Showing posts with label binita baral. Show all posts
Showing posts with label binita baral. Show all posts

Sunday 30 November 2014

कपडा खोल्दैमा र नांगिँदैमा नराम्रो भन्न मिल्दैनः नायिका बिनिता बराल :

नेपाली रजतपटकी सफल तथा ग्ल्यामरस नायिका बिनिता बराल हिजोआज कृषि फार्ममा व्यस्त छिन् । कृषि फार्मबाट बचेको समय पुस्तक लेखन तिर लगाएकी उनको छिट्टै ‘जुइनो’ उपन्यास बजारमा आउँदैछ  । प्रस्तुत छ, युवा पुस्ताकी चर्चित र सफल नायिका बिनितासँगको अन्तरंग कुराकानीः

आजकाल के मा व्यस्त ?
‘जुइनो’ उपन्यास लेख्दैछु ।

हातमा फिल्म पनि छन् रे नी ?
छन्, ‘उमंग’ चलचित्रमा काम गरिरहेको छु ।

कृषि फार्मिङ ?
फार्मिङ पनि राम्रो चल्दै छ, जन्मजातै कृषक भएकाले त्यसैलाई व्यवसायिकता दिने प्रयत्न गरेकी हुँ ।

कलाकारिताबाट लेखन यात्रातिर किन नी ?
साहित्यमा सानै देखि रुचि थियो । लेख्ने प्रयन्तमात्र गरेकी हुँ । साहित्यकार नै बन्न लागेको भने चैं होइन ।

लेख्ने प्रेरणा कहाँबाट जाग्यो ?
कृषि कर्मले । कृषि कर्म गर्दा गर्दै साहित्य सृजना गरौँ भन्ने लाग्यो  । कृषि विषयवस्तुमा लेख्दा राम्रो हुने ठानेर यसलाई रोजेकी हुँ ।

शीर्षक पनि जुराईसक्नु भए छ नी?
जुराएँ । ‘जुइनो’ हो उपन्यासको नाम । यो नाम उपन्यासको सम्पादन गरिहनु भएको कृष्ण अविरलले जुराई दिनु भएको हो ।

‘जुइनो’ कसरी बुन्नु भयो?
कृषिमा आधारित रोमान्टिक प्रेम कथा ।

कहिले आउँछ बजारमा ?
चैत्र महिना भित्रमा आउँछ ।

सफल नायिका बन्न हिँडेको मान्छे फरक–फरक विधामा किन?
नायिका बनिसकेँ । कृषक पहिले नै हुँ । त्यसैलाई व्यवसायिकता बनाउने प्रयत्न गरेकी हुँ । साहित्य मेरो रुचिको विषय हो । फेरि म फरक विधामा रमाउन चाहने मान्छे पनि हुँ ।

बिनिता बराल चर्चामा आउन यो सव गरिरहेकी छे भन्ने हल्ला पनि छ नी ?
किमार्थ होइन । प्रत्येक नागरिकको एउटा एउटा दायित्व हुन्छ, त्यही पुरा गरिहेकी छु ।

त्यसै कारणले कृषि रोज्नु भएको हो?
हो, कृषि नै हाम्रो मुख्य पेशा भएकाले मैले मात्रै होइन हामी सवैले यसैमा केही गर्नु पर्छ ।

उपन्यास त्यसैलाई प्रमोसन गर्न खोज्नु भएको हो ?
मैले आम युवापिँढी जो खाडी मुलुकहरुमा ४०/५० डिग्रिको तापक्रममा पसिना बगाउँदै हुनुहुन्छ उहाँहरुलाई यहीँ (नेपाल) धेरै गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेकी हुँ ।

ग्ल्यामर विकाएकी बिनिताको तरकारी पनि राम्रै विक्यो भन्ने चर्चा छ नी ?
हो, हाम्रो उत्पादन पूर्ण अर्गानिक छ । अर्गानिक भएकै कारण हाम्रो उत्पादनप्रति आम उपभोक्ताहरु आकर्षित हुनु भएको छ । यसले गर्दा मेरो कृषि फार्मबाट उत्पादन भएका तरिकारीको व्यापार राम्रो छ ।

कला क्षेत्रबाट किन बाहिरिनु भयो ?
कृषि फार्ममा अलि व्यस्त हुँदा धेरै ध्यान दिन नसकेको मात्र हो । बाहिरिएकै भने होइन । अहिले पनि चलचित्रमा व्यस्तै छु नी । उमंग भन्ने चलचित्रलाई समय दिइरहेको छु ।

यसबिचमा धेरै चलचित्र पनि लत्याउनु भयो रे नी ?
केही समय चलचित्रमा काम गर्न भ्याइन । लत्याएकै चाँही होइन । मलाई केही चलचित्रको स्क्रिप्ट पनि खासै मन परेन ।

तपाई अभिनयबाट बाहिरिन सक्नु हुन्छ र?
कदापी सक्दिन । चलचित्र मेरो प्यासन भएकाले म अभिनयमा फर्कन्छु । फर्किसकेको छु ।

बिनिताको ग्ल्यामर बिक्न छाडेको हो ?
नेपाली चलचित्र उद्योगमा नायिका बिनिता बरालको कुनै न कुनै हिसावले खोजी भैरहेको छ । त्यसलाई पुरा गर्न म क्रियाशिल छु । मैले नेपाली चलचित्रमा जुन उचाई प्राप्त गरेकी छु त्यसले मलाई चलचित्रमा क्रियाशिल भैरहन बल प्रदान गर्दछ ।

नेपाली चलचित्रको बजार ?
चलचित्रको बजार राम्रै छ । राम्रा मुभिहरुका लागि कुनै पनि बजार नराम्रो हुँदैन ।

नेपाली चलचित्रमा उठाइनु पर्ने विषय ?
चलचित्रले सवै तह र तप्काका मानिसहरुलाई समेट्नु पर्यो । साथै नेपाली कला, संस्कृति यसका अतिरिक्त मानिसका सफलताका कथा आदिलाई पनि समेट्न सक्दा राम्रो हुन्छ । त्यसका लागि कला, सिर्जनशिलता र प्रविधिको राम्रो संयोजन पनि हुनुपर्दछ ।

चपली गर्ल बिनिता अहिले के हो ?
म उपन्यासकार चाँही होइन । सायद म कृषक नायिका हुन सक्छु ।

एउटा युवती कसरी नायिका बन्न सक्छे ?
एउटी युवती नायिका बन्न संघर्षका हजार जंघार तर्नु पर्दछ । त्यस्तै ‘एक्सन’मा ध्यान दिनु पर्दछ ‘इमोसन’मा होइन ।

तपाईले चलचित्र उद्योगमा ‘भल्गारिटी’ भित्रयाउनु भयो भन्ने आरोप छ नी ?
मलाई त्यसरी भन्न मिल्दै मिल्दैन । यदी नेपाली कला क्षेत्रलाई उँभो लगाउन र विदेशी चलचित्र हेर्ने र मनोरञ्जन लिने दर्शकहरुलाई नेपाली चलचित्र हेर्ने बनाउनका लागि गरिएको सकरात्मक प्रयत्न थियो । त्यो सायद म धेरै हदसम्म सफल पनि भएँ ।

अर्को कुरा नेपालमा धेरै कुरा छोड्नु पर्ने छ । त्यो मध्ये एउटा यस्ताखाले सोच पनि हो । हामीले धेरै कुरा परिवर्तन गर्नु छ । लुगा खोल्दैमा नांगिँदैमा सवै नराम्रो हुँदैनन् । त्यसो भए जनावरहरु पनि नराम्रो हुनु पर्ने नी ? त्यसको अर्थ सवै नायिका नांगिनै पर्छ भन्ने छैन । चलचित्रले के सन्देश दिन खोजेको हो त्यसलाई न्याय गर्न सक्नु पर्दछ । अनि मात्र तपाई सफल नायिका बन्न सक्नु हुन्छ । यदी मैले कसैलाई आइ लभ यू भने भने तपाईले बिनिता त कस्ती चम्मु जसलाई नी आई लभ यू भन्छे भन्नु हुन्छ की, यो त कस्ती स्वीट जसलाई पनि स्नेह गर्दिरहिछे भन्नु हुन्छ त्यो तपाईमा निर्भर हुने कुरा हो । यसर्थ कुन विषयलाई कसरी सोच्ने त्यो नै प्रमुख विषय हो । हामीकाहाँ सकरात्मक सोचको अभाव छ । यसलै गर्दा ममाथि यस्तो टिप्पणी भएको हुन सक्छ ।

तपाई फेरि यस्तै ग्ल्यामर चलचित्र गर्नु हुन्छ ?
यदी कसैले मेरो चित्त बुझाउँछ भने म त्यस्तै अभिनय गर्न तयार छु ।

तपाईले विवाह गर्नु भयो रे नी ?
मैले विवाह गरेको छैन । म माया (लव) मा छु । छिट्टै विवाह पनि गर्छु ।

‘लिभिङ टुगेदर’मा हुनुहुन्छ हो ?
समाजले दिएको भए राम्रै हुन्थ्यो तर संस्कृतिको बन्धनले बाँधेको छ ।

अन्तिममा ?
आउँदै गरेको मेरो उपन्यास ‘जुइनो’ पढिदिनुहोस् । बिनिता बराललाई नबिर्सनुहोस्, माया गर्नुहोस् । नेपाललाई माया गर्नुहोस् । कृषि कर्ममा विश्वास गर्नुहोस् ।

Saturday 12 July 2014

Actress Binita Baral milking a cow


Binita has started an organic farming business. Binita has been complaining about lack of publicity of her business when compared to glamour.Actrees Binita baral who have become popular from the movie Chapali Height is nowadays getting popular from her farming profession more than her filmy career. Recently from few months Binita has been involved in the argulture and have earned some money by selling the vegetables. Actress Binita not only have involved in the farming profession but also have joined her hand in a cow farm. Recently Binita have posted her photo milking a cow which has currently made her more popular.
The organic farming business of Binita Baral is started with an investment of Rs. 300,000 each from three partners including Binita. They have rented 3 ropani land in Tokha to start farming and are planning to set up a retail store in the location. To learn about organic farming Binita is also taking farming training and looking forward to be part of every aspect of framing. The success of Binita’s debut movie ‘Chapali Height‘ established her as a good actress. But, she is waiting to recover from the the loss created by her second movie ‘Full Stop’, after the release of her upcoming movie ‘Superhit’. 

Sunday 1 December 2013

Binita Baral attacked by the 'Full Stop' viewers

The lead actress of the Nepali movie ‘Full Stop’, Binita Baral was attacked by some of the viewers of the movie when she was visiting one of the theaters featuring her movie. Binita, featured as Prashu in the movie, is featured in negative role.
http://evernepal.blogspot.com
Binita went to watch the release on the first day with the lead actor Sabin Shrestha, director Kamal Krishna Poudel and the producers in Ganga Hall, Balaju. After the first show t
hey were very happy for the good response from the viewers.

After the show in Ganga, they went to the nearby cinema hall, Asta Narayan cinema hall. At that time, the viewers were getting out of the hall after watching the movie. Among the viewers 5-6 women got very excited on seeing ‘Prashu’ in front of them. They tried to beat her and one of them even tried to throw stone on her. One such an unexpected response of viewers, the producer Mohan Krishna Shrestha pulled Binita in his car and left.

Although Binita felt insecure after the incident, she is happy that she has made an impression on the viewers. Binita told, ‘I felt good that some of the viewers felt such a deep emotion because of the character played by me." She added, "I am not like the Prashu in Full Stop, I am a very sweet and honest."

Binita Baral to be featured in Telling a Tale: Kitchen Dramas, starting Dec 6

Actress Binita Baral is doing a play running on December 6, 7 and 8th in Theater Village, Lazimpat. The play by One World Theater is titled "Telling a Tale: Kitchen Dramas". The paly is about personal stories by Nepali girls and women in funny and serious way.
The play is based on the narratives edited by Archana Thapa. The play is adapted and directed by Deborah Merola. The play features actors Binita Baral and Devya Dev. Binita says that the she is enjoying the theater experience.
More details on the play is available in the attached poster:
http://cocktime.blogspot.com


Tuesday 8 October 2013

जन्मदिनमा बिनिताले भनिन्, `मलाई हेर्न पर्खेर बस्ने को छ र ?`

जन्मदिनमा बिनिताले भनिन्, `मलाई हेर्न पर्खेर बस्ने को छ र ?`

चपली हाइट डेव्यु गर्ल बिनिता वरालको असोज २२ गते जन्मदिन परेको छ । बिनिताले आफ्नो २५ औं जन्मदिन मनाउँदै छिन् । फिल्मीखबर परिवार बिनितालाई जन्मदिनको शुभकामना व्यक्त गर्दछ ।

राजनधानी नजिकैको टोखा गाविसमा तरकारी खेतीको थालनी गरेकी बिनिताले जन्मदिनमा खास कार्यक्रम नरहेको बताइन् । बिहानै गणेश भगवानलाई दर्शन दिएकी बिनिताले साथी सर्कल बिच समान्य जमघट गर्ने सोच बनाएकी थिइन् । तर, सबै जना दशैंको माहोलमा व्यस्त भएपछि जमघटको कार्यक्रम क्यान्सिल गरिएको उनले बताइन् । चितवन स्थायी घर भएकी अभिनेत्री बरालले फिल्मीखबर समक्ष लामै गफगाफ गरेकी छिन् ।

पहिलो फिल्म चपली हाइट सुपरहिट भएपनि बिनिता अभिनित दोस्रो फिल्म सफल हुन सकेन । तेस्रो फिल्म सुपरहिट रिलिजको तयारी भैरहंदा बिनिता भने फिल्म क्षेत्र भन्दा बाहिरका दुई जनालाई साथ लिएर तरकारी खेती तिर लागीन् । चपली हाइटबाट सेक्सी नायिकाको छवि बानाएकी बिनिताले तीन वटा फिल्म खेल्न नपाउँदै किन तरकारी खेती गर्न थालिन् त ? उनले कारण खुलाइन्- 'नेपाल कृषि प्रधान देश हो । तर, यहाँ कृषकलाई तल्लो दर्जामा राखिन्छ । सम्पूर्ण कृषकलाई हौसला मिलोस् र देशको विकास होस् भनेर मैले कृषि पेशा सुरु गरेकी हुँ ।'

कृषक बनेपछि आफ्नो मुहारमा चमक आएको सुनाउने बिनिताले अभिनय यात्राबाट बिट नै मारेकी हुन् त ? बिनिता भन्छिन्- 'यो प्रायले सोध्ने गर्नुहुन्छ । कृषक बन्दैमा अभिनयलाई बिट मार्ने भन्ने हुंदैन । म केही समयपछि थिएटर जाँदैछु । मैले नाटक गर्ने योजना बनाएकी छु । कृषक बन्दैमा अभिनय छोडेको भन्न मिल्दैन । अभिनय मेरो नशा नशामा बग्दछ ।'

पछिल्लो एक बर्ष यता बिनिताको दोस्रो फिल्म फुलस्टपसँगै धेरै नेपाली फिल्मले उत्साहको व्यापार गरिरहेका छैनन् । के बिनिता वर्तमान फिल्म बजार देखी वितृष्णा जागेर तरकारी गोड्न पुगेकी हुन् त ? बिनिता जिकिर गर्छिन्- 'सबैको आफ्नै सोचाइ हुन्छ । एउटा फिल्म ब्लकबस्टर र अर्को फल्प भयो भन्दै पेशा नै परिवर्तन गर्ने त्यो जस्तो मुर्खता केही पनि हुदैन । उल्लुले गर्ने काम म गर्दिंन ।'

 आगामी प्रोजेक्ट हिट हुने आशा राख्दै बिनिताले थपिन्- 'मान्छेले के सोच्छ त्यो मेरो चासोको विषय होइन । जसले जे कुरा गरे पनि म मेरो बाटोमा अगाडी बढिरहन्छु ।' बक्स अफिस र चुनावको चक्कर सकिए पछि मात्रै आफ्नो तेस्रो प्रोजेक्ट 'सुपरहिट' रिलिज हुने जानकारी दिदै बिनिताले भनिन्- 'हरेक महिना तपाईको फिल्म रिलिज हुनैपर्छ भनेर मलाई कसैले पनि भनेको छैन । वर्षमा एउटा मात्रै मेरो फिल्म रिलिज हुंदा पनि मलाई केही फरक पर्दैन ।'

कुनै पनि हिरोइनका फिल्मलाई दर्शकले कुरेर नबस्ने तर्क दिदै बिनिता बहकिइन्- 'म यही नै कलाकारलाई हेर्छु भन्ने दर्शक नेपालमा छैनन् । दर्शक केवल राम्रो फिल्म हेर्न चाहन्छन् ।' आफ्नो पहिलो फिल्म चपली हाइट राम्रो भएकै कारण हिट भएको दाबी गर्दै बिनिताले थपिन्- 'नेपालमा स्टारडमा भन्ने नै छैन । राम्रो काम गरेर राम्रो फिल्म बनाउनु पर्छ, दर्शकले यही नै चाहेका छन् । यदी नेपालमा स्टारडम हुन्थ्यो भने मेरो पहिलो फिल्म कसरी हिट हुन्थ्यो ?'

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID