
चीनको जेजियांग प्रान्तमा बस्ने यान मेंगसिया आफ्नो विवाहको लागि ३०० किलोमिटर टाढा योंगकांग पुग्नु थियो । विवाह गर्न गाडीमा बसेकी उनी निकै ठूलो ट्राफिक जाममा परिन् । त्यहाँबाट निस्कन सम्भव छैन भन्ने थाहा पाएपछि ती बेहुलीको होस् उड्यो । तर उनको उडेको होस्लाई एक रेडियो स्टेसनले फिर्ता ल्याइदिएको छ । चिनियाँ समाचार माध्यममा निकै चर्चित बनेको यो घटना गत अक्टोबर १ तारिखको हो ।
बेलुका हुने भनिएको विवाह समारोहका लागि दिउँसो निस्केकी बेहुली ठूलो ट्राफिक जाममा परेको थाहा पाएपछि उता बेहुला पनि निकै तनावमा थिए । ट्राफिक अपडेटका लागि उनले पटक–पटक FM93 ट्राफिक रेडियोको हटलाइनमा फोन गरिरहेका थिए । विवाहको लागि अरु केहि उपाय नभेट्टाएपछि बेहुला–बेहुलीले रेडियोमार्फत नै एक अर्कालाई पति–पत्नीको रुपमा स्विकार गरेका थिए । यसरी रेडियोमा विवाह गर्ने सम्भवतः यो जोडि पहिलो जोडि हो ।
No comments:
Post a Comment