Sunday 29 September 2013

योनी नभएकी किशोरीको कहानी, १७ बर्षमा बल्ल पत्तो पाइन

जेकी बेक त्यसबेला छाँगाबाट खसेजस्तै भइन्, जव उनले थाहा पाइन की उनको शरिरमा योनी नै छैन् । यो उमेरसम्म आफु र अरु महिलामा कुनै अन्तर नदेखेकी जेकीले सोचेकी पनि थिइनन उनी यस्तो दुर्लभ बिमारबाट गुज्रिएकी छिन भनेर ।
१७ वर्षको उमेरमा जब उनलाई ढाड दुख्न थाल्यो र महिनाबारी सुरु भएन तब उनी डाक्टरकहाँ गइन । परिक्षणपछि डाक्टरले उनलाई ‘एमआरकेएच’ नामक दुर्लभ रोग लागेको बताए । यो विमारीबाट पीडित महिलाहरुको शरीरमा गर्भाशय, र योनीद्वार नै हुँदैन ।

यो रोग लागेका महिलालाई बाहिरबाट हेर्दा चिन्न सकिदैन जवसम्म उनीहरु महिनावारी हुने अबस्थामा पुग्दैनन वा यौन सम्पर्कको प्रयास गर्दैनन् । उनको शरिरमा योनीको स्थानमा एक छिद्र छ जो बाहिरबाट हेर्दा ठ्याक्कै योनीजस्तो देखिन्छ । अब जेकीले जीवनमा न कहिल्यै पनि यौनसम्पर्क गर्न सक्ने छैनन, न बच्चा जन्माउन नै ।

जेकीले भन्छिन-’मैले कहिल्यै पनि आफूलाई अरु महिलाभन्दा फरक ठानिँन । यो खबर मेरो लागि चकित बनाउने खालको थियो । मलाई विश्वास नै लागेको छैन कि मेरो शरीरमा योनी नै छैन ।’ जेकी अहिले आफ्नो प्रेमीको खोजीमा छिन् ।
उनी भन्छिन्-’म आफ्ना लागि प्रेमी खोजिरहेकी छु । यदि कसैलाई यो समस्या हुन्छ भने उ मेरो लागि लायक हुन्न । म जो पुरुषलाई भेट्टाउँछु, उसलाई आफ्नो अवस्थाबारे भन्नेछु किनकी म चाहन्न कि उसलाई पछि पछुतो होस् ।’ बेलायतमा ५ हजारमा एक महिला एम आर के एचबाट पीडित रहेको बताइएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID