Showing posts with label 420 Ko Jhadka. Show all posts
Showing posts with label 420 Ko Jhadka. Show all posts

Saturday 1 November 2014

सर्पले डसेपछि यसरी कुहियो किशोरीको खुट्टा

तस्वीर हेर्दा यो फोटोसपबाट तयार पारिएकेा जस्तो लाग्नसक्छ । तर यो फोटोसप गरिएको नक्कली तस्वीर होइन, एक किशोरीको खुट्टाको वास्तविक तस्वीर हो । सर्पको डसाइबाट चाउरिँदै, सुक्दै तथा कालो हुँदै गएको खुट्टाको यस्तो तस्वीर निकै डरलाग्दो देखिन्छ ।
भेनेजुयलाकी एक १३ वर्षीया किशोरीको खुट्टा यसरी सुक्दै र कुहिँदै गएको छ, सर्पको डसाइका कारण । विषालु सर्पले खुट्टामा डसेपछि उनको खुट्टाका तन्तुहरु मर्दै गएपछि खुट्टा यसरी सुक्दै, गल्दै तथा कालो हुँदै गएको छ ।

इन्टाग्राममा एक प्रयोगकर्ताले उनको यो तस्वीर पोष्ट गरेसँगै यसले निकै चर्चा पाएको छ । सर्पले डसेसँगै सुरुमा स्थानीय परम्परागत विधिबाट उपचार गराउन थाल्दा उनको यस्तो हालत भएको हो । परम्परागत औषधिको भर पर्दा खुट्टा सुक्न र कालो हुन थालेपछि एक महिनापछि ती किशोरीलाई राजधानी काराकासको अस्पतालमा भर्ना गरिएको थियो । तर त्यतिबेलासम्म ढिलो भैसकेको थियो र उनको उपचार सम्भव थिएन । डाक्टरहरुले उनको सुकेको र कुहिएको खुट्टा काटेर फ्याँक्नुको विकल्प नभएको बताएका छन् ।
सर्पको विष सरीरभर नै फैलिएकाले खुट्टा फ्याँकेपछि पनि जोखिम नटर्ने र ती किशोरीको ज्यान समेत जानसक्ने डाक्टरहरु बताउँछन् । विषकै कारण उनको जिउ समेत सुक्दै गएको हुँदा विस्तारै उनको ज्यानै गुम्ने डर छ ।
यसरी विषका कारण सरीरभरका मांसपेशी तथा अन्य तन्तुहरु मर्दै जाने प्रक्रियालाई राब्डोमायोलाइसिस भनिन्छ । यसले मृगौला लगायतका सरीरका अंगहरुमा प्रत्यक्ष असर पुराउँछ ।
Related Searches-
Snake venom effects images
snake danger images
dangerous snake effects
dangerours venom effect
 

Wednesday 22 October 2014

३ वर्षअघि मरेकी हजुरआमाले मोबाइलमा म्यासेज पठाएपछि…..

३ वर्षअगाडि नै मृत्यु भैसकेकी आफ्नी हजुरआमाको मोबाइल फोनबाट एक्कासी म्यासेज आयो, ‘मैले तिमीलाई हेरिरहेकी छु ।’

सन् २०११ मा मृत्यु भएकी हजुरआमाको मोबाइल फोनबाट एक्कासी म्यासेज आएपछि ती युवती निकै डराइन् । म्यासेजमा अगाडि भनिएको थियो ‘सबै राम्रै गरिरहेकी छौ, अझै राम्रो गर ।’
घटना बेलायतको हो । साउथ सिल्डकी बासिन्दा शेरी इमरसनले आफ्नी हजुरआमाको निधन सँगै उनका मोबाइल फोन लगायतका सामान सबै शवको अन्त्यष्टि भएकै ठाउँमा गाडिदिएकी थिइन् । हजुरआमाको मोबाइल लगायतका सबै सामानले शवसँगै ‘अमरत्व’ प्राप्त गरेको र स्वर्गमा रहेकी आफ्नी हजुरआमाले त्यहाँ पनि मोबाइल फोन चलाउन पाउने विश्वास उनको थियो । त्यसैले शेरीले हजुरआमाको नाउँको मोबाइल फोन नम्बरमा बेलाबेलामा म्यासेज पठाउने गर्थिन् । उनलाई विश्वास थियो, आफ्ना म्यासेज मृत हजुरआमाको आत्माले थाहा पाउनेछ, तथापि कुनै जवाफ भने आउने छैन । तर एकदिन अकस्मात उनको मोबाइलमा हजुरआमाको नाउँको नम्बरबाट प्रतिउत्तर स्वरुप म्यासेज आयो । जसका कारण उनी निकै आतंकित भइन्, उनको टाउको गह्रैाँ भयो ।
पछि पो थाहा भयो । ओ टू टेलिकमले उनको हजुरआमाको मृत्युपछि सो नम्बर अर्को कुनै गाह्रकलाई दिएछ । सो पुरुष ग्राहकलाई पनि सो नम्बर पहिले कुनै महिलाको रहेको भन्ने कुरा थाहा भएनछ । आफ्नो मोबाइलमा आफुलाई मृतक हजुरआमाको रुपमा व्याख्या गरी विभिन्न थरी कुरा लेखेर म्यासेज गरेको देखेपछि उसले   कोही साथीले मजाक गरेको सम्झिएछ र त्यसको जवाफ स्वरुप शेरीको मोबाइलमा म्यासेज पठाएको रहेछ ।
हजुरआमाको नाउको नम्बरबाट त्यस्तो म्यासेज आउँदा आफु निकै डराएको र विरामी भएको भन्दै उनले त्यो अवस्थाको वर्णन गनृ आफुसँग कुनै शव्द नभएको बताइन् । उता ओ टू दूरसंचार सेवाले शेरीमाथि भएकेा पीडाप्रति माफी मागेको छ ।

Thursday 4 September 2014

थुक चाट्न नमानेपछि अर्को दिन भेटियो किशोरीको नाङ्गो लास

नयाँ दिल्ली–बाँच्नु मात्र पर्छ के–के सुन्न र देख्न पाइन्छ भनेको साँचो हो । भारतमा एउटा यस्तो घटना सार्वजनिक भएको छ जसले सबै मानिसहरुको रौँ ठाडो पारिदिन्छ ।

भारतको पश्चिम बंगालको एक गाउँमा तथाकथित पञ्चायतको थुक चाट्ने आदेश पालना नगरेका कारण अर्को दिन एक १५ वर्षीया किशोरीको नाङ्गो लास रेलको ट्र्याकमा भेटिएको बताइएको छ ।
घटना वास्तवमा यस्तो छ । आफ्नो बुवालाई गाउँको पञ्चायतले पिट्ने कुरा थाहा पाएर बिरोध जनाएका कारण उक्त किशोरीले आफ्नो ज्यान गुमाउनु परेको हो । खेती गर्नका लागि भाडामा लिएको पावर ट्रेलरको पैसा भुक्तान गर्न नसकेका कारण किशोरीको बुवालाई पञ्चायतले दण्डित गर्ने फैसला सुनाएको थियो । जब किशोरीले गाउँलेलाई आफ्नो बुवालाई पिट्नबाट रोकिन् तब उनीहरुको रिस ती बालिकामाथि खनियो । उनलाई गाउँलेहरुले यसो गरेकोमा गल्ती गरेको छ गल्ती सच्याउनका लागि थुक चाट्न आदेश दिए, त्यो आदेशपनि नमानेपछि उनीहरु रिसले आगो भएको बताइएको छ । यो घटना भएको केहि बेरपछि नै हराएकी बालिकाको लास भोलीपल्ट बिहान रेलको ट्र्याकमा भेटियो ।
किशोरीको परिवारले बलातकार र हत्याको आरोप १३ जना माथि लगाएका छन् । अहिलेसम्म पुलिसले एकजना आरोपीलाई मात्र पक्राउ गर्न सफल भएको छ । (एजेन्सी)

Tuesday 2 September 2014

कालो मासु हुने कुखुरा, एउटा भालेको मूल्य अढाइ लाख !

कुखुरा चाहे जुन रङको किन नहोस् उसको मासु एउटै रङको अर्थात् रातो नै हुन्छ । तर दुनियामा यस्तो कुखुरा पनि हुँदोरहेछ जसको प्वाँखको रङ निष्पट्ट कालो छ छँदैछ उसको मासुको रङ समेत कालो छ ।


यस्तो अजीव कुखुराको नाम हो अयाम सिमैनी । यो निकै दुर्लभ जात हो । पहिलो यो कुखुरा इण्डोनेसियामा पाइएको थियो भने सन् १९९८ मा यो जातको कुखुराको ब्रिडलाई नेदरल्याण्डको एक प्रजनन कम्पनीले युरोपमा ल्यायो ।
निकै अलग पहिचानको कारण यो कुखुराको माग उच्च छ । सन् २०१३ मा अमेरिकाको फ्लोरिडामा एउटा सिमानी जातको कुखुरा २५ सय अमेरिकी डलर अर्थात् झण्डै अढाइ लाख रुपैयाँमा बिक्रि भएको थियो ।
मासु तथा सरीरको बाहिरी भाग मात्र होइन यो कुखुराको बोन म्यारो समेत कालो छ । तर यसको रगत भने कालो नभै रातो छ । यद्यपि निकै गाढा रातो । यस्तो कालो मासु हुने कुरालाई वैज्ञानिक भाषामा फाइब्रोमेलानोसिस भनिन्छ । यस्तो मासुमा फलाम लवण उच्च मात्रामा पाइन्छ ।

अन्तरीक्षमा सम्भोग गर्ने छेपाराहरुको निधन

रुसी अन्तरीक्षयानमा चढेर अन्तरीक्षमा पुगेका छेपाराहरुले दुनियालाई आश्चर्यमा पारिदिए, जब ती छेपाराहरुले अन्तरीक्षमा समेत यौनक्रिडा गरे । तर अन्तरीक्षयानभित्रै यौनक्रिडा गरेर सबैलाई अचम्ममा पारेका ती छेपाराहरु पृथ्वीमा झर्दा नझर्दै यो दुनियाबाट विदा भएका छन् ।

रुसी अन्तरीक्षयान फोटोन एम फोर क्याप्सुलमा हालेर ती छेपाराहरुलाई अन्तरीक्षमा पठाइएको थियो । सुक्ष्म गुरुवात्वाकर्षले यौनक्रियामा कस्तो असर पार्छ भन्ने कुराको अध्ययनका लागि छेपाराहरुलाई अन्तरीक्षमा पठाइएको थियो ।
छेपाराहरु जिउँदै भएको बेलामा अन्तिम पटक उनीहरु एक अर्काबीच लडाइँ गरिरहेको र त्यसपछि रुसी अन्तरीक्ष एजेन्सीका अधिकारीहरुको उनीहरुसँगको सम्पर्क केही समयका लागि विच्छेद भएकेा थियो ।
रुसको दक्षिणी भागमा सोमबार उक्त अन्तरीक्षयान अवतरण गरेपछि त्यो खोलेर हेर्दा त्यसमा रहेका छेपाराहरु मृत अवस्थामा रहेको पाइयो ।
रुसको अन्तरीक्ष एजेन्सी रस्कोमसले भनेको छ, ‘डोर्सोफिला झिंगालेसफलतापूर्वक उक्त अन्तरीक्ष उडानलाई संचालन गर्यो र आफ्नो प्रजनन र विकाश समेत प्रसस्तै गर्यो तर दुर्भाग्यवस सबै छेपाराहरुको मृत्यु भयो ।’
छेपाराहरुको मृत्युको कारण र समय पत्ता लगाउन वैज्ञानिकहरुले अनुसन्धान गर्ने भएका छन् ।
गएको जुलाई १९ मा रुसले ५ वटा छेपाराका साथै केही किरा र झारपात समेत राखेर अन्तरीक्षयान प्रक्षेपण गरेको थियो । ती मध्ये एउटा भाले र अरु पोथी छेपारो थिए ।

Thursday 20 February 2014

किचनमा ‘सु’ गरेको भेटिएपछि पिजाहट बन्द

यदि तपाई पिज्जा खानुहुन्छ भने यो अब होशियार हुनुस् । जुन पिज्जा तपाई स्वाद मानेर खानुहुन्छ, त्यो यसरी पनि बन्न सक्छ ।

खबर भर्जिनियाको हो । पिज्जा हट आउटलेटका एक कर्मचारीलाई हात धुने ठाउँमा सुसु गर्दै गर्दा पक्राउ गरिएको छ । उनको यो घटिया हर्कत अनुगमनका क्रममा सीसीटीभी फुजेटमा देखिएको थियो ।

घटना लगतै त्यहाँको स्वास्थ्य विभागले पिज्जा हट बन्द गर्न आदेश दिएको छ । कम्पनीले भने कर्मचारीको व्यवहारप्रति दुःख व्यक्त गर्दै उनलाई तत्काल सेवाबाट बर्खास्त गरेको छ ।

Saturday 6 July 2013

सौताको डरले श्रीमतीले उठाइन् यस्तो कदम,, लिङ्ग कैचीले काटेर ट्वाइलेटमा फ्लश

भिडीयो हेर्नको लागि माथिको बक्समा क्लिक गर्नु होस्
श्रीमान श्रीमतीको सम्बन्ध पवित्र हुन्छ तर कोही बिचमा तगारो बन्न आउँदा सायद त्यो कसैलाई पनि स्वीकार्य हुँदैन होला । कसैको श्रीमानले अर्को बिहे गर्दा अर्थात् घरमा सौता भिœयाउदा पहिलो श्रीमती रिसाउनु स्वभाविक नै हो ।

तर कसैले सौता भिœयाउदा यस्तो सम्म गर्न सक्छन् भन्ने कुरा सायद कसैले पनि साचेको थिएन होला । वान्ट चाइना टाइम्सको खबर अनुसार चीनमा रहने हान जब निन्द्राबाट ब्यँुजियो तब उनको ओछ्यानमा रगत नै रगत थियो । साथमा उनलाई यति पीडा भएको थियो कि हान बस्न पनि सकिरहेका थिइनन् ।

केही समयपछि उनको श्रीमती प्रहरीसंग आएका थिए साथमा डाक्टर पनि । हानले जब श्रीमतीलाई आफ्नो काटिएको लिङ्गको बारेमा प्रश्न गर्दा श्रीमतीले ट्वाइलेटमा फ्लश गरेको बताएकि थिइन् । तर श्रीमान हान भने श्रीमती झांगको विरुद्ध कुनै पनि घटना दर्ता गराउन चाहदैनन् ।

वास्तवमा केही दिन पहिले श्रीमान श्रीमती बिच झगडा भएको थियो । झगडाको क्रममा हानले झांगलाई छोडेर अर्को बिवाह गर्ने धम्की दिएको थियो । सोही कारण झांगले श्रीमान हानको लिङ्ग कैचीले काटेर ट्वाइलेटमा फ्लश गरेको बताइएको छ ।

Monday 10 June 2013

श्रीमतीलाई थप्पड हानेकोमा ३० कोर्रा तथा काराबास

   भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

साउदी अरेबियाका एक पुरुषले आफ्नै श्रीमतीलाई थप्पड हानेकोमा ३० पटक कोर्रा तथा १० दिनसम्म काराबासको सजाय पाएको स्थानीय समाचारपत्र अल–सार्कले बुधबार उल्लेख गरेको छ ।
खाडी अधिराज्य साउदी अरेबियामा महिलामाथि कडा प्रतिबन्ध लाग्ने गर्छ र यस प्रकारको निर्णय बिरलै आउने गर्छन् ।
न्यायाधीशले यी पुरुषलाई कोर्रा हान्दा निजकी श्रीमतीलाई पनि उपस्थित हुन अनुमति दिएका छन् ।
करिब २० वर्षकी यी महिलाले आफूलाई पतिले एक विवादमा थप्पड हानेको गुनासो दर्ता गरेकी थिइन र यी पुरुषले पनि आफ्नी श्रीमतीले आफ्ना आमाबाबुप्रति कडा व्यवहार देखाएकाले थप्पड हानेको स्वीकार गरेका थिए ।
अति कट्टरपन्थी अधिराज्य साउदी अरेबियामा यस प्रकारको निर्णय निकै कम आउने गर्छ र यहाँ पुरुषको स्थान सँधै माथि रहने गरेको छ । यहाँ महिला परिवारको पुरुष संरक्षकप्रति आश्रित रहेको मानिन्छ ।
यहाँ महिलाले सरकारी भवन तथा अदालतमा प्रवेश गर्न पनि पुरुष नातेदार साथमा ल्याउनुपर्छ ।
साउदी महिलालाई गाडी चलाउन प्रतिबन्ध लगाइएको छ र उनीहरूले सार्वजनिक स्थलमा टाउकोदेखि खुट्टासम्म शरीर ढाक्नुपर्छ ।
साउदी अरेबियामा किङ खालिद फाउन्डेसनले मे महिनामा पहिलोपटक घरेलु हिंसाविरुद्ध विज्ञापन अभियान संचालन गरेको थियो । एएफपी

Saturday 18 May 2013

श्रीमान बिदेशमा भएकी नर्स डाक्टरसंग रासलिला गर्दागर्दै पक्राउ


झापामा एक चिकित्सक र नर्सलाई यौनसम्पर्क गरिरहेको अवस्थामा पक्राउ गरिएको छ । यौनसम्पर्क समागममा लिप्त डाक्टर र नर्सलाई विराटनगर मुनालपथमा रहेको डाक्टर सरोज राईको कोठाबाट रंगेहात पक्राउ गरिएको हो । झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा कार्यरत ३५ वर्षीय स्त्री रोग विशेषज्ञ डा.सरोज राई सोहि अस्पतालमा कार्यरत २३ वर्षीया नर्स नीरा तामाङसंग अबैध यौनसम्पर्क गरिरहेको अवस्थामा पक्राउ परेका हुन । डा.राई तथा नर्सबीच लामो समयदेखि अवैध सम्बन्ध रहेको सहकर्मीहरुले बताएका छन । चिकित्सक राईको एक छोरा र श्रीमती छन् भने नर्स तामाङका श्रीमान अष्ट्रेलियामा छन । नर्स तामाङको दुई वर्ष अगाडि विवाह भएको थियो ।

भिडियो हेर्न को लागि माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID