Sunday 7 December 2014

सावधानः तीन महिनासम्म सेक्स गरे घातक हुनसक्छ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार इबोलाको भाइरस ज्यादै खतरनाक हुन्छ र यसबाट संक्रमित व्यक्ति निको भएपछि सम्म पनि धेरै दिनसम्म यसको प्रभाव रहिरहन्छ ।
डब्ल्युएचओले इबोलाको संक्रमणबाट निको भएपछि खासगरी पुरुषले कम्तिमा पनि ९० दिनसम्म रहन्छ । इबोला भाइरसको संक्रमण मुख्य रुपले रगतसँगै थुक लगायतमा समेत रहिरहन्छ ।

अहिलेसम्म इबोला भाइरसको संक्रमण सेक्सुअली हो वा होइन भन्ने बारेमा ठोस प्रमाण त छैन तर पुरुषहरुको यौनांग लगायतका स्थानमा समेत इबोला भाइरस पाइएको छ र ९० दिनसम्म सेक्सबाट टाढा रहन सल्लाह दिइएको छ ।

डब्ल्युएचओका अनुसार इबोला भाइरस वीर्यमा लामोसमय अर्थात एक महिनादेखि तीन महिनासम्म रहनसक्छ । यसकारण विशेषज्ञहरुले इबोलाबाट ठीक भएका मानिसहरुलाई ९० दिनसम्म सेक्सबाट बच्न या कण्डम प्रयोग गरेर सेक्स गर्न सल्लाह दिएका छन् ।

इबोला भाइरसका कारण अहिलेसम्म १६ हजार मानिसहरु संक्रमित भइसकेका छन् भने ५६८९ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठन समेत यस कुरालाई पुष्टि गरेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID