
असोज २२ भोजपुर, छिमेकीका खसीबोका चोरेर बेच्नेलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ । छिमेकीको उजुरीका आधारमा भोजपुर नगरपालिका—११ का ४० बर्षिय होमनाथ ढकाललाई मंगलबार प्रहरीले प्रक्राउ गरेको हो ।
ढकालले छिमेकीहरु चन्द्रप्रसाद सुवेदी, पशुपति सुवेदी र नरबहादुर कार्कीको एउटा बाख्रा र दुइवटा बोका चोरेको पीडितले उजुरी दिएका थिए । पक्राउ परेका ढकालले आफूले छिमेकीको बाख्रा र बोका चोरेर बेचेको बताएका छन् । ढकाललाई चोरी मुद्धा दर्ता गरेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment