Tuesday 22 January 2013

राहुल गान्धीले नेपाली युवतीसँग बिहे गर्ने !

१० माघ, काठमाण्डौ । भारतका भावी प्रधानमन्त्रीका रुपमा लिइएका राहुल गान्धीले नेपाली युवतीसँग बिबाह गर्न लागेको चर्चा यतिखेर केही भारतीय मिडियाहरुले गरिरहेका छन् ।

४२ बषिर्य राहुल गान्धी र सीएनएन टेलिभिजनको भारतस्थित कार्यालयमा काम गर्ने नेपाली युवती सुम्निामा उदासवीच प्रेम रहेको चर्चा मिडियाहरुले गरिरहेका छन् । सन् २०१४ को आमचुनावअघि नै उनीहरुले बिबाह गर्न लागेको चर्चा पनि चलिरहेको छ ।

यही चर्चाका बिच केटीका बाबु भिम उदास दिल्ली जानुका पछाडी कुनै तालमेल त छैन भनी बुधबारको जनआस्था साप्ताहिकले छापेको छ ।

गैरआवासीय नेपाली संघ स्थापना गर्दा उपेन्द्र महतोको कोर टीममा रहेर संगठन बनाएका राष्ट्रसंघका पूर्व कर्मचारी भीम उदासकी छोरी हुन सुम्निमा । राष्ट्रसंघीय खाद्य कार्यक्रमका लागि बिभिन्न देशमा कन्ट्री डाइरेक्टरसमेत रहेका उनी अहिले अबकाश जीवन नेपालमा बिताइरहेका छन् । उपेन्द्र एनआरएन अध्यक्ष रहँदासम्म उनी उपाध्यक्ष थिए ।

छोरी सुम्निमाले अमेरिकाको भर्जिनियाबाट प्रसारण पत्रकारीतामा स्नातक गरेकी हुन् । बुद्ध धर्मसम्बन्धी बिस्तृतमा अध्ययन गरेकी सुम्निामा सात बर्षदेखि दिल्लीस्थित सीएनएन कार्यालयमा कार्यक्रम उत्पादकका रुपमा कार्यरत छिन् ।

पारिवारिक स्रोतका अनुसार सुम्निामा र राहुलवीच राम्रो मित्रता छ । केही दिनअघि जयपुरमा भएको केन्द्रीय समितिको वैठकमा गरमागरम भाषण गरेलगत्तै सुम्निमाले राहुलसँग कुरा फोनमा कुरा गरेकी थिइन् । तर उनले राहुलसँगको घनिष्टताबारे केही पनि बताएकी छैनन् । यसैवेला उनका पिता भीम उदास भने नेपालका निम्ती जोर्डनको महाबाणिज्यदूत बन्न आबश्यक कागजात लिन दिल्ली पुगेका छन् ।

एनआरएन नेतृत्ववीच राहुल एनआरएनका ज्वाई बन्न लागेको चर्चा सुरु भइसकेको छ । तर, भीमले अहिलेसम्म राहुलसँगको छोरीको सम्बन्धबारे केही पनि नखोलेको उनीहरुले बताए ।

यसअघि उनको भुटानी राजा जिग्मेखेखरसँग पनि राम्रो सम्बन्ध थियो । दुवैको बिबाह गर्नेसम्मको कुरा पनि उठ्यो । तर शरणार्थी समस्या समाधान गर्न नसक्ने अबस्थामा दुवैले आ-आफ्नो बाटो रोजेको समाचारमा उल्लेख छ । उनीहरु दुवै जना कुनै बेलाका सहपाठी थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID