Thursday 9 October 2014

मंगल ग्रह चुम्ने एलिसाको इच्छा

अमेरिकाकी एलिसा कार्सनको उमेर १३ वर्षको भयो । तर, उनको इच्छा छ, मंगल ग्रहमा पाइला टेक्ने पहिलो मानिस बन्ने ।

मंगल ग्रहमा जाने, त्यो पहिलो पहिलो मानवका रुपमा यो चाहना राख्दैमा हुने होइन । तर, उनको सपना पूरा हुन सक्ने नासाले बताएको छ ।

एलिसाले नासामा ट्रेनिङ गरेकी छन् । नासाका पल फर्मेन भन्छन्, यस्तो इच्छा राख्ने बच्चाहरुलाई नासाले निकै गम्भीर रुपमा लिने गरेको छ ।

एलिसा यतिबेला विज्ञान पढिरहेकी छन् र उनीसँग थुप्रै भाषाको ज्ञान पनि छ । विदाको समयमा उनी पियानो बजाउन र फुटबल खेल्न रुचाउँछिन् ।
उनी नासाको तीनवटै वर्ल्ड स्पेस क्याम्पमा ट्रेनिङ लिने पहिली महिला हुन् ।

अमेरिकी स्पेस एजेन्सी नासामा उनलाई ब्लूबेरी नामले बोलाइन्छ ।

आगामी २० वर्षमा मंगल ग्रहमा पुग्ने उनको लक्ष्य रहेको उनका पिता बताउँछन् । दृढ इच्छाशक्ति र सही तालिमले एलिसालाई मंगलग्रहमा पुग्न सहयोग गर्ने उनका पिताको विश्वास छ ।

तर, मंगल ग्रहमा गएपछि र्फकन मुश्किल छ । एलिसा भने यसका बाबजुत जान चाहन्छिन् ।

-बीबीसीको सहयोगमा

युवतीले प्रेमीको छातीमा छुरा प्रहार गरिन्

भनिन्छ, प्रेम अन्धो हुन्छ । प्रेममा सवै कुरा जायज हुन्छ । यद्यपि क्रूरता र बदला प्रेममा कुनै पनि हालतमा स्वीकार्य हुँदैन । यो घटना सुन्दा उनीहरू त्रसित हुने निश्चित छ जसले प्रेम गरिरहेका छन् । भारतीय चलचित्र उद्योगकी चर्चित नायिका जिया खानले प्रेमका कारण आत्महत्या गरिन् । उनले आत्महत्या गर्नुअघि ६३ पटक ब्वाइफ्रेन्डलाई कल गरे पनि फोन रिसिभ नभएका कारण आत्महत्या गर्नुपरेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

यसबाट उनी ब्वाइफ्रेन्डलाई खुबै माया गर्थिन् भन्ने प्रमाणित हुन्छ । यद्यपि कोमल मनकी जियाको अन्त सँगसँगै यता उदयपुरमा अर्की कठोर जियाले भने उल्टै प्रेमीको छातीमा आफ्नो रिस पोखेकी छिन्। उनले प्रेमीको छाती वारपार हुने गरी छुरी प्रहार गरेकी छिन्, तर उक्त छुराले उनलाई माया गर्ने मुटुलाई छुन सकेन।

छुराले प्रेमीको फोक्सोलाई भने सामान्य क्षति पुर्‍याएको छ। उदयपुर त्रियुगा नगरपालिका-१ की मुना विश्वकर्माले प्रेमी लीलबहादुर राईलाई पछाडिबाट छाती वारपार हुने गरी छुरी प्रहार गरेकी हुन्। पछाडीबाट प्रहार भएको छुरा अगाडि छातीको बीच भागबाट दुई इञ्च बाहिर निस्किएको थियो। बेलुका श्रीमान् घर नआएको विषयमा सामान्य भनाभन हुँदा गाईघाटको बसपार्क नजिक ग्यारेजमा काम गरिरहेको अवस्थामा छुरी प्रहार भएको उदयपुरका स्थानीय पत्रकार शुभराज राई बताउँछन् ।

उनीहरूले छ महिना अघि प्रेम विवाह गरेका थिए। राईको घरमा अछूत जात विवाह गरेको भन्दै घरमा अस्वीकार गरेपछि उनीहरू त्रियुगा-२ मा बस्दै आएका थिए। श्रीमान् ग्यारेजमा र श्रीमती होटलमा सहयोगी भएर गुजारा चलाउँदै आएको यो जोडी यतिबेला भने श्रीमती हिरासतमा र श्रीमान् धरानस्थित घोपा क्याम्पमा छन्। यो कस्तो प्रेम ?

आमिरले भने-‘मलाई छुन्छ भने नेपाली सिनेमा गर्छु’

नेपालमा रहेका नायक आमिर खानले आफ्नो मनलाई छुन्छ भने नेपाली सिनेमा गर्न तयार रहेको बताएका छन् । आज काठमाण्डौको याक एन्ड यती होटलमा आयोजना भएको कार्यक्रममा बोल्दै आमिरले आफूलाई विश्वका हरेक सिनेमा गर्दा खुशी लाग्ने बताए । उनले सिनेमा कुन देशको हो भन्दा पनि त्यसको कथावस्तु कस्तो छ भन्ने कुरा महत्वपूर्ण रहेको बताए । यस्तै, उनले सिनेमा गर्दा आफूलाई भाषाको ज्ञान पनि हुन जरुरी रहेको बताए ।

यस्ता छन् सेक्स पावर बढाउने सुरक्षित तरिका....!

यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् । यस्ता औषधीको प्रयोगबाट दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ । तनावपूर्ण जीवनशैली र अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ ।

यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् । तर, उनीहरुलाई सेक्स क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ भन्ने कुरा थाहा हुदैन । आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार सैकडौं वर्षदेखि हुदै

त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन प्रयोग हुन्छ । ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ । एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ । महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ ।

यसले चिसोबाट पनि बचाउँछ । अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ । अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पाइन्छ ।
आएको छ । रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ । ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ ।

बाेका चाेर पक्राउ :

 बाेका चाेर पक्राउ :
असोज २२ भोजपुर,  छिमेकीका खसीबोका चोरेर बेच्नेलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ । छिमेकीको उजुरीका आधारमा भोजपुर नगरपालिका—११ का ४० बर्षिय होमनाथ ढकाललाई मंगलबार प्रहरीले प्रक्राउ गरेको हो ।
ढकालले छिमेकीहरु चन्द्रप्रसाद सुवेदी, पशुपति सुवेदी र नरबहादुर कार्कीको एउटा बाख्रा र दुइवटा बोका चोरेको पीडितले उजुरी दिएका थिए । पक्राउ परेका ढकालले आफूले छिमेकीको बाख्रा र बोका चोरेर बेचेको बताएका छन् । ढकाललाई चोरी मुद्धा दर्ता गरेको प्रहरीले जनाएको छ ।
Source:http://hamrovojpur.blogspot.com

इबोलाबाट संक्रमित बिरामीको मृत्यु

(एजेन्सी)  आश्विन २३- काठमाडौं,  । इबोलाबाट संक्रमित पहिलो बिरामीको मृत्यु भएको छ । ४२ वर्षीय थोमस एरिक डंकनको अमेरिकाको टेक्सासमा उपचारका क्रममा मृत्यु भएको हो ।

लाइबेरियामा रहँदा इबोला भाइरस देखा परेपछि उनलाई उपचार गर्न अमेरिका लगिएको थियो ।

यसैबीच, सियरालियोन, लाइबेरिया र गिनीमा मात्रै इबोलाका कारण हालसम्म ३ हजार ८ सय ६५ जनाको ज्यान गइसकेको छ । पश्चिमी अफ्रिकामा महामारीको रुप लिइरहेको इबोला भाइरस पछिल्लो समय स्पेनमा पनि देखा परेपछि पुरै युरोपमा सन्त्रास फैलिएको छ ।

उता, विश्व स्वास्थ्य संगठन (डब्ल्युएच)ले विकसित मुलुकमा समेत थप इबोला संक्रमित फेला पर्न सक्ने चेतावनी दिएको छ ।

अहिलेसम्म बिश्वभर झन्डै ७ हजार ५ सय इबोलाका बिरामी फेला परेको बताइन्छ ।

बेहुली ट्राफिक जाममा फसेपछि रेडियोमार्फत भयो विवाह

(एजेन्सी) - मानिसले आफ्नो विवाहलाई अविष्मरणीय बनाउन विभिन्न क्रियाकलाप गर्ने गर्दछन् जस्तै कसैले समुन्द्र मुनी गएर विवाह गर्छन्, कसैले हिऊँको घरभित्र विवाह गर्छन् भने कसैले विवाहको कार्यक्रममा हाँस्यास्पद क्रियाकलाप गरेर यसलाई जीवनको यादगार पलको रुपमा हेर्ने गर्दछन् । विवाहलाई अविष्मरणीय बनाउन थुप्रै जोडिहरुले महिनौँ दिन अघिदेखि यसको योजना बनाउने गर्दछन् जसमा उनीहरुको मोटो रकम र समय खर्च हुने गर्दछ । यस्तैमा चीनमा पनि एउटा अच
चीनको जेजियांग प्रान्तमा बस्ने यान मेंगसिया आफ्नो विवाहको लागि ३०० किलोमिटर टाढा योंगकांग पुग्नु थियो । विवाह गर्न गाडीमा बसेकी उनी निकै ठूलो ट्राफिक जाममा परिन् । त्यहाँबाट निस्कन सम्भव छैन भन्ने थाहा पाएपछि ती बेहुलीको होस् उड्यो । तर उनको उडेको होस्लाई एक रेडियो स्टेसनले फिर्ता ल्याइदिएको छ । चिनियाँ समाचार माध्यममा निकै चर्चित बनेको यो घटना गत अक्टोबर १ तारिखको हो ।
बेलुका हुने भनिएको विवाह समारोहका लागि दिउँसो निस्केकी बेहुली ठूलो ट्राफिक जाममा परेको थाहा पाएपछि उता बेहुला पनि निकै तनावमा थिए । ट्राफिक अपडेटका लागि उनले पटक–पटक FM93 ट्राफिक रेडियोको हटलाइनमा फोन गरिरहेका थिए । विवाहको लागि अरु केहि उपाय नभेट्टाएपछि बेहुला–बेहुलीले रेडियोमार्फत नै एक अर्कालाई पति–पत्नीको रुपमा स्विकार गरेका थिए । यसरी रेडियोमा विवाह गर्ने सम्भवतः यो जोडि पहिलो जोडि हो ।
म्मको विवाह सम्पन्न भएको छ । तर यो विवाह अविष्मरणीय हुन्छ भनेर न त बेहुला–बेहुलीले सोचेका थिए न त उनीहरुले यसको लागि महिना दिनदेखि योजना नै बनाएका थिए ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID