Tuesday 8 October 2013

जन्मदिनमा बिनिताले भनिन्, `मलाई हेर्न पर्खेर बस्ने को छ र ?`

जन्मदिनमा बिनिताले भनिन्, `मलाई हेर्न पर्खेर बस्ने को छ र ?`

चपली हाइट डेव्यु गर्ल बिनिता वरालको असोज २२ गते जन्मदिन परेको छ । बिनिताले आफ्नो २५ औं जन्मदिन मनाउँदै छिन् । फिल्मीखबर परिवार बिनितालाई जन्मदिनको शुभकामना व्यक्त गर्दछ ।

राजनधानी नजिकैको टोखा गाविसमा तरकारी खेतीको थालनी गरेकी बिनिताले जन्मदिनमा खास कार्यक्रम नरहेको बताइन् । बिहानै गणेश भगवानलाई दर्शन दिएकी बिनिताले साथी सर्कल बिच समान्य जमघट गर्ने सोच बनाएकी थिइन् । तर, सबै जना दशैंको माहोलमा व्यस्त भएपछि जमघटको कार्यक्रम क्यान्सिल गरिएको उनले बताइन् । चितवन स्थायी घर भएकी अभिनेत्री बरालले फिल्मीखबर समक्ष लामै गफगाफ गरेकी छिन् ।

पहिलो फिल्म चपली हाइट सुपरहिट भएपनि बिनिता अभिनित दोस्रो फिल्म सफल हुन सकेन । तेस्रो फिल्म सुपरहिट रिलिजको तयारी भैरहंदा बिनिता भने फिल्म क्षेत्र भन्दा बाहिरका दुई जनालाई साथ लिएर तरकारी खेती तिर लागीन् । चपली हाइटबाट सेक्सी नायिकाको छवि बानाएकी बिनिताले तीन वटा फिल्म खेल्न नपाउँदै किन तरकारी खेती गर्न थालिन् त ? उनले कारण खुलाइन्- 'नेपाल कृषि प्रधान देश हो । तर, यहाँ कृषकलाई तल्लो दर्जामा राखिन्छ । सम्पूर्ण कृषकलाई हौसला मिलोस् र देशको विकास होस् भनेर मैले कृषि पेशा सुरु गरेकी हुँ ।'

कृषक बनेपछि आफ्नो मुहारमा चमक आएको सुनाउने बिनिताले अभिनय यात्राबाट बिट नै मारेकी हुन् त ? बिनिता भन्छिन्- 'यो प्रायले सोध्ने गर्नुहुन्छ । कृषक बन्दैमा अभिनयलाई बिट मार्ने भन्ने हुंदैन । म केही समयपछि थिएटर जाँदैछु । मैले नाटक गर्ने योजना बनाएकी छु । कृषक बन्दैमा अभिनय छोडेको भन्न मिल्दैन । अभिनय मेरो नशा नशामा बग्दछ ।'

पछिल्लो एक बर्ष यता बिनिताको दोस्रो फिल्म फुलस्टपसँगै धेरै नेपाली फिल्मले उत्साहको व्यापार गरिरहेका छैनन् । के बिनिता वर्तमान फिल्म बजार देखी वितृष्णा जागेर तरकारी गोड्न पुगेकी हुन् त ? बिनिता जिकिर गर्छिन्- 'सबैको आफ्नै सोचाइ हुन्छ । एउटा फिल्म ब्लकबस्टर र अर्को फल्प भयो भन्दै पेशा नै परिवर्तन गर्ने त्यो जस्तो मुर्खता केही पनि हुदैन । उल्लुले गर्ने काम म गर्दिंन ।'

 आगामी प्रोजेक्ट हिट हुने आशा राख्दै बिनिताले थपिन्- 'मान्छेले के सोच्छ त्यो मेरो चासोको विषय होइन । जसले जे कुरा गरे पनि म मेरो बाटोमा अगाडी बढिरहन्छु ।' बक्स अफिस र चुनावको चक्कर सकिए पछि मात्रै आफ्नो तेस्रो प्रोजेक्ट 'सुपरहिट' रिलिज हुने जानकारी दिदै बिनिताले भनिन्- 'हरेक महिना तपाईको फिल्म रिलिज हुनैपर्छ भनेर मलाई कसैले पनि भनेको छैन । वर्षमा एउटा मात्रै मेरो फिल्म रिलिज हुंदा पनि मलाई केही फरक पर्दैन ।'

कुनै पनि हिरोइनका फिल्मलाई दर्शकले कुरेर नबस्ने तर्क दिदै बिनिता बहकिइन्- 'म यही नै कलाकारलाई हेर्छु भन्ने दर्शक नेपालमा छैनन् । दर्शक केवल राम्रो फिल्म हेर्न चाहन्छन् ।' आफ्नो पहिलो फिल्म चपली हाइट राम्रो भएकै कारण हिट भएको दाबी गर्दै बिनिताले थपिन्- 'नेपालमा स्टारडमा भन्ने नै छैन । राम्रो काम गरेर राम्रो फिल्म बनाउनु पर्छ, दर्शकले यही नै चाहेका छन् । यदी नेपालमा स्टारडम हुन्थ्यो भने मेरो पहिलो फिल्म कसरी हिट हुन्थ्यो ?'

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID