Tuesday 22 January 2013

नेपाल कालोसूचीमा पर्न सक्छ : अमेरिकी राजदूत

अमेरिकी राजदूत९ माघ, काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन तत्काल नबनाए नेपाल कालोसूचिमा पर्न सक्ने नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेले बताउनुभएको छ । अर्थमन्त्रालयमा मंगलबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा राजदूत बोडेले शुद्धीकरणसम्बन्धी कानुन बनाई संगठित वित्तीय अपराधलाई नरोके नेपाल कालोसूचिमा पर्न सक्ने बताउनुभएको हो ।

राजदूत बोडेसँगको भेटमा मन्त्री पुनले सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश पारित गरेर राष्ट्रपति कार्यालयमा पठाएको तर सो अध्यादेश हालसम्म पारित नभएको बताउनुभएको अर्थमन्त्री पुनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो । भेटमा राजदूत बोडेले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित सङ्गठित अपराध नियन्त्रणसम्बन्धी अध्यादेश पारित नभएमा नेपाल कालोसूचीमा पर्नेबारे ध्यानाकर्षण गराउनुभएको थियो ।

विगतमा पनि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय सहयोग नियन्त्रणसम्बन्धी संयुक्त राष्ट्रसंघको प्रस्तावमा नेपालले जनाएको प्रतिवद्धताअनुरुप कानून बनाई संगठित वित्तीय अपराध रोक्न नेपालमाथि चर्को दबाव परेको थियो । राष्ट्रसंघले नेपाललाई वित्तीय अपराध नियन्त्रणसम्बन्धी कानुन बनाउन दबाव दिँदै आएको छ । राष्ट्रसंघले नेपाललाई यससम्नत्री कालोसूचीमा राखेको खण्डमा राष्ट्र बैंकको खाता र प्रतीतपत्र विदेशमा नचल्ने अवस्था आउन सक्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID