January 2013

नाङ्लो ठटाउँदैमा हात्ती तर्सिँदैन : प्रचण्ड

 एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी तथा प्रतिगामीहरुले एमाओवादीलाई सिध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाउनु भएको छ । प्रचण्डले एमाओवादीलाई चौतर्फी घेराबन्दीमा पार्ने र सिध्याउने षड्यन्त्र स्वरुप प्रतिक्रियावादीहरुबाट द्वन्द्वकालका घटनालाई कोट्याउँदै शान्ति प्रक्रिया भाँड्न खोजिएको  बताउनुभयो ।  उहाँले आफ्नो पार्टीको नेतृत्वमा सरकार भइरहेको बेला बेलायतमा नेपाली सेनाको अधिकृतलाई पक्राउ गर्नु र दैलेखमा डेकेन्द्रराज थापा घटनाका आरोपीलाई पक्राउ गर्नु गम्भीर षड्यन्त्र गर्न लागिएको  बताउनुभयो ।

एमाओवादी ताप्लेजुङको एकताको प्रथम जिल्ला सम्मेलनको सदरमुकाम फुङ्लिङमा उद्घाटन गर्दै उहाँले प्रतिक्रियावादीहरुले जनयुद्ध ताका आफूहरुलाई सिध्याउन टाउँकाको मोल ५० लाख रुपियाँसम्म तोके पनि नडराइकन झण्डै १८ सय वर्ष पुरानो राजतन्त्र र अढाई सय वर्षे शाही राजतन्त्रको अन्त्य गर्न निरन्तर क्रान्तिमा लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो,’द्वन्द्वकालको घटनालाई लिएर विस्तृत शान्ति सम्झौता भाँडिनेखालको गतिविधि हुँदैछ, माओवादीलाई सिध्याउन यसो गरिँदै छ तर नाङ्लो ठटाउँदैमा हात्ती तर्सिँदैन । ‘

“उहाँले एमाआवादी सबैभन्दा ठूलो दल भएको नाताले अन्य दलहरुसँग सहमतिको पहल भइरहेको छ, अबको दुई/तीन दिनभित्रै सहमति जुटे जेठभित्रै निर्वाचन सम्भव भएको पनि बताउनुभयो ।

जेठमा चुनाव हुन्छ : प्रधानमन्त्री

यस्तै पार्टीका उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी जेठ दोस्रो साताभित्र पुनः संविधानसभाको निर्वाचन हुने बताउनुभएको छ । प्रधानमन्त्री भट्टराईले निर्वाचनका लागि अन्य सवै दलहरुसँग सहमतिको पहल भइरहेको बताउनुभयो । जेठभित्रै निर्वाचन गर्न राष्ट्रिय सहमतिको सरकार हुनुपर्ने हुँदा त्यसका लागि आफू संबैधानिक प्रधानमन्त्री भएको हैसियतले राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रयत्नशील रहेको र चाँडै सहमति जुट्नेमा विश्वस्त रहेको पनि उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID